Sajhamanch Archive

कर्णालीको नीति तथा कार्यक्रम : वार्षिक १० हजारलाई रोजगारी

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on कर्णालीको नीति तथा कार्यक्रम : वार्षिक १० हजारलाई रोजगारी.

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख तिलक परियारले आईतबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख परियारले बार्षिक १० हजारलाई रोजगारी दिने उद्देश्य अनुरुप ‘कर्णाली समृद्धि’ अभियान सञ्चालन गरिने बताए । […]

श्रीमाविका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिए

Published: in प्रदेश तह, शिक्षा, समाज by . Leave a Comment on श्रीमाविका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिए.

विराटनगर । मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका वडा नं. २ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका छन् । आज बिहान ६:५० बजेतिर विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल भेटिएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले दिएको जानकारी अनुसार आज बिहानै विद्यालय जान्छु भनेर ढकाल घरबाट हिँडेको […]

कोशी नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on कोशी नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग.

बिराटनगर । नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले कोशी प्रदेशको नाम पुनर्विचार गर्न माग गरेका छन् । प्रदेश १ का १४ जिल्लाका कांग्रेस सभापतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कोशी नाम पुनर्विचारका लागि पार्टी नेतृत्व र प्रदेशसभासँग विशेष आग्रह गरेका हुन् । प्रदेशसभाले कोशी नाम राखेपछि आन्दोलन भइरहेको भन्दै उनीहरुले भनेका छन्, ‘यो विरोधको सुनुवाइ नेपाली कांग्रेसको […]

कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, माओवादीलाई पनि दबाब

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, माओवादीलाई पनि दबाब.

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिंदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेमजोङले जानकारी दिए । ‘यो सरकारले निकास दिएन, समस्यामात्र बल्झाउने काम गर्यो । नामकरणमा पनि समस्या ल्यायो,’ उनले भने, ‘त्यसैले यो सरकारमा बसिरहन आवश्यक छैन भन्ने निष्कर्ष निकालिएको […]

कार्यकर्ता नछाडे अनिश्चितकालीन हडताल सुरु गर्ने पहिचानवादीको चेतावनी

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on कार्यकर्ता नछाडे अनिश्चितकालीन हडताल सुरु गर्ने पहिचानवादीको चेतावनी.

विराटनगर । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएको छ । आइतबार विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले पहिचान पक्षधर ८६ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको थियो । तीमध्ये ६० जनालाई सोही दिन राति छाडिएको थियो । २६ जना अझै प्रहरी हिरासतमा छन् । प्रदेश १ […]

जनतालाई जिस्काउने काम कसैले नगरोस्: राजकुमार शर्मा

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on जनतालाई जिस्काउने काम कसैले नगरोस्: राजकुमार शर्मा.

सुर्खेत । कर्णाली प्रदेशमा गणतन्त्र दिवशको अवसरमा दलका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रामक अभिव्यक्ति दिएका छन् । गत शनिबार कर्णालीको राजधानी सुर्खेतमा नागरिक अभिनन्दन गरिएका पूर्वराजा शाहले मन्तव्यका क्रममा पछिल्लो दुई दशकको शासन व्यवस्था सही र सार्थक नभएको बताएका थिए । सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवश समारोहमा दलका नेताहरुले पूर्वराजाले जनता […]

विराटनगरको देवकोटा चोकमा विरोध प्रदर्शन , प्रहरीबाट अश्रुग्याँस प्रहार

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on विराटनगरको देवकोटा चोकमा विरोध प्रदर्शन , प्रहरीबाट अश्रुग्याँस प्रहार.

विराटनगर। प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा प्रदर्शन जारी राखेका छन्। प्रहरी र प्रदर्शनकारीबीच झडप भएका कारण स्थिति तनावग्रस्त भएको छ । प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको […]

कोशी प्रदेशको नाम संशोधन गरौं : राजेन्द्र राई

Published: in प्रदेश तह, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on कोशी प्रदेशको नाम संशोधन गरौं : राजेन्द्र राई.

विराटनगर। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने गरी प्रदेशको नाम संसोधन गर्नुपर्ने बताएका छन्। आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्दोलनरत पक्षको माग सम्बोधन गर्नुपर्ने बताएका हुन् । ‘दमनले कहिले पनि आन्दोलन दबाउदैन, द्वन्द्व बढाउछ,’ उनले भने,’‘ विन विन सिचवेशनमा प्रदेशको नाम सशोधन गरौं।’ पहिचान पक्षधरको आन्दोलनलाई दमन गर्न नहुने […]

कोशी प्रदेश सभा क्षेत्रमा कडा सुरक्षा, १७ जना आन्दोलनकारी पक्राउ

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on कोशी प्रदेश सभा क्षेत्रमा कडा सुरक्षा, १७ जना आन्दोलनकारी पक्राउ.

विराटनगर । प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जना पहिचान पक्षधर प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशको नाम पहिचानका आधारमा पुन: संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेश सभा भवन अगाडि पुगेका १७ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश सभा सचिवालय नजिकै देवकोटा चोक र अस्पताल चोक पक्राउ गरिएको मोरङ […]

सूर्योदय क्विज सिजन ७ को च्याम्पियन मेची बहुमुखी क्याम्पस

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on सूर्योदय क्विज सिजन ७ को च्याम्पियन मेची बहुमुखी क्याम्पस.

झापा । झापाको बितामोडबाट प्रसारण हुँदै आएको सूर्योदय टेलिभिजनको लोकप्रिय कार्यक्रम एनएमसी सूर्योदय क्विजको सातौं श्रृंखलाको उपाधि मेची बहुमुखी क्याम्पस भद्रपुरले जितेको छ । शुक्रबार बिर्तामोडमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा मेची बहुमुखी क्याम्पसका प्रतियोगी विद्यार्थीहरू उत्कृष्ट बनेका हुन् । प्रतियोगितामा सुकुना बहुमुखी क्याम्पस मोरङ दोस्रो भएको छ । बिर्तामोडको इन्द्रचन्द्र क्याम्पस तेस्रो भएको छ भने सुनसरी […]