झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको दशौं विस्तारित भेला आज सोमबार सम्पन्न भएको छ । संस्थाको आगामी दश वर्षे रणनीतिक योजनाका लागि जिज्ञासा–सुझाव संकलनका साथै केन्द्र र प्रदेशका दुई मन्त्रीलाई सम्मान गर्दै संस्थाको दशौं विस्तारित भेला सम्पन्न भएको हो । सहारा नेपाल […]
बिर्तामोड । जनश्रुति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडद्वारा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रगत दान गरेका छन् । त्यसमध्ये १९ जना महिला हुन् । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा आज शनिबार बिर्तामोडमा आयोजित कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको संस्थाका अध्यक्ष तुलकुमारी राजवंशीले बताइन् । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले वर्षेनि […]
झापा । आफ्नो स्वीकृत कार्यक्षेत्रमा एक घर एक सदस्यको अभियान लिएर अघि बढिरहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले चालू आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तमा ५६ हजार ७४९ जना शेयर सदस्य पुर्याएको छ । जसबाट संस्थाको चुक्ता शेयर पुँजी ३१ करोड ४५ लाख एक हजार ७०० रुपैयाँ जम्मा भएको आज जारी संस्थागत वित्तीय […]
कनकाई । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले सुरुङ्गामा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । संस्थाको सुरूङ्गास्थित सेवा केन्द्रको आयोजनामा कनकाई–३ को जनचेतना आधारभूत विद्यालय परिसरमा भएको आँखा शिविरबाट ५०० जनाभन्दा बढी स्थानीयबासी लाभान्वित भएका छन् । बचत तथा ऋणको मात्र कारोबारमा सिमित नरही साना मझौला व्यवसायी […]
मेचीनगर । झापाको काँकरभिट्टामा प्रधान कार्यालय रहेको देशकै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आँखाका बिरामीका लागि नयाँ अभियानको सुरुवात गरेको छ । काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोगमा संस्थाले आफ्ना सदस्य तथा गैर सदस्यका लागि माघ १४ गते शिवगञ्जमा आँखा शिवीर सञ्चालन गरेको हो । उक्त शिविरमा ३७० जना आँखाका बिरामीले निःशुल्क […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाका अधिकृत कर्मचारी तथा विभागीय प्रमुखहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी तालिम दिइएको छ । फस्ट माईक्रो फाइनान्सका प्रमुख व्यवस्थापक बाबुराम न्यौपानेले सहजिकरण गरेको उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेतीले विशेष निर्देशनात्मक मन्तव्य राखेका थिए । शिक्षा तथा तालिम उपसमितिको आयोजनामा संस्था अन्तर्गतका विभिन्न […]
मेचीनगर । आरध्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगरले आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ । मेचीनगर ७ मदनबस्तीमा प्रधान कार्यालय रहेको संस्थाले शनिबार मेचीनगर ६ स्थित नकलबन्दामा आफ्ना सदस्यहरूलाई सहकारी शिक्षा प्रदान गरेको हो । संस्थाले प्रधान कार्यालयसँगै मेचीनगर ६ नकलबन्दा र मेचीनगर १५ स्थित शाखा कार्यालय मार्फत आफ्नो सेवा प्रदान गरिरहेको […]
बिर्तामोड । सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सञ्चालनका लागि बिर्तामोडका सहकारीकर्मीलाई तालिम सुरु गरिएको छ । बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको सो तालिममा ६० जना सहभागी रहेका छन् । बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका प्रदेश र नगरपालिका मातहतका सहकारी संस्थाका प्रतिनिधिहरुलाई कोपोमिस तालिम दिइएको सहकारी शाखाका अधिकृत डिल्ली दाहालले जनाएका छन् । बिर्तामोडमा प्रदेश […]
मेचीनगर । झापाको मेचीनगर ६ काँकरभिट्टास्थित महेन्द्रद्वार सहकारी संस्था लिमिटेडले जडिबुटी खेती विस्तार सम्बन्धी अवलोकनका लागि कृषकहरूलाई दुई दिवसीय अवलोकन भ्रमण गराएको छ । संस्थाले माघ ७ गते शनिबार र आइतबार दुई दिन प्रदेश १ का विभिन्न क्षेत्रमा अवलोकनका लागि कृषकहरूलाई लगेको हो । जिल्लाकै पुरानो सहकारी संस्था महेन्द्रद्वारले पछिल्लो समय जडिबुटी खेतीलाई प्रवर्द्धन गर्न […]
भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं स्थापना दिवसमा गरिएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गरेको रक्तदान कार्यक्रममा ७ जना महिलासहित ३४ जनाले रक्तदान गरेका हुन् । सहकारीका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्काको प्रमुख आतिथ्यमा […]