Sajhamanch Archive

बिर्ताबजारमा साताव्यापी जीवन विज्ञान शिवीर सम्पन्न

Published: in लोकप्रिय, शिक्षा, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on बिर्ताबजारमा साताव्यापी जीवन विज्ञान शिवीर सम्पन्न.

बिर्तामोड । झापाको बिर्तामोड ३ बिर्ताबजारमा साताव्यापी योग साधना शिवीर आज समापन भएको छ । गत पुष १८ गतेदेखि सुरु भएको जीवन विज्ञान योग साधना शिवीरको समापन प्रदेश १ का प्रदेशसभा सदस्य एकराज कार्कीले गरेका हुन् । आज बिहान भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि कार्कीले आफ्नो जीवनलाई सफल बनाउन यस्ता ध्यान शिवीरहरु अनि […]

हाम्रो नेपाल साकोस : माइन्युट प्रमाणित सभासँगै नयाँ नेतृत्वलाई सपथ

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on हाम्रो नेपाल साकोस : माइन्युट प्रमाणित सभासँगै नयाँ नेतृत्वलाई सपथ.

बिर्तामोड । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा अन्तर्गत माइन्युट प्रमाणित सभा शनिबार सम्पन्न भएको छ । गत पुस ४ गतेदेखि २१ गतेसम्म सातवटा इकागत साधारणसभाबाट सझाव संकलन गरी अन्तिम माइन्युट प्रमाणिकरण गरिएको हो । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य बन्दना झाँगडको प्रमुख आतिथ्यता थियो […]

हाम्रो नेपाल साकोसको अध्यक्षमा पुनः दंगाल, नयाँ सञ्चालक समितिमा अधिकांश अनुहार पुरानै

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on हाम्रो नेपाल साकोसको अध्यक्षमा पुनः दंगाल, नयाँ सञ्चालक समितिमा अधिकांश अनुहार पुरानै.

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा, इलाम र मोरङ जिल्लामा कार्यक्षेत्र विस्तारित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थामा आज सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । संस्थाको १०औं साधारणसभा अन्तरगत नयाँ नेतृत्व चयनका लागि गठित निर्वाचन समितिको सकारात्मक प्रयासबाट सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ । उम्मेदवारी मनोनयनका लागि तोकिएको बुधबार अपरान्ह ३ […]

रामजानकी साकोसमा नयाँ नेतृत्व सर्वसम्मत चयन

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on रामजानकी साकोसमा नयाँ नेतृत्व सर्वसम्मत चयन.

बिर्तामोड । यहाँस्थित रामजानकी बचत तथा ऋण सहकारी संस्थामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । लामो समय कृषि सहकारीका रुपमा सञ्चालित संस्था गत वर्षदेखि बचत तथा ऋण (साकोस)मा रुपान्तरित भएको थियो । असोजमा सम्पन्न साधारणसभा कै सेरोफेरोमा नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु भए तापनि आम निर्वाचनको आचारसंहिताले उक्त कार्य नगरिएको तत्कालीन अध्यक्ष डिबी कार्कीको […]

राष्ट्रिय सहकारी बैंकमा नव निर्वाचित समितिलाई सपथ ग्रहण

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on राष्ट्रिय सहकारी बैंकमा नव निर्वाचित समितिलाई सपथ ग्रहण.

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले केबी उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ । संचालक समिति सदस्यमा प्रदेश नम्बर १ बाट महेन्द्रकुमार गिरी, मधेश प्रदेशबाट विशवनाथ मण्डल, बागमती प्रदेशबाट रामहरि बजगाईं, गण्डकी प्रदेशबाट रामबहादुर जिसी, कर्णाली […]

महेन्द्रद्वार सहकारी संस्थाको अग्रसरतामा बाहुनडाँगीमा लेमनग्रास र सिट्रोलेनाको खेती सुरु

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on महेन्द्रद्वार सहकारी संस्थाको अग्रसरतामा बाहुनडाँगीमा लेमनग्रास र सिट्रोलेनाको खेती सुरु.

मेचीनगर । हात्तीबाट पीडित बाहुनडाँगीका किसानले वैकल्पिक खेतीका रुपमा औषधिजन्य वनस्पती खेती रोपण गर्न थालेका छन् । मेचीनगर ४ को बाहुनडाँगीस्थित भारतसँग सीमा जोडिएको मेची खोला बगर छेउमा करिव ३० विगाहा जग्गामा स्थानीय किसानहरुले वैकल्पिक खेतीका रुपमा जडिबुटी खेती सुरु गरेका हुन् । सो खेतीको अगुवाई महेन्द्रद्वार सहकारी संस्थाद्वारा सञ्चालित सनराइज हर्वल उद्योगले गरेको छ […]

राष्ट्रिय सहकारी बैंकको निर्वाचनः कसले कति मत पाए ? (मत परिणामसहित)

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on राष्ट्रिय सहकारी बैंकको निर्वाचनः कसले कति मत पाए ? (मत परिणामसहित).

काठमाडौ । हिजो शनिबार सातवटै प्रदेशका इकाई साधारणसभा अन्तरगत भएको राष्ट्रिय सहकारी बैंकको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । सातवटै एकाईबाट आएको मत परिणामलाई एकीकृत गर्दा यस्तो परिणाम आएको हो । निर्वाचन उप समितिले मतपरिणाम आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । शनिबार भएको निर्वाचनमा खुला ४ सञ्चालकमा केदार मानन्धर, मनोजकुमार थापा मगर, ध्रुबराज बिष्ट र […]

‘सहकारी ऐन २०७४ संशोधन नभए कुनै पनि संस्था बहुउद्देश्यीय नरहने’ : अभियन्ता उप्रेती

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on ‘सहकारी ऐन २०७४ संशोधन नभए कुनै पनि संस्था बहुउद्देश्यीय नरहने’ : अभियन्ता उप्रेती.

बिर्तामोड । झापाको पुरानो मध्येको एक अग्रणी सहकारी लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २६औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा साधारणसभा उद्घाटन गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सहकारी अभियन्ता उप्रेतीले सहकारी ऐन २०७४ समयानुकूल संशोधन गरिएन भने नेपालका […]

स्वर्गद्वारी कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on स्वर्गद्वारी कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न.

भद्रपुर । भद्रपुर ८ स्थित स्वर्गद्वारी कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मानसहित वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गर्दै सभा सम्पन्न भएको हो । सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष थापाले ४३८ महिला सदस्य […]

समुन्नत साकोसले १३ प्रतिशत शेयर लाभांस दियो

Published: in अर्थतन्त्र, समाज, सहकारी by . Leave a Comment on समुन्नत साकोसले १३ प्रतिशत शेयर लाभांस दियो.

बिर्तामोड । समुन्नत बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडको १५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमल पौडेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटनका अवसरमा संस्थाले आफ्ना ज्येष्ठ शेयर सदस्य, असल बचतकर्ता, असल ऋणी, बर्ष उत्कृष्ट कर्मचारी […]