कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले आज कमला मदन–आश्रित स्मृति माध्यमिक विध्यालयका विध्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । संस्थाले गरिव तथा जेहेन्दार विध्यार्थीलाई अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले छात्रवृत्ति रकम प्रदान गरेको संस्थाका अध्यक्ष शरणकुमार पराजुलीले जानकारी दिए । कमल गाउँपालिका वडा नम्बर २ मा […]
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र बिर्तामोड नगरपालिकाको साझेदारीमा यहाँका ५० जना कृषकहरुलाई स्यालो ट्युबवेल जडानका लागि रकम हस्तान्तरण गरिएको छ । साना सिंचाई कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका वडा नम्बर २ का ६ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर ७ का ९ […]
बिर्तामोड । साहित्य चौतारी झापा आजदेखि २४औँ वर्षमा प्रवेश गरेको छ । झापाली साहित्यको विकास र प्रवद्र्धनमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको चौतारीले २३ वर्ष बिताएको हो । शुक्रवार चौतारीले २३औँ वार्षिकोत्सव मनाउँदैछ । झापाको साहित्यिक अभियानको दुई दशकभन्दा लामो यो दौरानमा साहित्य चौतारी कोसेढुंगा सावित भएको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ बताउँछन् । […]
मेचीनगर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर मोरङ र इलाममा पनि कार्यक्षेत्र बिस्तार गरेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको विशेष उपचार कोषमा आवद्ध सदस्यहरु लाभान्वित हुनेक्रम बढेको छ । संस्थाले यस्तो कोषको शुल्क एकपटक पाँच हजार रुपैयाँ बुझाएर वर्षेनी नविकरण गर्ने सदस्यहरुलाई १० लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्ने नीति बनाएको छ । […]
झापा । प्रदेश १ का कृषि तथा पशुपन्छी विकास मन्त्री झलकबहादुर दर्लामी मगरले निजी क्षेत्र, सहकारी र तीनै तहका सरकारको सहकार्यमा मात्र राष्ट्रिय संकल्प पूरा हुने बताएका छन् । प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेडले आइतबार दमकमा आयोजना गरेको प्रारम्भिक साधारणसभाको उद्घाटन पछि मन्तव्य राख्दै मन्त्री मगरले यस्तो बताएका हुन् । देश अहिले […]
दमक । प्रदेश सहकारी रजिष्ट्रार कार्यालय इटहरीमा एक वर्ष अघि असार ९ गते दर्ता भएको थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको प्रारम्भिक साधारणसभाले ९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा प्रदेश १ का इन्चार्ज गणेश ढकालको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत नयाँ […]
झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था अन्तरगत एग्री बिजनेश युनिटले बाख्राको नश्ल सुधारका लागि दुई वटा समूहलाई बोयर जातको बोका प्रदान गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको दोमुखा सहारा बाख्रापालन समूह र बिर्तामोड–७ स्थित श्री चेतना बाख्रा, कुखुरा, बंगुरपालन समूहलाई एक–एकवटा बोयर जातको बोका प्रदान गरिएको हो । […]
बिर्तामोड । सेयर सदस्य संख्या र शेयर पुँजीका आधारमा नेपालकै सबैभन्दा उत्कृष्ट र ठूलो सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा नवनिर्वाचित नेतृत्वलाई आज पद हस्तारन्तरण गरिएको छ । झापाको बिर्तामोड २ रामचोकस्थित एक रिसोर्टमा कार्यक्रम आयोजना गरेर सहाराले नवनिर्वाचित समितिको पद हस्तान्तरण गरेको हो । संस्थाको चारवर्षे कार्यकालको लागि गत जेठ महिनाको अन्तिम […]
सहकारी, समाज, प्रशासन लगायतका क्षेत्रका ज्ञाता र अनुभवी प्रशासकका रुपमा राष्ट्रिय रुपमा परिचित विद्वान, नेपाल सरकारका पूर्व सचिव, लेखक एवं विश्लेषक गोपीनाथ मैनालीले तयार पार्नु भएको सहकारीको नियमन र प्रवर्धनमा नियामक निकायको भूमिका विषयक कार्यपत्रका बारेमा नियम पुर्याउन मात्रै म टिप्पणीकारको रुपमा उभिएको छु । यति धेरै विद्वता र अनुभव भएका कार्यपत्र प्रस्तोताप्रति हार्दिक नमन […]
बिर्तामोड । इलामको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले आगामी आर्थिक वर्षमा गुन्द्रुक र सिन्कीको ब्रान्डिङ्ग गर्न यसका उत्पादक किसानलाई प्रतिकेजी ८० रुपैयाँ अनुदान दिनेगरी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको बताएका छन् । बुधबार बिर्तामोडमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औं वार्षिकोत्सव समारोहमा मन्तब्य राख्दै उनले सो कुरा जानकारी गराएका हुन् । गाउँपालिकाले […]