झापा । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औं वार्षिकोत्सव इलाका स्तरीय कार्यक्रमको आयोजना गरी बुधबार मनाइएको छ । झापा, इलाम र पाँचथरका ६१ वटा साना किसान कृषि सहकारीका प्रतिनिधिहरुको सहभागितामा झापाको बिर्तामोडमा वार्षिकोत्सव सम्पन्न भएको हो । संस्थाका इलाका प्रवन्धक सुभाष गौतमको अध्यक्षतामा आयोजित समारोहमा उनले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको […]
दमक । यहाँस्थित डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं स्थापना दिवस आज असार २० गते सोमबार विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन)का अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यमा भएको स्थापना दिवस समारोहमा संस्थाले विभिन्न विधामा ३८ जना सेयर सदस्यहरुलाई पुरस्कार प्रदान गरेको छ । संस्था स्थापना […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले सहकारी नीति तथा योजना सम्बन्धी आज अन्तरसम्वाद गरेको छ । सहकारी तथा सामाजिक विकास शाखाको आयोजनामा यमुना आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो । अन्तरसम्वादमा बिर्तामोड नगरपालिकालाई मात्र कार्यक्षेत्र बनाएका तथा प्रदेशभर कार्यक्षेत्र रहेर पनि मुख्य कार्यालय बिर्तामोड रहेका संस्थाबाट प्रतिनिधित्व गराइएको थियो । अन्तरसम्वाद कार्यक्रममा नगरपालिका अन्तरगत सहकारी तथा सामाजिक […]
झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका पालिका र वडा कार्यालयहरुसँग कृषि तथा पशुपालन प्रवद्र्धनमा छलफल गरी साझेदारी गर्न इच्छा ब्यक्त गरेको छ । पशुपालनका निम्ति गोठ व्यवस्थापनमा लगानी गर्दै प्राथमिक उपचार, घाँस तथा दाना उत्पादनमा तालिम दिन वडा कार्यालयहरुले चाहना ब्यक्त गरेकाले कर्णालीले पनि कृषि तथा पशुपालनमा सेवा वृद्धि गर्ने […]
झापा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रदेश १ को आयोजनामा आज झापाका अभियन्तासँग सहकारी क्षेत्रका समस्याका बारेमा अन्तरक्रिया गर्दै जानकारी आदान प्रदान गरिएको छ । मन्त्रालयले झापाको बिर्तामोडमा आयोजना गरेको ‘झापा जिल्लाका सहकारी संघ–संस्था तथा सहकारी अभियानसँगको अन्तरक्रिया’ मार्फत् जिल्लामा सहकारी संस्थाहरुको समस्याका बारेमा जानकारी लिएको हो । झापा जिल्ला सहकारी संघ […]
बिर्तामोड । झापाको बिर्तामोड १ मा रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले आज एक दिवसीय सदस्य शिक्षा अभिमुखीकरण तालिम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षतामा सञ्चालित सदस्य शिक्षा कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष रामलोचन न्यौपानेले शब्दद्वारा स्वागत गरेका थिए । बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक शाखा अधिकृत डिल्ली दाहालले अति […]
झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना उद्यमी सदस्यहरुले पालेका ३ हजार वटा पशुहरुको पशुधन बीमा गराई दिएको छ । चालू आर्थिक वर्षको जेठ महिनासम्म करिब ६ करोड रुपैयाँ हाराहारीको पशुधन बीमा गरिएको हो । संस्थाले प्रदेश १ को झापा–इलामदेखि उदयपुरसम्मको चुरे क्षेत्रमा बाख्रा पकेट कार्यक्रम सञ्चालन गरेको छ । संस्था अन्तरगत […]
झापा । हरेक २–२ वर्षमा हुँदै आएको अन्तर्राष्ट्रिय सहकारी महासंघको महासभामा भाग लिन नेपालबाट दर्जनौं सहकारी अभियन्ताहरु स्पेन गएका छन् । स्पेनको सेभिल्लेमा यही जुन २० तारिख (असार ६) देखि महासंघको महासभा आयोजना गरिएको छ । स्पेनिश कन्फेडरेशन अफ वर्कर कोअपरेटिभको आतिथ्यमा सञ्चालन हुने महासभामा भाग लिन नेपालबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको नेतृत्वमा […]
झापा । हिजो साँझ इलाममा भएको स्कोर्पियो दुर्घटनामा मृत्यवरण गरेका कर्णाली साकोसका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलको पार्थिव शरीरमा सहकारीको झण्डा ओढाउँदै सयौं सहकारीकर्मीले आज श्रद्धाञ्जली अर्पण गरेका छन् । आज दिउँसो कनकाई माईको पूर्वी तटमा गरिएको दाहसंस्कार अघि खरेलको पार्थिव शरीरमा संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, जिल्ला सहकारी संघ, प्रदेश सहकारी संघ र राष्ट्रिय सहकारी […]
बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र कर्मचारी सवार स्कारर्पियो इलामको हर्कटेमा हिजो साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् । संस्थाका जनशक्ति विभाग प्रमुख लक्ष्मीनारायण भट्टराईका अनुसार इलामको फिक्कलमा सेवाकेन्द्र विस्तार गर्ने सिलशिलामा आज शनिबार स्थानीय बासिन्दाहरुसँग छलफल गर्ने तयारीका साथ कर्णालीको नेतृत्व शुक्रबार साँझ त्यसतर्फ […]