बिर्तामोड । स्थापनाको १० वर्षमात्र पूरा गरेको बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले सदस्यप्रति उत्तरदायी सेवा प्रवाह गरेको प्रतिफल स्वरुप कात्तिक १८ गतेदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ । आज बुधबार नयाँ भवनमा नै पत्रकार सम्मेलन गरेर संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बिहीबार बिहान १० बजे प्रदेश सहकारी रजिष्ट्रार बलराम निरौलाले संस्थाको भवनको […]
झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोभिड– १९ महामारीबाट अक्रान्त शेयर सदस्य तथा तिनको परिवारमाझ असली सहारा बन्ने प्रयासलाई थप उजागर गरेको छ । आज बिर्तामोडमा कोभिड सहायता कार्यक्रम आयोजना गरेर सो संस्थाले परिवार राहत, कोभिड उपचार सहयोग तथा मेडिसिन सपोर्ट शीर्षकमा १ करोड ४७ लाख ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । […]
झापा । सदस्य संख्या, सदस्य सेवा एवम् वित्तीय कारोबारका हिसाबले नेपालकै अग्रणी सहकारी संस्था सहारा नेपाल साकोसले चालू वर्षमा २०० अति विपन्न सदस्यहरुलाई रासन कार्डको माध्यमबाट खाद्यान्नमा ५० प्रतिशत अनुदान दिने नीति अघि सारेको छ । स्थानीय तहमा छुट्टै सरकार बनेको ४ वर्ष बितिसक्दा पनि विपन्न लक्षित कार्यक्रम नल्याएको महसुस गरी सदस्यहरुलाई राहत दिन संस्थाले […]
लेटाङ (मोरङ) । प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय प्रदेश १ इटहरीको आयोजनामा २५ वटा पालिकाका कर्मचारीहरुलाई यहाँ ६ दिने लेखापालन सम्बन्धी तालिम सञ्चालन गरिएको छ । गत कात्तिक १० देखि सुरु भएको सहकारी लेखापालन सम्बन्धी तालिममा स्थानीय तहमा सहकारी शाखामा कार्यरत कर्मचारीहरु सहभागी छन् । कृषि विकास बैंक पूर्वाञ्चल क्षेत्रीय तालिम केन्द्र लेटाङमा सञ्चालित आवासीय तालिममा […]
भद्रपुर । ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भद्रपुर ८ को १२औं वार्षिक सभाले गोपीकृष्ण न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । चार वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा धनकुमारी खरेल (लता), सचिव डिल्लीराम अधिकारी, सहसचिव सिता बिमली र कोषाध्यक्षमा भगिरथ नेपाल चयन भएका छन् । संस्थाको सञ्चालक […]
मिति २०७८ कात्तिक ११ गते शेयर सदस्यज्यूहरु विषयः १८औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन सम्बन्धमा प्रस्तुुत विषयमा मिति २०७८ कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम मिति २०७८ मंसिर २७ गते सोमबारका दिन अतिथि सदन बिर्तामोडमा १८औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन हुने भएकोले उक्त सभामा हुने निर्णय प्रमाणित गर्नको लागि यस संस्थाको […]
बिर्तामोड । सहकारी संस्थामा सञ्चालक समितिको जिम्मेवार व्यक्ति नै कार्यकारी प्रमुख भएर काम गर्दा यस्तो पनि समस्या आउँछ भन्ने उदाहरण यहाँस्थित पताल गंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेवती खनालले प्रमाणित गरिदिएका छन् । सहकारी ऐन २०७४ उल्लंघन गर्दै संस्थाको कार्यकारी प्रमुख बसिरहेका अध्यक्ष खनालले कर्जा नीतिको प्रतिकुल हुनेगरी आफ्नो एकाघर परिवार र नाता […]
नेता समाधान हुनुपर्छ समस्या होइन । तर जुन देश, समाज, पार्टी र सङ्घ–संस्थामा धेरै नेता हुन्छन्, त्यहाँ नेता समस्या हुने गर्छन् । नेपालका सबै पार्टीमा यो समस्या छ । पार्टीमा मात्रै होइन, विभिन्न क्षेत्र र सङ्घ–संस्थामा पनि यही समस्या छ । पार्टीहरुलाई नेता व्यवस्थापन गर्न सकस पर्दै गएको छ । पार्टीमा नेताहरुको व्यवस्थापन गर्ने नाममा […]
झापा । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)ले आफ्नो कार्यक्षेत्रभित्रका जिल्लामा बसोबास गर्ने लोपोन्मुख र अति पिछडिएका जातिका सदस्यका छोराछोरीलाई डाक्टरी पढाउने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले आज फेसबुक टाइमलाइनमा स्टाटसमा कात्तिक २७ गतेका लागि निर्धारित साधारणसभामा सो प्रस्ताव लगिने तयारी भएको उल्लेख गरेका छन् […]
झापा । वित्तीय कारोबारको समष्टिगत स्वरुप वासलात तथा शेयर सदस्यका हिसाबले नेपाल कै सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपाल साकोसले सामाजिक सुरक्षा भत्ता अन्तरगत आफ्ना सदस्यहरुलाई एक करोड सात लाख ४९ हजार रुपैयाँ वितरण गरेको छ । संस्थाको मुख्य कार्यालय रहेको झापाको बिर्तामोड–२ चारपानेमा आज विशेष कार्यक्रमको आयोजना गरी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो […]