झापा । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव आज देशभर इलाकास्तरीय कार्यक्रम गरी मनाइएको छ । विगतमा साना किसान विकास बैंक भनिँदै आएको संस्थाको साविक मेची अञ्चलका जिल्लाहरु हेर्ने इलाका कार्यालयले आज बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका ईलाका प्रबन्धक सुबास गौतमको अध्यक्षतामा सम्पन्न […]
झापा । बिर्तामोडका सहकारीहरुमा कार्यरत लेखा शाखाका कर्मचारीहरुलाई आजदेखि लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम सुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि तालिम सुरु भएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर तालिमको उद्घाटन गरेकी हुन् । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले जनता र सहकारी बीचको सम्बन्ध पारदर्शी बनाउने उद्देश्यका साथ […]
झापा । कोशी प्रदेशका तीनवटा जिल्लामा विस्तारित झापाको मेचीनगर ६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आज आफ्नो ३०औं स्थापना दिवस मनाएको छ । आज संस्थाका सबै वित्तीय सेवा केन्द्रहरु, कृषि फर्म, डेरी उद्योग, सहकारी पसलहरु एवम् चिया उद्योगहरुमा दिउँसो २ बजेदेखि ४ बजेसम्म एकसाथ वार्षिकोत्सव सहितको स्थापना दिवस मनाइएको हो । […]
दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले दमक सेवा केन्द्र अन्तर्गतका सेयर सदस्यलाई उपचार खर्च वापत रकम प्रदान गरेको छ । दमक ४ निवासी सहकारीका सेयर सदस्य भिमकुमारी राईलाई उपचार खर्च वापत ५४ हजार ३०० रुपैयाँ प्रदान गरिएको दमक सेवा केन्द्रका व्यवस्थापक मित्रबहादुर बस्नेतले जानकारी दिए । सञ्चालक समिति […]
झापा । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडले आफ्नो २६औं स्थापना दिवसको दिन आइतबारदेखि सतासी डिपार्टमेन्टल स्टोरको पाँचौं आउटलेट उद्घाटन गरेको छ । बिर्तामोडको पुरानो भद्रपुररोडमा करिब १० हजार वर्गफुटमा सञ्चालन गरिएको पसलको प्रवेशद्वारमा टाँगिएको रिवन काटेर कोशी प्रदेशसभाका सदस्य एकराज कार्कीले आउटलेटको उद्घाटन गरेका हुन् । सहकारी अभियानका अगुवाहरु रामचन्द्र उप्रेती, महेन्द्रकुमार गिरीसहित ब्यवसायीहरुको […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित ब्यवसायहरुबाट उपभोग्य सामग्री खरिद गर्ने उपभोक्ताले खाद्य बस्तुहरुको गुणस्तरमा कुनै कमजोरी नरहोस् भन्ने ध्येयले आज अन्तरक्रिया गरिएको छ । एनएमसीले डेरी उद्योग र चिया उद्योग सञ्चालन गरेर आफ्नै ब्राण्डमा वस्तुहरु उत्पादन तथा बिक्री वितरण गरिरहेको छ । यस्तै कृषि फर्मबाट सागसब्जी, माछा उत्पादन गरेर बिक्री गर्दै आएको […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको धुलाबारीमा महालक्ष्मी इन्स्योरेन्स कम्पनीले आज महिला सशक्तीकरण तथा होली मिलन कार्यक्रम गरेको छ । रोजगारी र समृद्धिको आधार नारा दिएर सो इन्स्योरेन्सले चलाइरहेको नयाँ अभियान महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ कार्यक्रम अन्तरगत सशक्तिकरण एवम् होली मिलन गरिएको हो । महालक्ष्मी लाइफ इन्स्योरेन्स लि, महालक्ष्मी कृषि सहकारी संस्था लि. र महालक्ष्मी आमा […]
झापा । जिल्ला सहकारी संघ झापाले सहकारीबाट लिएको कर्जा नतिर्न उर्दी गर्ने ब्यक्ति वा समूहलाई सामुहिक बहिस्कार गर्न तथा यस्ता अफवाहको पछि नलाग्न सर्वसाधारणमा अपील गरेको छ। सहकारीमा रहेको रकम सदस्यको निक्षेप भएको र सोही निक्षेप पुनः सदस्य माझ नै लगानीमा रहेकोले यस्तो ऋणलाई जोखिममा पार्ने गरी गतिविधि गर्ने वित्तीय अराजक समूहलाई राज्यले दण्डित गर्न […]
भद्रपुर । नेकपा एमालेले दुई वर्षका लागि आफूलाई निलम्बन गरेको जानकारी पाएकी झापा जिल्ला कमिटीका उपसचिव चन्द्रमाया श्रेष्ठले केही मानिसहरु समेतको नाम सार्वजनिक गर्दै सामुहिक पार्टी परित्यागको घोषणा गरेकी छन् । एकवर्ष भित्र सम्पन्न गरिएका स्थानीय तह चुनाव र प्रतिनिधि सभा प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारको विपक्षमा कार्यकर्तालाई मतदान गर्न प्रेरित गरेको यथेष्ट प्रमाणका […]
गौरादह । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गौरादह १ डिठ्ठाचोकका क्यान्सर पिडीत नन्दलाल ताजपुरियालाई उपचार सहयोग गरेको छ। लघुवित्तको गौरादह शाखा मार्फत ताजपुरियालाई उपचारका लागि १० हजार नगद आर्थिक सहयोग गरिएको हो। कम्पनीका गौरादह शाखाका कर्मचारीहरुले पिडित ताजपुरियाको घरमै पुगी नगद हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा कम्पनीका गौरादह शाखा प्रमुख विवश घिमिरे, वडा नम्बर […]