झापा । नेपाल मुस्लिम संघ झापाको तेस्रो जिल्ला अधिवेशनले सफिउल्ला अन्सारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । नेपाली कांग्रेस झापाको कार्यालयमा सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा आज शनिबार भएको अधिवेशनले सर्बसम्मत रुपमा नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा एजाज अहमद र मोहम्मद नाजिम, सचिवम ट्फी अहमद शेख, सहसचिवमा जाहिर रहमान, कोषाध्यक्षमा जाहिर रहमान […]
बर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मतबहादुर बोहराले जानकारी दिए । साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र […]
बिर्तामोड । रोनिसा दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै न्यूटन्स् बाल क्लबको अधिवेशन सम्पन्न गरिएको छ । बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजुकेशन एकाडेमीमा रहेको बाल क्लबको छैटौं अधिवेशनबाट १५ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । पुनःगठित क्लबको उपाध्यक्षमा युसन उप्रेती, सचिव सङ्कल्प उप्रेती, सहसचिव मौसम उप्रेती र कोषाध्यक्षमा कृषा न्यौपाने चयन भएका हुन् […]
काठमाडौं । मनसुनी प्रणाली आज शुक्रबारदेखि देशभर फैलिएको छ । सरदर मितिभन्दा एक दिन ढिला नेपाल प्रवेश गरेको मनसुन ९ दिनपछि देशभर फैलिएको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर यस वर्ष एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो । पूर्वी नेपालबाट भित्रिएको मनसुनी […]
दाङ । दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका(२ का वडा अध्यक्ष पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई बिहीबार दिउँसो कुटपिट गरेको भन्दै वडाध्यक्ष सुनिल वलीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए। प्रहरीका अनुसार वडाध्यक्ष वलीले बिहीबार दिउँसो गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिवाद हुदा शिक्षा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरेका छन् । साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने उनको दाबी छ । संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको […]
महोत्तरी । जन्मसिद्ध नागरिकका सन्तानलाई महोत्तरीमा आजैबाट नागरिकता वितरण सुरु भएको छ। सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार निरन्तरता नदिने आदेश दिएपछि शुक्रबारदेखि नागरिकता वितरण सुरु गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिए । उनका अनुसार नागकिरता वितरणका लागि वडा कार्यालयलाई सिफारिस गरिदिन जिल्ला […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ । उनकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा आज शुक्रबार बिहान निधन भएको हो । उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज शुक्रबार बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए […]
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्गा गाउँपालिका वडा नं ६ मेहेलेको भालुखोपमा गएको पहिरोमा परी बेपत्ता एकाघरका तीन सदस्यको खोजीका लागि शुक्रवार बिहानबाट पहिरो पन्छाउन थालिएको छ। उनीहरुको घर रहेको सम्भावित स्थललाई केन्द्रमा राखी त्यहाँको पहिरो पन्छाएर खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरी बल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका सशस्त्र डिएसपी बिनोद थापाले जानकारी दिए। नेपाली सेना,नेपाल […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् । उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । अनशन स्थगितबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलन गर्न लागेका छन् । चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने त्यसको विरोधमा […]