Sajhamanch Archive

लहानको सडकमा लघुवित्त पीडितको प्रदर्शन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on लहानको सडकमा लघुवित्त पीडितको प्रदर्शन.

लहान । लघुवित्त पीडितहरुले सिरहाको लहानमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । लहानको पुलमाथि बसेर उनीहरुले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । आज मधेश प्रदेश बन्द गर्ने घोषणा गरेका उनीहरुले ‘लघुवित्त संस्था खारेज गर’, ‘लघुवित्त पीडितहरुको ऋण मिनाहा गर’ लगायतका नारा लगाएका छन् । उनीहरु सडकमै बसेर प्रदर्शन गरेका कारण यातायातका साधन चल्न सकेका […]

चीनको एक रेष्टुरेन्टमा विष्फोट, ३१ जनाको मृत्यु

Published: in International, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on चीनको एक रेष्टुरेन्टमा विष्फोट, ३१ जनाको मृत्यु.

काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार जारी छ । बुधबार राति निङ्गसिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो । चिनियाँ राष्ट्रपति सी जिनफिङले घटनाप्रति दुःख व्यक्त […]

द्रोणाचार्यको ३०औं स्मृतिसभामा पत्रकार पोखरेल पुरस्कृत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on द्रोणाचार्यको ३०औं स्मृतिसभामा पत्रकार पोखरेल पुरस्कृत.

मेचीनगर । झापाको कम्युनिष्ट आन्दोलनका एक सशक्त जनपक्षीय नेता तथा पूर्व सांसद स्वर्गीय द्रोणप्रसाद आचार्यको ३०औं स्मृति दिवस मनाइएको छ । झापाली माटोका सुगन्ध, जनताका प्रिय नेता द्रोणाचार्य क्षेत्रीको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले असार ६ गते काँकरभिट्टामा उनको स्मृति सभा गरेको हो । द्रोणाचार्य क्षेत्री स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता […]

कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना.

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पश्चिम नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, वाग्मती, गण्डकी […]

अस्पतालको नयाँ भवनमा पानी चुहेपछि कारवाहीको माग

Published: in प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on अस्पतालको नयाँ भवनमा पानी चुहेपछि कारवाहीको माग.

भद्रपुर । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको निर्माणाधीन भवन कमसल निर्माण सामग्री प्रयोग गरी बनाएको पाइएको छ । निर्माणकै क्रममा रहेको सो भवनमा वर्षादको पानी चुहेको भन्दै अस्पताल विकास समितिले निर्माण ठेकेदारलाई कारवाहीको माग गरेको हो । कन्टेक प्रालि नामक निर्माण कम्पनी मार्फत निर्मित अस्पताल भवन हस्तान्तरण प्रकृया रोकेर कमसल सामग्री हटाई स्तरीय सामग्रीको प्रयोग मार्फत […]

सुर्तीजन्य पदार्थको बिक्री र सेवन रोक्दै विराटनगर महानगर

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on सुर्तीजन्य पदार्थको बिक्री र सेवन रोक्दै विराटनगर महानगर.

मोरङ । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्री वितरणमा विराटनगर महानगरपालिकाले कडाइका साथ अघि बढ्ने भएको छ। विराटनगरमा बुधबार धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी अन्तरक्रियामा महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले यस्तो बताएकी हुन्। विराटनगर ७ नम्बर वडा, हेल्थ आवज र आउटरिच मिडियाले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले महानगरपालिकाले साउन १ […]

सदस्यता शुद्धिकरणमा विभेद गरेर प्रेस चौतारीलाई नजिस्काउन अध्यक्ष बस्नेतको चेतावनी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सदस्यता शुद्धिकरणमा विभेद गरेर प्रेस चौतारीलाई नजिस्काउन अध्यक्ष बस्नेतको चेतावनी.

राइजिङ स्टार युवा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट तीनजना पत्रकारहरु सम्मानित तथा पुरस्कृत मेचीनगर । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धिकरण अनिवार्य भएपनि प्रेस चौतारीलाई बायस गरेर अघि नबढ्न चेतावनी दिएका छन् । शुद्धिकरणको नाममा प्रेस चौतारीका सदस्यमाथि अपमानित गर्ने र विभेद गरी जिस्काउने दुस्प्रयास नगर्न पनि अध्यक्ष बस्नेतको चेतावनी […]

५ हजार नयाँ रोजगारीको सिर्जना गर्नेदेखि सांस्कृतिक सहर बनाउनेसम्म बालेनको योजना

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on ५ हजार नयाँ रोजगारीको सिर्जना गर्नेदेखि सांस्कृतिक सहर बनाउनेसम्म बालेनको योजना.

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार राष्ट्रिय सभा गृहमा महानगरका मेयर बालेन शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। उनको नीति तथा कार्यक्रममा कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना गर्नेदेखि सांस्कृतिक सहरसम्मका कुराहरु समावेश छन्। महानगरपालिकाको दीर्घकालीन सोच, सांस्कृतिक सहर, समृद्ध महानगु लाई केन्द्रमा राखेर […]

बालेनको निर्णयविरुद्ध फिल्म हल सञ्चालकहरु अदालतमा

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on बालेनको निर्णयविरुद्ध फिल्म हल सञ्चालकहरु अदालतमा.

काठमाडौं । नेपाल चलचित्र संघले हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका छन् । बुधबार दिउँसो चलचित्र संघको रिट दर्ता भएको पाटन उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी चलचित्र आदिपुरुषको सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै […]

किसानलाई पेन्सनको व्यवस्था गरौं : प्रभु साह

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on किसानलाई पेन्सनको व्यवस्था गरौं : प्रभु साह.

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने बताएका छन् । कृषि क्षेत्रको प्रोत्साहन र किसानको सम्मानका लागि पेन्सन दिनुपर्ने उनको भनाइ छ । बुधबार प्रतिनिधिसभामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग […]