Sajhamanch Archive

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान पक्का, चीनको छेन्दुबाट चार्टर्ड उडानको अनुमति

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान पक्का, चीनको छेन्दुबाट चार्टर्ड उडानको अनुमति.

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार)का दिन चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको छ । पोखरामा हुने ‘बोट रेस’ प्रतियोगितामा […]

वीपीमा इन्टर्न डाक्टरको भत्ता वृद्धिको माग गर्दै आन्दोलन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on वीपीमा इन्टर्न डाक्टरको भत्ता वृद्धिको माग गर्दै आन्दोलन.

विराटनगर । जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत छन् । प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न गरिरहेका डाक्टरलाई मासिक १८ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो भत्ता तीन वर्षयता बढेको छैन । […]

नयाँ संसद भवनको साजसज्जामा २ अर्ब ३४ करोड खर्च गरिंदै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on नयाँ संसद भवनको साजसज्जामा २ अर्ब ३४ करोड खर्च गरिंदै.

काठमाडौं । सरकारले सिंहदरबारमा बनाइरहेको संघीय संसद भवनको इन्टेरियरका लागि २ अर्ब ३४ करोड ५४ लाख ९० हजार रुपैयाँको ठेक्का लगाउने भएको छ । केसीरश्याम सुन्दररबानियाँ जेभीले संसद भवनको इन्टेरियरसहित कन्फ्रेन्स र सेक्युरिटी सिस्टमको ठेक्का पाउन लागेको हो । गत पुसमा भएको बोलपत्रअनुसार संयुक्त उपक्रमको कम्पनीले संसद भवनको इन्टेरियर सजाउने गर्नेदेखि टेबल, कुर्सी, सोफासहितका फर्निचर […]

ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु, करिब १०० बालबालिकाको अवस्था अज्ञात

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, समाज by . Leave a Comment on ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु, करिब १०० बालबालिकाको अवस्था अज्ञात.

काठमाडौं । ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु वेपत्ता छन् । उनीहरुको खोजी जारी छ । बीबीसीले धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएको छ । उक्त डुंगाको तल्लो तलामा करिब एक सय […]

नेपाल–बेलायत मैत्री सन्धीको १ सय वर्ष पूरा

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on नेपाल–बेलायत मैत्री सन्धीको १ सय वर्ष पूरा.

लण्डन । नेपाल–बेलायतबीच मन्त्री सन्धीमा हस्ताक्षर भएको एक सय वर्ष पुरा भएको अवसरमा लण्डनमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। नेपाल र संयु्क्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा गत वुधवार नेपाली राजदूतावास र लण्डन स्कुल अफ इकोनोमिक्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सो सन्धीको […]

काबेली नदी तटिय क्षेत्रका ३ घर परिवारलाई सुरक्षित स्थानमा सारियो,थप १९ घर जोखिममा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on काबेली नदी तटिय क्षेत्रका ३ घर परिवारलाई सुरक्षित स्थानमा सारियो,थप १९ घर जोखिममा.

ताप्लेजुङ । पानी पर्ने क्रम नरोकिएपछि काबेली नदीमा पानीको बहाव साविकभन्दा बढ्ने आशंकासहित नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको छ। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोक र वडा नं ७ खेवाङ प्रवेश मार्गको जोरपुल दोभान बजारका ३ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको स्थानीय इन्द्र घतानीले जानकारी दिए। उनका अनुसार आँपडाँडाबाट झरेको पहिरो […]

चीनमा ४ महिना उपचार गरेर फर्किए वर्षमान पुन, सक्रिय राजनीतिमा लागिरहने

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on चीनमा ४ महिना उपचार गरेर फर्किए वर्षमान पुन, सक्रिय राजनीतिमा लागिरहने.

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा ४ महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएका हुन् । उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनको स्वागतका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मामिला मन्त्री अमनलाल मोदी विमानस्थलमा पुगेका थिए […]

बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगामा क्षति

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगामा क्षति.

ताप्लेजुङ । बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता कुशराम कार्कीले काबेली खोलाले सिदिङवा र सिरिजंगा गाउँपालिका क्षति पुर्‍याएको अपुष्ट सूचना आएको जानकारी दिए । ‘स्थानीयले बाढीले क्षति पुर्‍यायो भनेर भनेका छन्, हामी स्थानीय प्रहरीबाट पुष्टि गर्न खोजिरहेका छौं,’ कार्कीले भने । स्थानीयका अनुसार बुधबार बेलुकादेखि नै […]

ब्याडमै सुक्न थाल्यो धानको बीउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ब्याडमै सुक्न थाल्यो धानको बीउ.

पाल्पा । खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे। असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नभएपछि बीउ राख्न समस्या भएको किसानले बताएका छन्। असार सुरु हुँदा समेत पानी नपर्दा बीउ राख्न समस्या भएको छ भने कतिपय ठाउँमा राखिएका बीउ ब्याडमै उम्रन पाएका छैनन्। हरेक वर्ष […]

बसपार्कभन्दा बाहिरका टिकट काउन्टर हटाउन सुरु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on बसपार्कभन्दा बाहिरका टिकट काउन्टर हटाउन सुरु.

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ । आज बिहान बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टर हटाइएको छ । टिकट काउन्टरहरु हटाउन नगर प्रहरीहरुसँगै सुरक्षाका लागि नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ । नगर प्रहरीहरुले टिकट काउन्टरका बोर्ड हटाउने काम जारी राखेका छन् ।काठमाडौं महानगरपालिकाले […]