Sajhamanch Archive

हिम पहिरोमा बेपत्ता भएका ३ जनाको शव ३२ दिनपछि भेटियो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on हिम पहिरोमा बेपत्ता भएका ३ जनाको शव ३२ दिनपछि भेटियो.

मुगु। हिमपहिरोमा बेपत्ता भएका तीन जना यार्सा संकलक ३२ दिनपछि मृतावस्थामा भेटिएका छन्। मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका-२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० महेश बस्नेतले जानकारी दिए। डीएसपी […]

अर्जुनधाराका किसानलाई वडाले दियो धानको विउ

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी, स्थानीय तह, by . Leave a Comment on अर्जुनधाराका किसानलाई वडाले दियो धानको विउ.

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. २ र ३ का किसानलाई अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरिएको छ । उन्नत जातको धान प्रोत्साहन गर्ने उद्देश्यले अर्जुनधारा वडा नं. २ र ३ कार्यालय तथा साना किसान कृषि सहकारी संस्था खुदुनाबारीको सहकार्यमा किसानलाई अनुदानमा विभिन्न जातको धानको बिउ वितरण गरिएको हो । साना किसान कृषि सहकारी […]

सुनकोशीमा बेपत्ता सीटीईभीटीका ३ अधिकारी अझै भेटिएनन्

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सुनकोशीमा बेपत्ता सीटीईभीटीका ३ अधिकारी अझै भेटिएनन्.

सिन्धुली। सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिनसम्म ती अधिकारीहरूको अवस्था अज्ञात छ । सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा […]

प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धि १५ वटा राँगा उपहार !

Published: in खेलकुद, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धि १५ वटा राँगा उपहार !.

काठमाडौं । राष्ट्र, राष्ट्रियता र सार्वभौमिकतालाई दीर्घकालीन असर पार्नेगरी नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै नेपाल खेलकुद महासंघसहितका २३ वटा जनवर्गीय संगठठनले आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । मन्त्रिपरिषद्ले संसदको मर्यादाको धज्जी उडाउँदै पुरानो नागरिकता विधेयक राष्ट्रपतिलाई पठाएर प्रमाणीकरण गराएको घटना राष्टको हितमा नरहेको भन्दै महासंघसहितका घटकले आन्दोलन चर्काएका हुन् । खेलकुद महासंघका […]

भद्रपुरमा पनि लागू भयो स्थानीय पाठ्यक्रम

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा पनि लागू भयो स्थानीय पाठ्यक्रम.

भद्रपुर । झापाको पुरानो नगरपालिका भद्रपुरले पनि स्थानीय पाठ्यक्रम लागू गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी स्थानीय जाति, भाषा, भूगोल, संस्कृति पर्यटकीय क्षेत्रको पहिचान लगायतका विषयवस्तु समेटर पाठ्यक्रम तयार गरी यसै शैक्षिक वर्षबाट लागू गरिएको हो । नगरपालिकाले चालू शैक्षिक सत्रमा कक्षा १ देखि ८ कक्षासम्म ‘भद्रपुरको सेरोफेरो’ […]

सरकारलाई पूर्व प्रहरी संगठनको ज्ञापनः रेशमलाई काराबासमा पठाइयोस्

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सरकारलाई पूर्व प्रहरी संगठनको ज्ञापनः रेशमलाई काराबासमा पठाइयोस्.

भद्रपुर । नेपाल पूर्व प्रहरी संगठन झापाले टिकापुर नरसंहारको आरोप प्रमाणित भएका भनिएका रेसम चौधरीको आम माफी फिर्ता हुनु पर्ने माग राख्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । संगठनका झापा अध्यक्ष खड्गबहादुर खड्काको नेतृत्वमा आएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञानप पत्र पठाएको हो । उक्त घटनामा झापाको भद्रपुरमा स्थायी घर भएका […]

पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी.

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्। कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए। कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ। कोषले खबर […]

धनगढी उडेको जहाजमा समस्या आएपछि काठमाडौं फर्कियो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on धनगढी उडेको जहाजमा समस्या आएपछि काठमाडौं फर्कियो.

काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ। श्री एयरलाइन्सको जहाज मंगलबार बिहान ८:१० मा काठमाडौंबाट धनगढीका लागि उडेको थियो। तर उडेको केही समयपछि जहाजमा समस्या आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उनका अनुसार जहाजमा प्रेसराइजेसन सिस्टममा समस्या आएको थियो। जहाज साढे ८ बजे काठमाडौंमा सकुशल अवतरण […]

पोखरा जहाज दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति हकदाबी गर्न अनुरोध

Published: (Updated: ) in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on पोखरा जहाज दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति हकदाबी गर्न अनुरोध.

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाका पीडित परिवारका आफन्तलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना जारी भएको छ । १ माघ २०७९ मा भएको उक्त दुर्घटनाका १८ जना पीडितका परिवारले क्षतिपूर्तिका लागि निवेदन दिएको र सो निवेदनमा कुनै हकदाबी र विरोध भए पेश गर्न सूचनामा भनिएको छ । कानुन बमोजिम पाइने क्षतिपूर्तिका लागि […]

जंगलमा गाडेको अवस्थामा महिलाको शव भेटियो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on जंगलमा गाडेको अवस्थामा महिलाको शव भेटियो.

धनगढी । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका २ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए । उनकाअनुसार महिलाको बुढाको शव केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको हो । बुढाका परिवारले उनी हराएको भन्दै सोमबारमात्र […]