Sajhamanch Archive

छात्रवृत्ति वितरण नगर्ने ३४२ विद्यालयको सूची काठमाडौं महानगरले गर्‍यो सार्वजनिक

Published: in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on छात्रवृत्ति वितरण नगर्ने ३४२ विद्यालयको सूची काठमाडौं महानगरले गर्‍यो सार्वजनिक.

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरण नगर्ने ३४२ संस्थागत विद्यालयको सूची सार्वजनिक गरेको छ । महानगरले यसअघि परिपत्र र सूचना प्रकाशित गर्दै यही जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी गराउन भनेको थियो । उक्त सूचनाका आधारमा छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्ने विद्यालयलाई महानगरको शिक्षा विभागले धन्यवाद ज्ञापन गरेको छ । हालसम्म […]

भद्रपुर नगरपालिकाः वातावरण दिवसमा चेतनामुलक र्यली, शिक्षकलाई अभिमुखीकरण

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरपालिकाः वातावरण दिवसमा चेतनामुलक र्यली, शिक्षकलाई अभिमुखीकरण.

भद्रपुर । ५० औं विश्व वातावरण दिवशको अवसर पारी झापा सदरमुकाम चन्द्रगढीमा प्रभातफेरी र्याली निकाल्दै विविध चेतनामुलक कार्यक्रम गरिएको छ । भद्रपुर नगर वातावरण शाखाको नेतृत्वमा वन तथा वातावरण सम्बद्ध विभिन्न संघ संस्थाले सामुहिक कार्यक्रम अन्र्तगत चन्द्रगढीमा प्रभातफेरी र्यालीसहित विविध कार्यक्रम गरेका हुन् । भद्रपुर नगर प्रमुख गणेश पोखरेलको नेतृत्वमा भद्रपुर १० लेखनाथ चोकबाट सुरू […]

कृषि सहकारीका सदस्यलाई वित्तीय साक्षरता, क्षमता अभिवृद्धि एवं पशु र बाली संरक्षण सम्बन्धी तालिम

Published: in लोकप्रिय, शिक्षा, समाज, सहकारी by . Leave a Comment on कृषि सहकारीका सदस्यलाई वित्तीय साक्षरता, क्षमता अभिवृद्धि एवं पशु र बाली संरक्षण सम्बन्धी तालिम.

भद्रपुर । भद्रपुर १० मा रहेको साना किसान कृषि सहकारी संस्था चन्द्रगढीले वित्तीय साक्षरता तथा क्षमता अभिवृद्धि एवं पशु तथा बाली संरक्षण सम्बन्धी तीन दिने अभिमुखीकरण तालिमको सुरूवात गरेको छ । साना किसान कृषि सहकारी संस्थाको आयोजना तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा जेठ २४ गतेसम्म सञ्चालन हुने तालिमको […]

गाउँको ‘सिहंदरबार’नजिकै छटपटाइरहेका एक सडक मानव

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on गाउँको ‘सिहंदरबार’नजिकै छटपटाइरहेका एक सडक मानव.

झापा । जहाँ उनी छन्, त्यहाँबाट धेरै टाढा छैन, सशस्त्र प्रहरीको सुरक्षा जाँच चौकी । अनि नजिकै छ, देशकै ठूलो र अत्याधुनिक क्यासिनो भेगास र पाँचतारे होटल मेची क्राउन । उनी बसेको भुईंभन्दा ठीक अघिल्तिर छ, स्थानीय जनताको ‘सिंहदरबार’ अर्थात स्थानीय सरकारको कार्यालय । पाँचतारे र सिंहदरबारको मध्यविन्दुमा छन् उनी । देशकै व्यस्त सडक ‘महेन्द्र […]

बिर्तामोडका मोवाइल व्यवसायीका समस्याहरु निराकरण गर्न प्रहरीसँग अन्तरक्रिया

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बिर्तामोडका मोवाइल व्यवसायीका समस्याहरु निराकरण गर्न प्रहरीसँग अन्तरक्रिया.

झापा । मोवाइल एशोसिएसन बिर्तामोडले आज बिर्तामोड क्षेत्रमा मोवाइल फोनको बिक्री वितरण तथा मरम्मत गर्ने व्यवसायीहरुलाई अभिमुखीकरण गरेको छ । आज बिर्तामोडमा एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मोवाइल फोनको व्यवसायका अनेकन आयामहरुबारे वृहत छलफल गरिएको हो । मोवाइल एशोसिएसन बिर्तामोडका अध्यक्ष युवराज निरौलाको अध्यक्षतामा मोवाइल डिलर एशोसिएसन, कोशी प्रदेशका अध्यक्ष हरि उप्रेतीको प्रमुख आतिथ्यमा […]

इलामको प्रसिद्ध पाथीभरा मन्दिरको भेटीमा अनियमितता

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on इलामको प्रसिद्ध पाथीभरा मन्दिरको भेटीमा अनियमितता.

इलाम । इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी पारदर्शी नभएको विषयमा रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबीच तिक्तता बढेको छ । मन्दिरमा उठेको भेटीको हिसाब–किताब छानबिन गर्न प्रशासनमा पत्राचार गरिएकामा प्रशासनले मन्दिरको पुरानो पाथीभरा संरक्षण संस्था र पालिकाले गठन गरेको समितिबीच ‘छलफल’ चलाउने तयारी गरेपछि गाउँपालिका रुष्ट बनेको हो । पालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास)ले […]

विश्व वातावरण दिवसको अवसरमा बिर्ताबजारमा वृक्षारोपण

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on विश्व वातावरण दिवसको अवसरमा बिर्ताबजारमा वृक्षारोपण.

झापा । बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गर्ने गरी रुख विरुवा रोप्न आग्रह गरिएको छ । यो वर्ष हरित वर्ष घोषणा गरेर हरित नगर निर्माणका लागि अघि बढ्ने नगरपालिकाको योजना रहेको जनाइएको हो । विश्व वातावरण दिवसका अवसरमा बिर्ताबजारमा आज आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई हरित नगर बनाउने अभियानमा लागेको बताएकी […]

सार्वजनिक सवारी सफा राख्नुपर्ने, छुट्नुअघि र गन्तव्यमा पुगेपछि अडियो बजाउनुपर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सार्वजनिक सवारी सफा राख्नुपर्ने, छुट्नुअघि र गन्तव्यमा पुगेपछि अडियो बजाउनुपर्ने.

काठमाडौं । यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा चल्ने सार्वजनिक सवारीका लागि नयाँ नियमहरु ल्याएको छ । सरकारले ल्याएको नियम पालना भएमा अब सार्वजनिक सवारी सफा हुनेछन् भने बस छट्नुअघि र गन्तव्यमा पुगेपछि विमानमाजस्तै बसमा पनि यात्रुका लागि सन्देशमुलक अडियो बज्नेछ । यातायात व्यवस्था कार्यविधि निर्देशिका,२०६० संशोधन गर्दै विभागले सवारीको व्यवस्थापन, सरसफाइ, स्वास्थ्य मापदण्डको […]

डीएसपीमा बढुवाका लागि ४६ जनाको नाम सिफारिस

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डीएसपीमा बढुवाका लागि ४६ जनाको नाम सिफारिस.

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४६ जनालाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ । आज सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो । यसअघि प्रहरी नायव उपरीक्षक डीएसपीहरु प्रहरी उपरीक्षक एसपीमा बढुवा भएसँगै रिक्त रहेको पदमा बढुवा हुन लागेको हो ।

आज विश्व वातावरण दिवस मनाइँदै

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on आज विश्व वातावरण दिवस मनाइँदै.

काठमाडौं । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना […]