विराटनगर । विराटनगर भन्सारको कस्टम यार्डसम्म आज कार्गो रेल आउँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतमा आज सयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल विराटनगर आइपुग्नेछ। रेलको लिक परीक्षण सफल भएको चार वर्षभन्दा धेरै समय भैसकेको छ। तर, अहिलेसम्म भारतको बथनाहाबाट मोरङको कटहरीसम्म कार्गो रेल संचालन हुन सकेको छैन। बथनाह-कटहरी रेलमार्ग निर्माण […]
बिर्तामोड । दिनहुँ अत्यधिक गर्मी बढ्न थालेका कारण बिर्तामोड नगरपालिका क्षेत्रमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरु भोलि शुक्रबार र आइतबार विदा दिइने भएको छ । नगर शिक्षा अधिकृत उपसचिव तिलचन भण्डारीले आज सूचना प्रकाशन गरी नगरप्रमुख स्तरीय निर्णयबाट बर्खे वा हिउँदे विदाबाट कट्टा हुने गरी भोलि १८ र आइतबार २० गतेका लागि विदा दिइएको उल्लेख […]
काठमाडौं । मकवानपुरमा एक महिलाले दुई छोरासहित आफूले पनि विष सेवन गरेर आत्महत्या प्रयास गरेकी छन् । विषका कारण एक नाबालकको ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका-१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले बुधबार साँझ करिब ६ बजे ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेको प्रहरीले […]
झापा । दिनहुँ अत्यधिक गर्मी बढ्न थालेका कारण तराई क्षेत्रमा केही स्थानीय तहले विद्यालय विदा दिने निर्णय गरेका छन् । तर ४० डिग्री सेल्सियसको तापक्रम झेलिरहेको बिर्तामोड नगरपालिकामा यो सम्बन्धी निर्णय हुन सकेको छैन । झापाको मेचीनगर नगरपालिकाले दुई दिन, दमक नगरपालिकाले दुई दिन र कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन स्थगन गर्ने निर्णय गरेका […]
काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् । बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए । सोही क्रममा आज प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची […]
धरमपुर (शिवसताक्षी) । नेपालको पहाडी क्षेत्रका धेरै ठाउँमा पानीको अभाव भएर त्यहाँका बासिन्दाहरु तीन–चार घण्टाको बाटो पैदल गएर खानेपानी ल्याउनु पर्ने बाध्यताका बारेमा चर्चा हुनुलाई सायदै अनौठो मान्नु पर्ला । तर तराइको समथर भूगोलमा पनि सफा खानेपानीको समस्या छ भनेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । सुगम जिल्ला झापाको शिवसताक्षी नगरपालिका वडा १ धरमपुरका स्थानीयहरु […]
विराटनगर। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गर्दैछन्। रेल विभागका प्रवक्ता इन्जिनियर अमन चित्रकारका अनुसार बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले झण्डा देखाएर रलवे र कार्गो रेल उद्घाटन गर्नेछन्। प्रचण्ड र मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ गर्ने र […]
काठमाडौं । भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शोभाकान्त पौडेलले पाएका छन् । खानेपानी मन्त्रालयबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएका उनलाई मन्त्रालयले भन्सार विभागको नेतृत्वको जिम्मेवारी दिएको हो । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको सरुवासँगै जेठयता विभाग नेतृत्वविहीन थियो । पौडेलसँग यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकका रुपमा काम गरेको अनुभव छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । आफूलाई सन्तोष राजावादी बनाउने व्यक्तिसहित उनको समूहका ९ जनालाई प्रहरी वृत्त, सिंहदरबारले पक्राउ गरेको जिल्ला प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी सिताराम रिजालले बताए । उनले भने, ‘अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिएर राखेका छौं, मुद्दा चलाउने […]
बिराटनगर । नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले कोशी प्रदेशको नाम पुनर्विचार गर्न माग गरेका छन् । प्रदेश १ का १४ जिल्लाका कांग्रेस सभापतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कोशी नाम पुनर्विचारका लागि पार्टी नेतृत्व र प्रदेशसभासँग विशेष आग्रह गरेका हुन् । प्रदेशसभाले कोशी नाम राखेपछि आन्दोलन भइरहेको भन्दै उनीहरुले भनेका छन्, ‘यो विरोधको सुनुवाइ नेपाली कांग्रेसको […]