Sajhamanch Archive

पाथीभरा जाने पदमार्गमा फाइबरको छहारी

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on पाथीभरा जाने पदमार्गमा फाइबरको छहारी.

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छाहारी) लगाइएको छ। पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो। हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार मिटर लम्बाइको ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए। यसका लागि […]

टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, विविधा, समाज by . Leave a Comment on टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति.

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । २० वैशाखमा पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक […]

पूर्वगृहमन्त्री खाँणको बयान सकिएन, भोलि पनि बयान लिने

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on पूर्वगृहमन्त्री खाँणको बयान सकिएन, भोलि पनि बयान लिने.

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ । आज लिएको बयान नसकिएपछि भोलि पुन बयान लिन लागेको हो । सरकारको वकिलको कार्यालयले यो मुद्दामा अनुसन्धान सकेर भोलिसम्ममा फाइल तयार गर्न […]

भ्रष्टाचारमा ५ वर्षे हदम्याद राख्ने प्रस्ताव विरुद्ध नेविसंघको प्रदर्शन

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on भ्रष्टाचारमा ५ वर्षे हदम्याद राख्ने प्रस्ताव विरुद्ध नेविसंघको प्रदर्शन.

काठमाडौं । नेपाल विद्यार्थी संघले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव विरुद्ध प्रदर्शन गरेको छ । नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णको नेतृत्वमा सम्पत्ति हिनामिना बाहेकमा पाँच वर्षे हदम्याद लाग्ने विधेयकको विरोधमा नेविसंघले नयाँ बानेश्वरमा प्रदर्शन गरेको थियो । उक्त विधेयक संसदमा विचाराधीन छ । विरोधका क्रममा निषेधित क्षेत्र प्रवेश गर्न लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो […]

वीपी राजमार्ग खुल्यो, लेदोमा पुरिएका गाडी निकालिंदै

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on वीपी राजमार्ग खुल्यो, लेदोमा पुरिएका गाडी निकालिंदै.

काभ्रे । आइतबार रातिको वर्षापछि आएको बाढीले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा आएको छ । वीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो । सडकको लेदो हटाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । कालढुंगामा लेदोले चारवटा गाडी पुरेको थियो । गाडी लेदोमा पुरिए […]

मोखा चक्रवात : म्यानमारमा ५ जनाको मृत्यु, बंगलादेशमा हजारौं घर भत्किए

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on मोखा चक्रवात : म्यानमारमा ५ जनाको मृत्यु, बंगलादेशमा हजारौं घर भत्किए.

काठमाडौं । बंगालको खाडीबाट विकसित भएको चक्रवातका कारण म्यानमार र बंगलादेशमा ठूलो क्षति पुगेको छ । म्यानमारमा कम्तिमा पाँच जनाको ज्यान गएको छ भने बंगलादेशमा हजारौं घरहरु ध्वस्त भएका छन् । तीव्र गतिको आँधीका कारण बंगलादेशको सेन्ट मार्टिन आइल्याण्डका १२ हजार घर र कोक्स बजार भन्ने स्थानमा रहेको रोहिंग्या शरणार्थी शिविरमा पनि करिब त्यति नै […]

हर्क साम्पाङले आत्मालोचना गरेपछि मिल्यो धरानको विवाद

Published: in प्रदेश तह, मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on हर्क साम्पाङले आत्मालोचना गरेपछि मिल्यो धरानको विवाद.

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख र कार्यपालिका सदस्यहरुबीचको विवाद मिलेको छ । धरानका मेयर हर्क साम्पाङले आइतबारको कार्यपालिका बैठकमा वडाध्यक्षहरुको राजीनामा माग गरेकोप्रति आत्मालोचना गरेपछि दुई महिनापछि विवाद मिलेको हो । मेयरसाबले कार्यपालिका सदस्य र जनप्रतिनिधिलाई सामाजिक सञ्जाल मार्फत जथाभावी नलेख्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । वडाध्यक्ष र कार्यपालिका सदस्यको राजीनामा मागप्रति पनि माफी […]

पश्चिमी वायुको प्रभावले वर्षा

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पश्चिमी वायुको प्रभावले वर्षा.

काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौँसहित देशका केही स्थानमा हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ। ुपश्चिमी वायुको प्रभावले काठमाडौँमा अहिले छिटफुट वर्षा भएको छ, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा छिटफुट वर्षाको सम्भावना […]

बुटवलबाट फरार रायमाझी काठमाडौंमा पक्राउ

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बुटवलबाट फरार रायमाझी काठमाडौंमा पक्राउ.

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त टोपबहादुर रायमाझी आज साँझ बुढनिलकण्ठबाट पक्राउ परेका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी वैशाख २० मा पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि फरार थिए । सोही साँझ उनका […]

नेपाल प्रेस युनियन झापामा लोकतान्त्रिक विधिबाट अध्यक्ष चयन, अरु सर्वसम्मत

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on नेपाल प्रेस युनियन झापामा लोकतान्त्रिक विधिबाट अध्यक्ष चयन, अरु सर्वसम्मत.

झापा । पहिलो हुने निर्वाचिन हुने मतदानको विधिबाट नेपाल प्रेस युनियन झापा शाखाको अध्यक्ष चयन गरिएको छ । नेपाल प्रेस युनियन झापाको दशौं जिल्ला अधिवेशबाट निवर्तमान उपाध्यक्ष गिरिराज भट्टराई ६६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका तीनजना उम्मेद्वारमध्ये निकटतम् प्रतिष्पर्धी राजेन्द्र गौतमले ५२ मत प्राप्त गरे भने मनकुमार शर्माले एक मत प्राप्त […]