Sajhamanch Archive

एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हो : प्रधानमन्त्री प्रचण्ड

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हो : प्रधानमन्त्री प्रचण्ड.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताएका छन् । २५६७औं बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बुद्धको त्याग, विचार र अभ्यास नेपालीका […]

आज २५६७औं बुद्ध जयन्ती मनाइँदै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on आज २५६७औं बुद्ध जयन्ती मनाइँदै.

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, […]

निजामती कर्मचारीको आन्दोलन स्थगित

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on निजामती कर्मचारीको आन्दोलन स्थगित.

काठमाडौं । निजामती कर्मचारीहरुले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि कर्मचारीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । आफूहरुको मागको सम्बन्धमा वार्ता समितिले बिहीबार नै छलफल गर्ने तयारी गरेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए । वार्तामार्फत आफूहरुको माग सम्बोधन नभए […]

कार्यालयमै तास खेल्दै महानगर प्रहरी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on कार्यालयमै तास खेल्दै महानगर प्रहरी.

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरु कार्यालयमै तास खेल्ने गरेको पाइएको छ । टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएको छ । नगर प्रहरी बलको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएपछि यस्तो तथ्य बाहिरिएको हो । कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी नायव निरीक्षक नीरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे […]

दाङमा करेन्ट लागेर शिक्षकको मृत्यु, २ जना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on दाङमा करेन्ट लागेर शिक्षकको मृत्यु, २ जना घाइते.

दाङ । दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका- १२ घर भई तुलसीपुरमा बस्दै आएका २८ वर्षीय महेश बिक रहेका छन् । बुधबार बेलुका ६ बजे तुलसीपुर उपमहागरपालिका-६ स्थित विद्युत कार्यालय नजिकै आफ्नो अफिसको विज्ञापन बोर्ड फेर्ने क्रममा […]

मोरङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मोरङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना घाइते.

विराटनगर । मोरङको लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । लेटाङ नगरपालिका(७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइतेको धरानमा उपचार भइरहेको छ । भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज […]

राप्ती गाउँपालिकाका अध्यक्षको पारिश्रमिक विपन्नको घर निर्माणमा सहयोग

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on राप्ती गाउँपालिकाका अध्यक्षको पारिश्रमिक विपन्नको घर निर्माणमा सहयोग.

दाङ । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफूले प्राप्त गर्ने सेवा सुविधा बापतको रकमबाट पालिकाका एक अतिविपन्न परिवारलाई घर निर्माणको लागि आर्थिक सहयोग गरेका छन् । पालिकाको वडा नं ३ स्थित नयाँबस्तीमा बस्ने मिर्गौला रोगी तथा अतिविपन्न उमेश घर्ती मगरलाई घर निर्माणमा सहयोग गर्ने उदेश्यले पालिका अध्यक्ष बिष्टले तीस हजार रुपैयाँको चेक प्रदान गरेका […]

भाडा बढ्ने भएपछि पोखरा हङकङ बजारका व्यवसायी आन्दोलित

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on भाडा बढ्ने भएपछि पोखरा हङकङ बजारका व्यवसायी आन्दोलित.

पोखरा । पोखराको फुटपाथमा छरिएर व्यापार गरिरहेका व्यवसायीलाई बटुलेर ०६९ साल फागुनमा खुलेको थियो, पोखरा हङकङ सस्तो बजार । तत्कालीन पोखरा उपमहानगर, स्थानीय प्रशासन र क्रियाशील ७ राजनीतिक दलको सहमतिमा कृषि सामग्री कम्पनीको ७ रोपनी क्षेत्रमा बजार बनेको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा फुटपाथ व्यापारी हटाउने भएपछि फुटपाथ व्यवसायी आन्दोलित बनेका थिए । […]

सुडानमा रहेका ८ जना नेपाली आज फर्किंदै, ५ जना भोलि आउने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on सुडानमा रहेका ८ जना नेपाली आज फर्किंदै, ५ जना भोलि आउने.

काठमाडौं । सुडानमा अलपत्र परेका नेपाली नागरिकको सुरक्षित उद्धारको प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट ३० अप्रिल २०२३ मा जेद्दा शहर पुर्‍याइएको छ। जेद्दा पुगेका १९ जनामध्ये ६ जना नेपाली मंगलबार रोजगारदाता कम्पनीको प्रबन्धमा दुवईस्थित सोही […]

थप ९१ जनामा कोरोना संक्रमण, ५९ जना संक्रमणमुक्त

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ९१ जनामा कोरोना संक्रमण, ५९ जना संक्रमणमुक्त.

काठमाडौं । पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ नमुना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो । ३३६ पीसीआर परीक्षणमा २७ र २,१९६ एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले […]