Sajhamanch Archive

प्रदेश १ स्तरीय भलिबल प्रतियोगिताः उद्घाटन खेलमा दमकको विजयी सुरुवात

Published: in खेलकुद, मुख्य समाचार, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on प्रदेश १ स्तरीय भलिबल प्रतियोगिताः उद्घाटन खेलमा दमकको विजयी सुरुवात.

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको मुख्य प्रायोजनमा झापाको सुरुङ्गामा प्रदेश १ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सुरुङ्गा जेसीजले कनकाई भलिबल कपको तेस्रो संस्करणका रुपमा संचालन गरेको प्रतियोगिताको उद्घाटन खेलमा दमक नगरपालिकाले विजयी सुरुवात गरेको छ । दमक र भद्रपुर नगरपालिकाका बीचमा उद्घाटन खेल भएको थियो । खेलमा दमकले […]

कलवलगुरीमा निर्मल वान्तवा स्मृति कप माघ ७ गतेदेखि सञ्चालन हुने

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कलवलगुरीमा निर्मल वान्तवा स्मृति कप माघ ७ गतेदेखि सञ्चालन हुने.

भद्रपुर । झापाका चर्चित फुटबल खेलाडी स्वर्गीय निर्मल वान्तवाको स्मृतिमा भद्रपुरमा माघ ७ गतेदेखि जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । कलवलगुरी समाजको आयोजनामा भद्रपुर १० स्थित केन्द्रमोडको कलवलगुरी खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक समितिले खेल तयारी बारे जानकारी दिँदै सोमबार गरेको अन्तरक्रियामा दिइएको जानकारी अनुसार माघ १४ गते समापन […]

भद्रपुर झापा गोल्डकप सफल पार्ने काठमाडौका झापालीको प्रतिबद्धता

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर झापा गोल्डकप सफल पार्ने काठमाडौका झापालीको प्रतिबद्धता.

झापा । राजधानी काठमाडौंलाई कर्मथलो बनाएर विभिन्न पेशा, व्यवसायमा रहेका झापालीहरुले झापाको सदरमुकाम भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा आयोजना गर्न लागिएको भद्रपुर झापा गोल्डकपको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् । गोल्डकप आयोजनाका लागि सहयोग संकलन गर्न काठमाडौं पुगेको भद्रपुर झापा गोल्डकप आयोजक समितिको टोलीसँग शनिबार औपचारिक रुपमा छलफल गर्दै कोठमाडौंबासी झापालीहरुले […]

सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा, भोलि थुनामुक्त हुने

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा, भोलि थुनामुक्त हुने.

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन् । उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्‍याएर […]

एनएमसी फुटसलको उपाधि मेची क्षेत्रलाई

Published: in खेलकुद, लोकप्रिय, सहकारी by . Leave a Comment on एनएमसी फुटसलको उपाधि मेची क्षेत्रलाई.

बिर्तामोड । इलाम क्षेत्रलाई ट्राइब्रेकरमा हराउँदै मेची क्षेत्रले एनएमसी महिला कर्मचारीस्तरीय फुटसल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि हात पारेको छ । पुष २३ गते शनिबार बिर्तामोडस्थित एब्सोल्युट फुटसलमा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका महिला कर्मचारी सम्मिलित ८ वटा टोलीको सहभागिता रहेको थियो । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गतको खेलकुद उपसमितिको आयोजनामा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका ६ […]

मनकामना कलेजमा अन्तर संकाय भलिबल प्रतियोगिता सम्पन्न

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, शिक्षा, समाज by . Leave a Comment on मनकामना कलेजमा अन्तर संकाय भलिबल प्रतियोगिता सम्पन्न.

बिर्तामोड । यहाँस्थित मनकामना कलेज तथा माद्यमिक विद्यालयमा आयोजित अन्तर संकाय भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । पुष २४ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । कक्षा ११ देखि स्नातक तह चौथो वर्षसम्मका छात्रहरुको ८ वटा टिम र छात्राहरुको ४ वटा टिमबीच अलग अलग प्रतियोगिता गरिएको हो । प्रतियोगितामा छात्रतर्फ कक्षा १२ कम्प्युटर […]

प्रधानमन्त्री कप महिला टी–२० : प्रदेश १ मा क्रिकेट टिम छनोट शुरु

Published: (Updated: ) in खेलकुद, प्रदेश तह, शिक्षा, समाज by . Leave a Comment on प्रधानमन्त्री कप महिला टी–२० : प्रदेश १ मा क्रिकेट टिम छनोट शुरु.

मेचीनगर । झापामा प्रधानमन्त्री कप महिला टी–२० प्रादेशिक क्रिकेट छनोट प्रतियोगिता शुरु भएको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा बिहीबार भएको उद्घाटन खेलमा झापा जिल्लाले विजयी सुरुवात गरेको छ । राष्ट्रिय महिला क्रिकेट टिमका सदस्यको बर्चस्व रहेको झापाले मोरङ महिला क्रिकेट टिमलाई १४७ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको झापाले […]

आज पेलेको अन्त्येष्टि गरिंदै

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on आज पेलेको अन्त्येष्टि गरिंदै.

झापा । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदैछ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए । उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन […]

भद्रपुर झापा गोल्ड कप फागुन ७–१६ मा हुने तय

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर झापा गोल्ड कप फागुन ७–१६ मा हुने तय.

भद्रपुर। मोफसलकै प्रतिष्ठित र सर्वाधिक राशीको भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण यही फागुन ७ गतेदेखि हुने भएको छ । प्रतियोगिता मेची रंगशालामा फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको हो । प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति तीव्र रुपमा भइरहेको छ । त्यस्तै, प्यारापिट र भवनको रंगरोगन कार्य पनि सुरु भएको छ । […]

बंगालादेशका लागि काँकरभिट्टाबाट खेलाडी विदाई

Published: in खेलकुद, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on बंगालादेशका लागि काँकरभिट्टाबाट खेलाडी विदाई.

मेचीनगर । बंगलादेशमा हुने अन्तर्राष्ट्रिय बिजी कराते च्याम्पियनसिप २०२२ मा सहभागी हुने नेपाली राष्ट्रिय कराते खेलाडीलाई बिदाई गरिएको छ । डिसेम्बर २७ देखि २९ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका लागि आज पूर्वी नाका काँकरभिट्टामा एक कार्यक्रमका बीच मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, विभिन्न संघसंस्था र खेलकुदमा आबद्ध प्रतिनिधिहरूले नेपाली राष्ट्रिय कराते खेलाडीलाई […]