काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सुखद सुरुवात गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ ले पराजित गरेको हो । गत सिजन कमजोर प्रदर्शन गरेको बार्सिलोनाले यो सिजन सहज जित निकाल्दै सुखद सुरुवात गरेको हो । घरेलु मैदानमा बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गरे । जेरार्ड पिके र सेर्जी रोबर्टोले […]
काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १७ खेलाडी बाहिरिएका छन् । राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बाट १७ खेलाडी बाहिरिँदा यस अघि नियमित टोलीमा पर्दै आएकी रेखा पौडेल पनि बाहिरिएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका मध्ये १७ खेलाडी बाहिरिएको बताएको […]
काठमाण्डौ । लिभरपुलले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा लिभरपुलले नर्वीच सिटीलाई ३–० ले हराएको हो । लिभरपुलका डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले एकरएक गोल गरे । लिभरपुलका सलाहले नयाँ कीर्तिमान समेत बनाएका छन् । प्रिमियर लिगको पहिलो खेलमा लगातार पाँच सिजन गोल गर्ने उनी पहिलो खेलाडी […]
काठमाडौं । स्पेनिस ला लिगा फुटबल आज (शुक्रबार) आजदेखि सुरु हुँदै छ । युरोपको उत्कृष्ट लिगका रूपमा रहेको ला लिगाको पहिलो खेलमा भ्यालेन्सिया र गेटाफेले प्रतिस्पर्धा गर्नेछन् । भ्यालेन्सियाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार राति १२ः४५ मा सुरु हुनेछ । लिगको पहिलो दिन एक मात्र खेल हुनेछ । सन् २०१८ मा पोर्चुगिज […]
काठमाण्डौ । इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारतले उत्कृष्ट सुरुवात गरेको छ । लर्ड्समा पहिलो दिन सकिँदा भारतले ३ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ । भारतका लागि केएल राहुलले शतकीय पारी खेलेका छन् । राहुलले १ सय २७ रन बनाए थिए । यस्तै भारतका रोहित शर्मा ८३ रन बनाएर आउट भए । यस्तै […]
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १६८ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १७१ औँ स्थानमा थियो । नेपाली टोलीले विश्वकप छनोट र एसियाकप छनोट खेलमा आफ्नो प्रर्दशनलाई सुधार गरेको थियो । नेपालले विश्वकप छनोट अन्तर्गत […]
काठमाडौं । भारत र इंग्ल्यान्डबीचको दोस्रो टेस्ट क्रिकेट आजदेखि सुरु हुने भएको छ । दुई टिमबीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । वर्षाका कारण खेल रोकिँदा बराबरीमा सकिएको हो । पहिलो टेस्टमा भारत बलियो देखिएको थियो । आजको खेलमा भारतका शार्दुल ठाकुरको स्थानमा रवीचन्द्रन आश्विन आउनेछन् । लर्डसमा हुने यस टेस्टमा इंग्ल्यान्डको टोलीबाट मोइन अलीलाई […]
काठमाण्डौ । यूईएफए सुपर कपको उपाधि चेल्सीले जितेको छ । बिहान भएको खेलमा भिल्लारियललाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि विन्डसर पार्कमा चेल्सी च्याम्पियन बनेको […]
काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलले प्रि–सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले स्पेनिस क्लब ओसासुनालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिनोले दुई गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । ओसासुनाका किकेले एक गोल फर्काए । एनफिल्डमा खेलको […]
काठमाण्डौ । बङ्गलादेशसँगको पाँचौँ तथा अन्तिम टी–ट्वान्टीमा अस्ट्रेलिया ६० रनले पराजित भएको छ । घरेलु टोली बङ्गलादेशले अस्ट्रेलियालाई ६२ रनमा अल आउट गर्दै श्रृङ्खला ४–१ ले जितेको हो । जितको लागि १ सय २३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १३ ओभर ४ बलमा ६२ रनमा अल आउट भएको थियो । टी–ट्वान्टीमा अस्ट्रेलियाको यो सबैभन्दा कम रन […]