काठमाडौं । टोकियो ओलम्पिकअन्तर्गत जुडो खेलाडी सोनिया भट्टले आफ्नो पहिलो खेलमा रुसी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । सोनियाले टोकियो ओलम्पिकको पहिलो चरणमा डोल्गोभासँग खेल्ने भएकी हुन् । बिहीबार सार्वजनिक खेल तालिका अनुसार सोनियाले पहिलो खेलमा बलियो खेलाडी प्रतिद्वन्द्वी पाएकी छन् । उनले महिला ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । जुलाई २४ […]
काठमाडौं । प्रि–सिजनको तयारी लागि बार्सिलोनाले खेलेको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले जिम्नास्टिकलाई ४–० ले हराएको हो । तेस्रो डिभिजन क्लबसँगको खेलका लागि बार्सिलोनाले पहिलो रोजाइमा सिनियर टिमका पाँच खेलाडीलाई मैदानमा उतारेको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा चार गोल गर्यो । बार्सिलोनाको जितमा […]
काठमाण्डौ । टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सले उत्कृष्ठ सुरुवात गरेका छन् । गएराति भएको खेलमा ब्राजिलको महिला फुटबल टोलीले चीनलाई ५–० गोल अन्तरले पराजित गर्यो । यस्तै, नेदरल्याण्ड्सले जाम्बियामाथि फराकिलो जित दर्ता गरेको छ । पहिलो पटक ओलम्पिक खेलिरहेको नेदरल्याण्ड्सले जाम्बियालाई १०–३ गोल अन्तरले हरायो । नेदरल्याण्ड्सको जितमा भिभिएनी मिडेमाले ह्याट्रिकसहित […]
काठमाडौं । अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीयमा फराकिलो जित निकालेको छ । बुधबार बिहान भएको खेलमा अष्ट्रेलियाले घरेलु टोली वेस्ट इन्डिजलाई डीएल पद्दतिको आधारमा १३३ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको २५७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिज २६ ओभर २ बलमा अलआउट हुँदै १२३ रनमा समेटियो । घरेलु टोलीका लागि काइरन पोलार्डले […]
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एएफसी महिला एसियन कप २०२२ छनोटका लागि सोमबारबाट प्रशिक्षण सुरु गरेको छ । नेपाली टोलीको प्रारम्भिक बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाइएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले गत बुधबार ४५ खेलाडीलाई बन्द प्रशिक्षणका बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । महिला टोलीमा सावित्रा भण्डारी भने परेकी […]
काठमाडौं । पोर्चुगल स्टार फुटवलर क्रिस्टियानो रोनाल्डो यो सिजन पनि युभेन्ट्समा बस्ने भएका छन् । युभेन्ट्सका नयाँ प्रशिक्षक मासिमियानो एल्गिरीले रोनाल्डो युभेन्ट्समा नै रहने बताएका छन् । उनले रोनाल्डो अब युभेन्ट्मै रहने र युभेन्ट्सको यो सिजन टिम उत्कृष्ट बन्ने बताए । ‘दी ग्राडेन’सँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । यतिबेला युरोकप विजेता रोनाल्डो प्रिमियर […]
काठमाण्डौ । पहिलो एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई भारतले सात विकेटले हराएको छ । जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । कोलम्बोमा गएराति श्रीलङ्काले दिएको २ सय ६३ रनको लक्ष्य भारतले ८० बल बाँकी छँदै भेट्टायो । भारतका लागि कप्तान शिखर धवन र इशान किसनले अर्धशतकीय पारी खेले । धवनले ८६ र […]
काठमाण्डौ । अन्तिम तथा तेस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले आयरल्यान्डलाई ७० रनले पराजित गरेको छ। डुब्लीनमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्यान्डलाई ७० रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको ३ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्यान्डले ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ७६ रन बनायो। आयरल्यान्डका लागि सीमी सिंहले […]
काठमाडौं । नेपालले एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न नपाउने भएको छ । एसियन भलिबल कन्फेडेरेसनले नेपाललाई प्रतियोगिताबाट बाहिर राखेपछि फिलिपिन्समा आयोजना हुने प्रतियोगिता खेल्न नपाउने भएको हो । कोरोना संक्रमणको जोखिमका कारण एभीसीले नेपाललाई प्रतियोगिता बाहिर राखेको बताइएको छ । एभीसीले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगितामा आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने भएका हुन् […]
काठमाडौं । टोकियो ओलम्पिकमा सहभागी हुन १० सदस्यीय टोली आज जापान प्रस्थान गर्ने भएको छ । नेपालको ‘सेफ द मिसन’ रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालको नेतृत्वमा नेपाली टोली जापान जान लागेको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सिलवालको नेतृत्वमा १० सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गर्ने जनाएको छ । जापान जाने टोलीमा […]