काठमाण्डौ – युरोकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा स्पेनले लिथुवानियालाई ४ –० गोल अन्तरले पराजित गरेको छ । यस्तै, गएराति भएका खेलमा फ्रान्सले बुल्गेरियालाई ३ –० गोल अन्तरले पराजित गरेको छ । यस्तै पोल्याण्ड र आइल्याण्डले तथा बेनिन र जाम्बियाले २– २ गोलको बराबरी खेलेका छन् भने क्यामरुन […]
काठमाण्डौ । विश्वकप २०२२ तथा एसियन कप फुटबल २०२३ छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भयो। जोर्डनको जितमा बाहा फाइजल सिफले दुई र याजन अल अरबले एक गोल गरे । नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई लडाएपछि पाएको पेनाल्टीमार्फत […]
काठमाण्डौ । आईसीसी विश्व कप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको शृङ्खला स्पेनमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानका सचिव अशोकनाथ प्याकुरेलले शृङ्खला स्पेनमा हुने भएको र यसको मिति केही दिनमै आईसीसीले टुङ्गो लगाउने बताए। ‘भिसा, क्वरेण्टीन लगायत मिलाउनुपर्ने कुरा धेरै छन्, सबै कुराको टुङ्गो केही दिनभित्रै हुन्छ, हामीले पनि तयारी गरिरहेका छौँ’, […]
काठमाडौं । स्पेनिस खेलाडी राफायल नाडाल फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बिहीबार राति भएको खेलमा विजयी हुँदै नाडाल तेस्रो चरणमा पुगेका हुन् । पेरिसमा भएको खेलमा विश्व नम्बर तीन रहेका नाडालले फ्रान्सका रिचार्ड गास्क्वेटलाई ६–०, ७–५ र ६–२ ले पराजित गरे । नाडालले अब तेस्रो चरणमा बेलायतका क्यामरुन नोरीसँग खेल्नेछन् ।
काठमाण्डौ । फिफा विश्वकप फुटबल छनोट प्रतियोगिता अन्तर्गत नेपालले गएराति भएको खेलमा चाइनिज ताइपेईलाई हराएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २– ० गोलले हराएको हो । नेपालका लागि खेलको चौथो मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरे । ताइपेईका खेलाडीले बल हातले छोएपछि नेपालले पेनाल्टी पाएको थियो । […]
काठमाडौं । युरोकप फुटबलका लागि वेल्सको राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । युरोकपका लागि वेल्सले २६ सदस्यीय टोली घोषणा गरेको हो । रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेल पनि टोलीमा सामेल छन् । त्यस्तै, १९ वर्षीय मिडफिल्डर रुबिन कार्डिफले सिनियर राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् । युरोकप फुटबल आउँदो जुन ११ देखि जुलाई […]
काठमाडौं । अर्जेन्टिनामा आयोजना हुने भनिएको कोपा अमेरिका फुटबल प्रतियोगिता अर्जेन्टिनामा नहुने भएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोरोना भाइरसको कारण प्रतियोगिता नहुने बताएको हो । प्रतियोगिताका लागि कन्मेबोलले अन्य राष्ट्रसँग छलफल गर्ने बताएको छ । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । सन् २०२० […]
काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा वाइल्ड कार्ड प्राप्त गर्दै नेपाली सुटिङ खेलाडी कल्पना परियारले खेल्ने भएकी छन् । वाइल्ड कार्ड प्राप्त गरेसँगै कल्पनाले टोकियो ओलम्पिक खेल्ने पक्का भएको हो । उनले शुक्रबार टोकियो ओलम्पिकको वाइल्ड कार्ड प्राप्त गरेकी हुन् । ओलम्पिकमा कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनी टोकियो ओलम्पिकका लागि […]
काठमाडौं । बंगलादेशले अष्ट्रेलियासँग टी–ट्वान्टी सिरिज खेल्ने भएको छ। अष्ट्रेलिया क्रिकेट टिमले टी–ट्वान्टी क्रिकेटका लागि बंगलादेशको भ्रमण गर्ने भएको छ । बंगलादेश क्रिकेट बोर्डले अष्ट्रेलिया र बंगलादेशबीचको टी–ट्वान्टी सिरिजका आगामी अगष्टमा हुने जनाएको छ । अष्ट्रेलियाले घरेलु टिमसँग पाँच खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । अष्ट्रेलिया र बंगलादेशले यस सिरिजलाई टी–ट्वान्टी विश्वकपको तयारीको रुपमा लिएका छन् […]
काठमाडौं । नेपाली फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इराक जाँदैछ। नेपाली टोली आज राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाजमार्फत इराक जान लागेको अखिल नेपाल फुटबल सङ्घले जनाएको छ। नेपालले आउँदो शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न उतैबाट कुवेत जाने छ। विश्वकप छनोटका बाँकी खेल अन्तर्गत नेपालले जुन ३ […]