काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो । निगमले […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ। उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ गते सञ्चालन गरेको परीक्षामा मर्यादा विपरीत कार्य गरिएकाले एक जनालाई बर्खास्त गरिएको र अन्य दुई जनालाई सचेत गराएर छाडिएको जनाएको छ। काठमाडौँको मित्रपार्कस्थित टेक्सास इमावि […]
बिर्तामोड। बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाका रुपमा रहेको बुट्टावबारी–प्याकुरेलचोक सडक खण्ड कालोपत्रे गर्ने कार्यको आज शुभारम्भ गरिएको छ । बट्टावबारीमा आज बिहान आयोजित एक समारोहका बीच ६ दशमलव २ किलोमिटर लम्वाई रहेको उक्त सडक निर्माणको शिलान्यास गरिएको हो । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रादेवी महतारा प्रसाईले कालोपत्रे सडक निर्माण शिलान्यासको शिलालेख अनावरण गर्दै निर्माण शुभारम्भ भएको […]
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको नवनिर्वाचित कार्यसमितिले आइतबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । विराटनगरस्थित इस्टर्न स्टारको सभाहलमा आयोजित पदस्थापन समारोहका बीच नवनिर्वाचित अध्यक्षलगायत कार्यसमितिका पदाधिकारी–सदस्यले सपथसँगै पदभार ग्रहण गरेका हुन् । महासंघ कोशी प्रदेशका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित पहिलो सत्रको कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै निर्वाचन समितिले नवनिर्वाचित अध्यक्ष […]
फाइल फोटो झापा । सहकारी भन्ने वित्तिकै सबैलाई एउटै डालोमा राखेर हेर्ने अनि एउटामा समस्या उत्पन्न भए सबैलाई खराब देख्ने प्रवृत्तिको अन्त्य गराउन झापाका सहकारीहरु ध्रुविकरण हुन थालेका छन् । सहकारी संस्थाहरु स्वनियमनमा चल्ने विश्वब्यापी मान्यताको फाइदा उठाउँदै कतिपय संस्थाका सञ्चालक र कर्मचारीहरुले मनोमानी ढंगबाट वित्तीय सन्तुलन बिगारेका कारण सहकारी अभियान माथि नै प्रश्न चिन्ह […]
हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. १, गोलधापस्थित सरस्वती माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पगोस् भन्ने ध्येयले सिम्रिक साकोसले शैक्षिक सामग्री प्रदान गरेको छ । वैशाख ३१ गते विद्यालय प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गरी संस्थाले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई ५० थान स्कूल ब्याग, २१५ थान टाई र २२० थान बेल्ट प्रदान गरेको हो । हल्दिबारी […]
फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छाहारी) लगाइएको छ। पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो। हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार मिटर लम्बाइको ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए। यसका लागि […]
काठमाडौं। प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोप लागेपछि उनी पक्राउ परेका हुन्। आइतबार नै उनी पक्राउ परेको भएपनि त्यस सम्बन्धी सूचना संसद सचिवालयले औपचारिक रुपमा प्राप्त नगरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । ‘सूचना प्राप्त भएपछि प्रतिनिधिसभामा सुनाइन्छ’ प्रवक्ता […]
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त टोपबहादुर रायमाझी आज साँझ बुढनिलकण्ठबाट पक्राउ परेका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी वैशाख २० मा पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि फरार थिए । सोही साँझ उनका […]
झापा । पहिलो हुने निर्वाचिन हुने मतदानको विधिबाट नेपाल प्रेस युनियन झापा शाखाको अध्यक्ष चयन गरिएको छ । नेपाल प्रेस युनियन झापाको दशौं जिल्ला अधिवेशबाट निवर्तमान उपाध्यक्ष गिरिराज भट्टराई ६६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका तीनजना उम्मेद्वारमध्ये निकटतम् प्रतिष्पर्धी राजेन्द्र गौतमले ५२ मत प्राप्त गरे भने मनकुमार शर्माले एक मत प्राप्त […]