Sajhamanch Archive

भद्रपुरमा आदिवासी राजवंशी संग्राहालयको शिलान्यास

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा आदिवासी राजवंशी संग्राहालयको शिलान्यास.

भद्रपुर । सिरूवा पर्वको अवसर पारेर भद्रपुर ६ महेशपुरमा आदिवासी राजवंशी संग्राहालय भवनको शिलान्यास गरिएको छ । पूर्वी तराइका आदिवासी राजवंशी समुदायको सम्पूर्ण पहिचान झल्कने गरी ७ कठ्ठा क्षेत्रफलमा ५ करोडभन्दा बढीको लगानीमा संग्राहालय निर्माण गर्ने लक्ष्यका साथ भवनको शिलान्यास गरिएको जनाइएको छ । भद्रपुर नगरपालिकाले प्रदान गरेको २० लाख रूपैयाँबाट पहिलो चरणको काम थालिएको […]

अनेकि महासंघको अध्यक्षमा पुनः दंगाल, उपाध्यक्षमा झापाका शिवाकोटी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on अनेकि महासंघको अध्यक्षमा पुनः दंगाल, उपाध्यक्षमा झापाका शिवाकोटी.

झापा । अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलनबाट अध्यक्षमा पुनः डा. प्रेम दंगाल निर्वाचित भएका छन् । महासम्मेलनको दमकस्थित दाहाल प्रतिष्ठानमा सम्पन्न बन्दशत्रले संघको राष्ट्रिय समिति अध्यक्षमा पुनः डा. दंगाललाई अध्यक्षमा सर्वसम्मच चयन गरेको हो । महासंघको उपाध्यक्षमा झापाका बेनुप्रसाद शिवाकोटी दोश्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । यस्तै अन्य उपाध्यक्षहरुमा राजकुमार उप्रेती, […]

बिर्तामोडका ब्यापारीलाई चुनाव लाग्यो, वैशाख ४ गते नगर अधिवेशन

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on बिर्तामोडका ब्यापारीलाई चुनाव लाग्यो, वैशाख ४ गते नगर अधिवेशन.

बिर्तामोड । नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पूरा भएको छ । महासंघले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी दिइएको हो । बिर्तामोडको अतिथि सदनमा भोलि वैशाख ४ गते बिहान ११ बजे प्रतिनिधि सभाका सदस्य तथा महासंघका अध्यक्ष लालप्रसाद (एलपी) साँवाले अधिवेशनको उद्घाटन गर्ने तय भएको […]

परराष्ट्रमन्त्रीमा कांग्रेसका एनपी साउद नियुक्त हुँदै, आज ३ बजे शपथ

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on परराष्ट्रमन्त्रीमा कांग्रेसका एनपी साउद नियुक्त हुँदै, आज ३ बजे शपथ.

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । आज आइतबार दिउँसो ३ बजे उनले पद तथा गोपनीयताको शपथ लिने तय भएको छ । सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न […]

भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजु मारिए

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, समाज by . Leave a Comment on भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजु मारिए.

प्रयागराज (भारत) । भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ । पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला गोली प्रहार भएको थियो । उनीहरुलाई गोली लागेको दृष्य पनि टेलिभिजनमा […]

मेजसा माविका पूर्व विद्यार्थीहरु संगठित, अध्यक्षमा पासाङ तामाङ

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on मेजसा माविका पूर्व विद्यार्थीहरु संगठित, अध्यक्षमा पासाङ तामाङ.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. २ मा अवस्थित मेची जनसाधारण माविका पूर्व विद्यार्थीहरुको भेलाबाट १३ सदस्यीय समिति गठन गरिएको छ । नयाँवर्ष २०८० को शुभकामना आदानप्रदान गर्ने उद्देश्यले वैशाख १ गते विद्यालयमा पूर्व विद्यार्थीहरुको भेला आयोजना गरिएको थियो । सो विद्यालयको इतिहासदेखि वर्तमानसम्मको क्रेजलाई जीवन्त राख्न एवम् विद्यालयको भौतिक र शैक्षिक उन्नयनमा योगदान […]

सस्तो जग्गाको प्रलोभनमा ३२ लाख ठगेर फरार व्यक्तिहरु पक्राउ

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on सस्तो जग्गाको प्रलोभनमा ३२ लाख ठगेर फरार व्यक्तिहरु पक्राउ.

बिर्तामोड । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कमा सस्तो मुल्यमा २ कठ्ठा जग्गा मिलाइदिने भन्दै ३२ लाख रुपैयाँ लिई फरार भएकाहरु पक्राउ परेका छन् । अर्जुनधारा–११ स्थित बसपार्कमा कमल गाउँपालिका–५ का ५२ वर्षीय विजय राईले मोरङ उर्लावारी ४ बस्ने ५२ वर्षीय विष्णुमाया सापकोटा सुवेदीको साथबाट उक्त रकम लिई फरार भएका थिए । घटना चैत ३० गतेको हो […]

शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन.

काठमाडौँ। शताब्दी पुरुष स्व। सत्यमोहन जोशी पत्नी राधादेवी जोशीको निधन भएको छ। उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। सय वर्षीया राधादेवीको स्वास्थ्यमा समस्या आएपछि दुई साताअघि किस्ट अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो। उनका पति शताब्दी पुरुष सत्यमोहन जोशीको असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको […]

इजलास दैनिक सातौं वर्षमा, सम्वाददाता राई सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on इजलास दैनिक सातौं वर्षमा, सम्वाददाता राई सम्मानित.

बिर्तामोड । झापाको बिर्तामोडबाट प्रकाशित इजलास दैनिक सातौं वर्षमा प्रवेश गरेको छ । टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित इजलास दैनिकले संक्षिप्त कार्यक्रम गरी सातौं वार्षिक उत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा इजलास दैनिकले अर्जुनधाराका संवाददाता इन्द्रकुमार राईलाई नगद पाँच हजार र प्रमाणपत्रसहित सम्मान गरेको छ । सम्मानित राईलाई टाइम्स मिडिया नेटवर्कका अध्यक्ष अध्यक्ष नारायणप्रसाद पोखरेल […]

नयाँवर्ष २०८० प्रवेशमा कसको कस्तो शुभकामना सन्देश

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on नयाँवर्ष २०८० प्रवेशमा कसको कस्तो शुभकामना सन्देश.

आज विक्रम संवत् २०८० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन, नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय […]