Sajhamanch Archive

काँकरभिट्टा क्याम्पसमा अखिल र नेवि संघका कार्यकर्ताबीच झडप

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on काँकरभिट्टा क्याम्पसमा अखिल र नेवि संघका कार्यकर्ताबीच झडप.

मेचीनगर । स्वतन्त्र विद्यार्थी युनियनको चुनावका विषयमा क्याम्पस प्रशासन र विद्यार्थी बीच कुरा नमिल्दा काँकरभिट्टा बहुमुखी क्याम्पस तनावग्रस्त बनेको छ । स्ववियु निर्वाचनको मिति घोषणा भइसकेपछि भर्ना भएका विद्यार्थीको खारेजी माग गरिरहेको एमाले निकट अनेरास्ववियुसँग अरु विद्यार्थी संगठनहरुको झडप भएको हो । क्याम्पस गेटमा भएको बोर्ड अनेरास्ववियुले जलाउन खोज्दा नेवि संघले रोकेको घटनापछि दुई संगठनबीच […]

राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त.

काठमाडौं । मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सम्हालिरहेका प्रवेशलाई अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार नियुक्ति दिएको हो । प्रवेश कटुवालले कात्तिक ३० गते पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा पनि राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । २०६१ सालमा थ्री स्टार […]

काँकडभिट्टा क्याम्पसको मुल गेटमा अखिलको ताला

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on काँकडभिट्टा क्याम्पसको मुल गेटमा अखिलको ताला.

मेचीनगर । मेचीनगर ६ काँकडभिट्टामा रहेको काँकरभिट्टा क्याम्पसमा तनावको अवस्था सिर्जना भएको छ । फागुन १९ गते नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले निर्वाचन कार्यालयमा ताला लगाएर विरोध गरिरहे पनि आज बिहान क्याम्पस प्रशासनले मनोनयन पत्र दर्ताका लागि समय दिए पछि अवस्था थप तनावग्रस्त भएको हो । बुधबार बिहान क्याम्पस प्रशासनले स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता […]

रसायनिक मलको मुल्यवृद्धि खारेज गर्न किसान महासंघ झापाको माग

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on रसायनिक मलको मुल्यवृद्धि खारेज गर्न किसान महासंघ झापाको माग.

झापा । अखिल नेपाल किसान महासंघ झापाले मलमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै बढेको मूल्य तत्काल खारेज हुनुपर्ने माग गरेको छ । सत्ताका लागि राजनीतिक गठबन्धन फेरिरहने बानीपरेका पुष्पकमल दाहालले जनताले खाने अनाज उत्पादन गर्ने नेपाली किसानको ढाड सेक्नेगरी गरेको मूल्यवृद्धिको विरोध गरेको हो । प्रचण्ड नेतृत्वको सरकारले सोमबार मलमा दिइएको अनुदान घटाएर मूल्य समेत […]

ओलीलाई विपक्षी दलको नेताको मान्यता दिन एमालेको माग

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओलीलाई विपक्षी दलको नेताको मान्यता दिन एमालेको माग.

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन संसद सचिवालयलाई पत्र लेखेको छ । १५ फागुनमा बसेको एमाले सचिवालयको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर आफ्ना मन्त्रीहरुलाई राजीनामा गराएको थियो । एमाले महासचिव शंकर पोखरेलले आज संसद सचिवालयलाई पत्र पठाएर समर्थन फिर्तासँगै संसदीय […]

सहकारीको नाममा ठगी गरेको आरोपमा तीनजना प्रहरी नियन्त्रणमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहकारीको नाममा ठगी गरेको आरोपमा तीनजना प्रहरी नियन्त्रणमा.

बिराटनगर । सहकारी संस्थाका शेयर सदस्यहरूको ठूलो राशिको रकम ठगी गरेको आरोपमा विराटनगरको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका तीनजना जिम्मेवारहरु पक्राउ परेका छन् । सो संस्थाका क्षेत्रीय प्रबन्धकसहित दुईजना जिम्मेवार सञ्चालकहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङको उर्लाबारी नगरपालिका वडा नं. ६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको […]

सुवास नेम्वाङलाई एमाले संसदीय दलमा उपनेताको जिम्मेवारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सुवास नेम्वाङलाई एमाले संसदीय दलमा उपनेताको जिम्मेवारी.

काठमाडौँ । नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ मनोनित भएका छन् । संसदीय दलको नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई आज सोमबार उपनेतामा मनोनित गरेका हुन् । २०७४ सालको चुनावपछि पनि नेम्वाङ नै एमाले संसदीय दलको उपनेता बनेका थिए । इलाम २ बाट विजयी नेम्वाङ एमालेका उपाध्यक्षसमेत हुन् । २०५१ सालमा न्याय, कानुन […]

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ, भण्डारीले छाडिन् शितल निवास

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ, भण्डारीले छाडिन् शितल निवास.

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सोमबार दिउँसो १ बजे शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान […]

पिएनजी विरुद्ध नेपालको सहज जित

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on पिएनजी विरुद्ध नेपालको सहज जित.

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७ दशमलव ४ ओभरमा लक्ष्य भेट्टाएको हो । नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा […]

अन्तर्राष्ट्रिय अंग्रेजी भाषा सम्मेलनमा भाग लिन झापाबाट भट्टराई र राई अमेरिका जाने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on अन्तर्राष्ट्रिय अंग्रेजी भाषा सम्मेलनमा भाग लिन झापाबाट भट्टराई र राई अमेरिका जाने.

झापा । अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय अंग्रेजी भाषा सम्मेलनमा झापाका दुईजना शिक्षक सहभागी हुने भएका छन्। अमेरिकाको ओरीगन राज्यको पोर्टल्याण्ड शहरमा यही मार्च २१ देखि २४ तारिखसम्म संचालन हुने टिसोल कन्भेन्सनमा झापा बिर्तामोडका धर्मेन्द्र भट्टराई र जेनी राई सहभागी हुने भएका हुन्। टिसोल (टिचिङ इंग्लिस टु स्पिकर अफ ओदर ल्यांग्वेज) एक विश्वस्तरको अंग्रेजी भाषा शिक्षकहरूको […]