बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा मकैका खोष्टाको फूल बनाउने तालिम सम्पन्न भएको छ । सिद्देश्वर शिवपन्चायन मन्दिर मियावाडीमा नगरपालिकाले आयोजना गरेको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १२ दिने तालिम आज सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले स्थानीय उत्पादनलाई प्रयोगमा ल्याउनु पर्नेमा जोड दिइन् […]
झापा । झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०७९ हुने भएको छ । फागुन २९ गतेदेखि तीन दिन प्रतियोगिता आयोजना गर्न लागिएको र सबै तयारी पूरा भएको आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । लायन्स क्लव अफ अनारमनी र लायन्स क्लव अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको लायन्स क्लव अफ […]
काठमाडौं । यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा […]
झापा । जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपाल झापा जिल्ला समितिले शनिबार आफ्नो २७औं स्थापना दिवस विविध रचनात्मक कार्यक्रम गरेर मनाएको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष शंकर भट्टराईको अध्यक्षता तथा स्थानीय अग्रज समाजसेवी शंकर सुवेदीको प्रमुख आतिथ्यमा अर्जुनधारा नगरपालिका वडा नं. ६ स्थित पुष्पलाल चोकमा प्रभातफेरी, सांस्कृतिक कार्यक्रम तथा विचार गोष्ठीसहित स्थापना दिवस मनाइएको हो […]
सिन्धुली । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस आज बिहान ९ः१५ बजे सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले प्रहरीमार्फत् आफूले उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको जानकारी पाएको बताएकी छन् । प्रमुख जिल्ला अधिकारी नेपालका […]
गौरीगञ्ज । नेकपा एमालेले देशव्यापी रूपमा सञ्चालन गरेको मिसन ग्रासरुट अभियान २०७९ अन्तरगत झापाको गौरीगञ्ज गाउँपालिकामा बृहत्त अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । मिसनका लागि प्रमुख अभियन्ताको रूपमा खटिएका केन्द्रीय सदस्य युवराज बाँस्कोटाको सहजीकरणमा सम्पन्न कार्यक्रममार्फत मिसनलाई टोलटोल र तिनका घरद्वारसम्म लगिने योजना अघि सारिएको हो । चालू दुई महिने अभियानमा निर्धारित जिम्मेवारीसहित अभियन्ताको रूपमा […]
झापा । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव आज देशभर इलाकास्तरीय कार्यक्रम गरी मनाइएको छ । विगतमा साना किसान विकास बैंक भनिँदै आएको संस्थाको साविक मेची अञ्चलका जिल्लाहरु हेर्ने इलाका कार्यालयले आज बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका ईलाका प्रबन्धक सुबास गौतमको अध्यक्षतामा सम्पन्न […]
काठमाडौं । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि चार जना उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उपराष्ट्रपति पदका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालको तर्फबाटे पार्टी उपाध्यक्ष एवम् बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छिन् । यस्तै १० दलीय सत्ता गठबन्धनबाट तीन जनाले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । […]
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार १५ दिनभित्र आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश दिएको हो । ‘संक्रमणकालिन न्याय प्रक्रिया लामो समयसम्म टुङ्गो नलागेको भन्ने विषयको उठान गरी न्याय […]
भद्रपुर । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बाह्य पर्यटक आकर्षणका लागि नेपालको प्राकृतिक स्वरूप तथा कला संस्कृतिको संरक्षण आजको आवश्यकता रहेको बताएका छन् । भद्रपुर नगरपालिकाले आयोजना गरेको गन्तव्य पोखरा—भद्रपुर पर्यटन प्रवर्धन अन्तरक्रियामा सम्बोधन गर्दै महानगर प्रमुख आचार्यले सो कुरा बताएका हुन् । भद्रपुर—पोखरा सिधा हवाई उडान सञ्चालन भएको अवसरमा आज आयोजित कार्यक्रममा उनले भने […]