चितवन । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र […]
कनकाई । झापाको कनकाईमा जारी महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक कनकाई र जुनतारा महिला फुटबल क्लब खुदुनाबारीबीच आज प्रतिस्पर्धा हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आज फागुन २४ गते कनकाई माविको खेल मैदानमा सम्पन्न हुने प्रतियोगिताको उपाधिका लागि आयोजक कनकाई महिला फुटबल क्लव र जुनतारा महिला फुटबल क्लव खुदुनाबारीले निर्णायक प्रतिस्पर्धाका […]
पृष्ठभूमिः DigitAll : Innovation and technology for gender equality भन्ने अन्तर्राष्ट्रिय नारा र “लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने राष्ट्रिय नाराका साथ यो वर्ष ८ मार्चमा ११३औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर मनाइँदै छ । सुरुमा राजनीतिक तवरबाट मनाउन सुरु भएको यो दिवस वर्तमान समयमा महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानताको […]
मेचीनगर । झापाको मेचीनगर १३ चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा सप्ताहव्यापी श्रीमद् भागवत् महापुराण ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । आगामी चैत्र ८ गतेदेखि १६ गतेसम्म सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको आयोजक संस्था पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्धन समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिएका छन् । समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवउद्धार र शान्तिका […]
आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई विरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ। यो जितसँगै अंक तालिकामा नेपाल एक स्थान माथि उक्लिएको छ। त्रिदेशीय श्रृङ्खलाको अन्तिम खेलमा नेपालले ४२ रनले जितेको हो। नेपाल दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा यूएई ४५ ओभरमा १८७ रनमै समेटिएको हो। यूएईका लागि आशिफ खानले ८२, आर्यन लक्राले ५० र […]
झापा । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडले आफ्नो २६औं स्थापना दिवसको दिन आइतबारदेखि सतासी डिपार्टमेन्टल स्टोरको पाँचौं आउटलेट उद्घाटन गरेको छ । बिर्तामोडको पुरानो भद्रपुररोडमा करिब १० हजार वर्गफुटमा सञ्चालन गरिएको पसलको प्रवेशद्वारमा टाँगिएको रिवन काटेर कोशी प्रदेशसभाका सदस्य एकराज कार्कीले आउटलेटको उद्घाटन गरेका हुन् । सहकारी अभियानका अगुवाहरु रामचन्द्र उप्रेती, महेन्द्रकुमार गिरीसहित ब्यवसायीहरुको […]
काठमाडौँ । फागुन २५ गतेका लागि निर्धारित राष्ट्रपति निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुने भएकाले प्रचार प्रसार स्थगन गर्न निर्वाचन आयोगले भनेको छ । आयोगले मौन अवधि सुरु भएसँगै राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसारमा रोक लगाउने जनाउँदै आज विज्ञप्ती जारी गरेको हो । आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन […]
मेचीनगर । भारतको सिलगडीबाट नेपाल आयल निगमको कार्यालय चारआली झापामा डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरमा ल्याइएको डिजेलमा मिसावट पुष्टि भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मिसावट पुष्टि भएको निगमले जनाएको छ । डिजेलको गुणस्तर बिगार्ने गरी मिसावट भएको पुष्टि भएको छ तर डिजेलमा कुन पदार्थ मिसवट […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित ब्यवसायहरुबाट उपभोग्य सामग्री खरिद गर्ने उपभोक्ताले खाद्य बस्तुहरुको गुणस्तरमा कुनै कमजोरी नरहोस् भन्ने ध्येयले आज अन्तरक्रिया गरिएको छ । एनएमसीले डेरी उद्योग र चिया उद्योग सञ्चालन गरेर आफ्नै ब्राण्डमा वस्तुहरु उत्पादन तथा बिक्री वितरण गरिरहेको छ । यस्तै कृषि फर्मबाट सागसब्जी, माछा उत्पादन गरेर बिक्री गर्दै आएको […]
बिर्तामोड । नेपाल हिन्दूराष्ट्र पुनस्र्थापना मञ्चका अध्यक्ष डा. विष्णुप्रसाद बरालले नेपाललाई विदेशीको हस्तक्षेपबाट मुक्त गराउनु पर्ने बताएका छन् । मञ्चले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विश्व मानव अधिकार संरक्षण आयोगका उपाध्यक्षसमेत रहेका डा. बरालले विदेशी हस्तक्षेपका कारण मुलुकमा अस्थिरता बढेर गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले नेपाल हिन्दूराज्य नभएसम्म विदेशीले धर्मका […]