Sajhamanch Archive

गौरादहमा ‘मिसन ग्रासरुट’ अभियान आरम्भ

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on गौरादहमा ‘मिसन ग्रासरुट’ अभियान आरम्भ.

गौरादह । अन्तरपार्टी संगठनात्मक क्षेत्रको कामको पहिचान, समग्र उठान, सुदृढिकरण र बिस्तारका लागि नेकपा (एमाले) केन्द्रीय कमिटीले देशव्यापी रूपमा सञ्चालनमा ल्याएको मिसन ग्रासरुट अभियान अन्तर्गत गौरादह नगर कमिटी, झापाले आजदेखि कार्यारम्भ गरेको छ । नगर कमिटी अध्यक्ष मित्रदेव काफ्लेको अध्यक्षतामा सम्पन्न यो प्रारम्भिक योजना तर्जुमा बैठकमा केन्द्रीय अभियन्ता युवराज बाँस्कोटाले मिसनले समेट्नु पर्ने मूलभूत राजनीतिक–वैचारिक […]

लिग टू क्रिकेटः नेपालले पायो २०८ रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on लिग टू क्रिकेटः नेपालले पायो २०८ रनको लक्ष्य.

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईबाट जितका लागि २०८ रनको लक्ष्य पाएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो । यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाए । […]

बिर्तामोड नगर अस्पताल सञ्चालनको तयारीमा, २० गते सभामुखले समुद्घाटन गर्ने

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोड नगर अस्पताल सञ्चालनको तयारीमा, २० गते सभामुखले समुद्घाटन गर्ने.

बिर्तामोड । बिर्तामोड नगर अस्पतालको नयाँ भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको छ । नगर अस्पतलाबाट अब आम नागरिकले उच्च स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नगर प्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिएकी छन् । आज बिहीबार बिहान नगर अस्पतपालमा पत्रकार सम्मेलन गर्दै अस्पतालको सेवा बारे जानकारी दिइएको हो । नयाँ भवनबाट दिइने स्वास्थ्य सेवा […]

माधव नेपाललाई भेट्न एमाले नेताहरु एसको अफिसमा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on माधव नेपाललाई भेट्न एमाले नेताहरु एसको अफिसमा.

काठमाडौं । नेकपा एमालेका नेताहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति पदका उम्मेदवार रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आज बिहान अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् । एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको भेटमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ । एकीकृत समाजवादीका […]

डीडीसीः नगदमा आफ्नो उत्पादन बेच्छ तर किसानलाई तिर्न बाँकी ५० करोड

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डीडीसीः नगदमा आफ्नो उत्पादन बेच्छ तर किसानलाई तिर्न बाँकी ५० करोड.

काठमाडौँ । किसानलाई मर्कैमर्का । उपभोक्तालाई हाताहाती नगदमा उत्पादन बेच्ने दुग्ध विकास संस्थान (डीडीसी)ले किसानलाई ५० करोड भुक्तानी गरेको छैन । व्यवस्थापकीय कमजोरीले पर्याप्त दूध संकलन गर्न नसकेको संस्थान चुहावट नियन्त्रणमा पनि असफल छ । संस्थानको सञ्चित नोक्सान ८७ करोड पुगेको छ । संस्थानले दूध संकलन गर्ने देशभरका १२ सय दुग्ध उत्पादक सहकारीमा करिब २ लाख किसान परिवारको संलग्नता […]

मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्न भारतको अग्रसरता

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्न भारतको अग्रसरता.

काठमाडौँ । नेपाल सरकारले विदेशीलाई हिँडडुल समेत निषेध गरेको क्षेत्रमा भारत सरकारको लगानीमा ‘मुस्ताङ बौद्ध कलेज’ खोल्न भारत अग्रसर भएको छ । तिब्बती खम्पाहरूले चार दशकअघि चीन सरकारविरुद्ध विद्रोह गरेका कारण मुस्ताङको फल्याक क्षेत्र संवेदनशील मानिन्छ । अहिले त्यही क्षेत्र छानेर आयोजना बनाउन भारतीय दूतावासले नेपाल सरकारसँग अनुमति मागेको छ । खम्पा विद्रोह नियन्त्रणका लागि सरकारले २०२८ सालमा […]

पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्‍जो नियुक्त

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्‍जो नियुक्त.

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्‍जो अल्बर्टो एनिसलाई बुधबार नियुक्त गरेको छ । एन्फाको सातदोबाटोमा बसेको बोर्ड बैठकले उनलाई राष्ट्रिय टिमको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि नेपाली टिमका प्रशिक्षक रहेका कुवेतका अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएपछि यो पद खाली रहेको थियो । त्यसपछि भएका […]

प्रदेश १ को नाम ‘कोशी’ पारित

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on प्रदेश १ को नाम ‘कोशी’ पारित.

विराटनगर । हालसम्म प्रदेश नं. १ भनिँदै आएको सातवटा प्रदेश मध्ये सबैभन्दा पूर्वको भूगोलको नाम अब कोशी हुने भएको छ । प्रदेशको नाम कोशी राखियोस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको हो । अब कोशी प्रदेशको विषयमा प्रदेशसभामा छलफल हुनेछ । एमालेका प्रदेश सभा सदस्य रामकुमार राना मगर प्रस्तावक रहेको कोशी नामको प्रस्तावलाई […]

नामकरण माथि छलफल गर्न प्रदेश १ मा सभाको बैठक जारी

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नामकरण माथि छलफल गर्न प्रदेश १ मा सभाको बैठक जारी.

विराटनगर । नामकरणको विषयमा छलफल गर्न प्रदेश १ को प्रदेशसभा बैठक जारी रहेको छ । प्रदेशमा नामकरणका लागि कोशी प्रदेश र किरात लिम्बुवान सगरमाथा प्रदेश राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव गरेको छ भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव गरेको छ । […]

प्रदेशको नामकरण प्रक्रिया सुरु, सडकमा विरोध रोक्न प्रसाशनको निषेधाज्ञा

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on प्रदेशको नामकरण प्रक्रिया सुरु, सडकमा विरोध रोक्न प्रसाशनको निषेधाज्ञा.

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभाले आज बुधबार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले सुरक्षा सम्वेदनशिलतालाई ख्याल गर्दै निषेधाज्ञा जारी गरेको हो । प्रदेशको नाम कोशी राख्न नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहमत छन् । दलहरु भूगोलका आधारमा नाम राख्न सहमत भएपछि […]