झापा । देशभरका १५ जिल्लामा आज बिहीबारदेखि हात्तीपाइले रोग विरुद्धको औषधि वितरण शुरु भएको छ । अभियान सफल बनाउन झापाका सबै स्थानीय तह, स्वास्थ्य शाखाहरुले सचेतनामूलक कार्यक्रमसहित औषधि सेवन शुरु गरेका छन् । अभियानलाई सफल बनाउन बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव परिसरमा पनि औषधि खुवाउन शुरु गरिएको छ । बिहीबार पहिलो दिन नै […]
इलाम (माई) । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर इलाम जिल्लालाई पनि कार्यक्षेत्र बनाएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा फागुन १० गते बुधबार यहाँ निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग र स्थानीय समाजसेवी सूर्यप्रसाद रिमालको सहकार्यमा माई नगरपालिका वडा नं. २ स्थित गरुवा बहुमुखी क्याम्पसको प्राङ्गणमा एक […]
भद्रपुर । मछिन्द्र क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्ती मगरले समान एक–एक गोल गरेका थिए । खेलमा सुरुवाती अग्रता भने चर्च ब्वाइजले […]
झापा । नेपाल कम्युनिष्ट पार्टी एमाले झापा जिल्ला कमिटीको छैटौं पूर्ण बैठक पार्टीको नयाँ अभियान ‘मिसन ग्रासरुट’मा केन्द्रित छलफल र कार्यक्रमहरु तयारी गर्दै सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा केन्द्रीय कमिटी सचिव टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यमा आज बिर्तामोडमा बैठक सम्पन्न भएको हो । पार्टी केन्द्रीय कमिटीले फागुन ७ गतेदेखि सञ्चालन गरेको […]
बिर्तामोड । नेपाल कम्यूनिष्ट पार्टी एमाले झापाको छैटौ पूर्ण बैठक बिर्तामोडस्थित हिमाल सागर पार्टी प्यालेसमा आज बुधबार दिउँसो सुरु भएको छ । पार्टीकाे केन्द्रीय कमिटीका सचिव टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यमा सुरु भएको बैठकमा जिल्ला अध्यक्ष दिपक कार्कीले बैठकको कार्यसूची प्रस्तुत गरेका छन्। पाँचौ र छैटौं बैठकका बीचमा केन्द्रीय कमिटीबाट प्राप्त अन्तर पार्टी निर्देशन तथा प्रदेश […]
स्याङ्जा । प्रतिनिधि सभाका सभामुख देवराज घिमीरेले प्रतिनिधि सभामा सभामुखको रुपमा आफूले अब्बल भूमिका खेल्ने दोहोर्याएका छन् । कालीगण्डकी गाउँपालिका स्याङ्जाद्वारा आयोजित कालीगण्डकी खेलकुद महोत्सव एवं अध्यक्ष कप खेलकुद प्रतियोगिता २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमीरेले यस्तो दावी गरेका हुन् । ‘प्रतिनिधि सभामा मेरो भूमिका तटस्थ रहनेछ, त्यसको लागि दलहरुले पनि सोही किसिमले […]
काठमाडौँ । नेपाल घरेलु मैदानमा क्रिकेट विश्वकप लिग–२ का सबै चार खेल जितेर ‘क्लिन स्विप’ गर्ने पहिलो टोली भएको छ । रोहित पौडेलले सानदार कप्तानी इनिङ्स खेल्दै करण केसीसँग कीर्तिमानी साझेदारी गरेपछि नेपालले मंगलबार च्याम्पियन टोली स्कटल्यान्डलाई २ विकेटले पराजित गर्यो । रोहितले अविजित ९५ रन बनाएपछि नेपालले भरिभराउ दर्शकबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २१३ रनको लक्ष्य […]
जनकपुर । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रदेशका ८ वटै जिल्लाका मुद्दा शाखामा कार्यरत २८० जना प्रहरीलाई एकैसाथ काज सरुवा गरेको छ । प्रहरी प्रादेशिक संरचनामा गएदेखि यस्तो सरुवा पहिलोपटक गरिएको हो । गत फागुन ५ मा जिल्ला र इलाका प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी जवानदेखि वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)सम्मको सरुवा गरिएको हो […]
बिर्तामोड । झापा बिर्तामोडमा एकजना युवकले आज मंगलबार अपरान्ह आत्मदाहको प्रयास गरेका छन् । बिर्तामोड ७ बस्ने ३४ वर्षीय विजय चौधरी नामका युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले अपरान्ह साढे ४ बजे चौधरीले मुक्तिचोकमा गई आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको बताए […]
काठमाडौँ । निर्वाचन आयोगले नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर राष्ट्रपति निर्वाचनको तयारी अघि बढाएको छ । न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई निर्वाचन अधिकृत तोकिएको हो । आयोगले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सोमबार टुंग्याएको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार संघीय संसद्का ३३१ र […]