मेचीनगर । झापाको मेचीनगर नगरपालिका नगर कार्यापालिकाको दोस्रो नगरसभाको दोस्रो वैठक सम्पन्न भएको छ । आइतबार मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित नगरसभाको दोस्रो वैठकको उद्घाटन झापा क्षेत्र नं.१ (१) का प्रदेश सांसद गोपाल तामाङले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तामाङले बैठकको उद्घाटन शत्रमा शुभकामना मन्तव्य राख्दै स्थानीय सरकार भएका कारण मेची नगरपालिकाको आम […]
काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा २०८० वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि गत […]
झापा । देवी माध्यमिक विद्यालय बिर्तामोडमा अध्ययनरत विद्यार्थीले भारतको मेवाड विश्व विद्यालयमा उच्च शिक्षा अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति पाउने भएका छन् । भारतको चित्तौरगढस्थित राजस्थानमा रहेको विश्वविद्यालयले कक्षा १० उत्तीर्ण ५० जना र १२ कक्षा उत्तीर्ण ५० गरी हरेक वर्ष १०० जना नेपाली विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको हो । जसका लागि देवी माध्यमिक […]
बिर्तामोड । १३औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालय बिर्ताबजार १२ वटा स्वर्णसहित प्रथम भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको सो प्रतियोगितामा महेन्द्रज्योति माध्यमिक विद्यालय ६ स्वर्ण ८ कास्य पदकसहित दोश्रो र दुर्गा माध्यमिक विद्यालय ६ स्वर्ण ३ कास्य पदकसहित तेश्रो भएको छ । विजेताहरुलाई शनिबार महेन्द्ररत्न माध्यमिक विद्यालयमा पुरस्कार […]
भद्रपुर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश आवश्यक छैन भन्ने विचार परिवर्तन विरोधीहरु भावना रहेको जिकिर गरेका छन् । नेपाल रेडक्रस सोसाइटी झपाको ४९औं वार्षिक सभालाई भद्रपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले युगानुकुल परिवर्तित व्यवस्थाका रूपमा रहेको प्रदेशको संरचना खारेजको माग गर्नेहरू पश्चगामी सोच भएको बताएका हुन् । मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरण गर्न नसकेकोमा […]
भद्रपुर । झापाको सदरमुकाम भद्रपुर क्षेत्रमा दिन प्रतिदिन चोरीका घटना बढिरहेका भए पनि प्रहरीले चोर पक्रन नसक्दा असुरक्षा चुलिँदै गएको छ । असोज महिना यता मात्र भद्रपुरमा दर्जन बढी चोरीका घटना भएको उजुरीसमेत पाएको झापा प्रहरीले चोर भने एकजना पनि नियन्त्रणमा लिन नसक्दा आम नागरिकमा असुरक्षा बढेको हो । घरमा कोही नभएको मौका छोपी दिउँसै […]
मेचीनगर । झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पतालमा २२ लाख रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य उपकरण थप गरिएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहल तथा आम्दा नेपाल अस्पतालको सहयोगमा शुक्रबार आम्दा मेची अस्पतालमा नयाँ उपकरण भित्र्याइएको हो । गत साउन ११ गते मेचीनगर प्रमुख बुढाथोकी, […]
विराटनगर । मोरङका स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङले बेलबारीमा आज आयोजना गरेको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा ५ वटा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले प्रतिबद्धता जनाएका हुन् । स्थानीय तहका जनप्रतिनिधिहरुले योजना तर्जुमा प्रक्रिया समावेशी बनाइने गरेता पनि सञ्चार […]
झापा । गत सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या २० हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पमा परेर टर्कीमा मात्रै कम्तीमा १७ हजार ६७४ जनाले ज्यान गुमाएको उपराष्ट्रपति फुआत ओक्तेलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ । त्यस्तै सिरियामा कम्तीमा ३ […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सीमाना रेखा खोलामा पूल निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाको ३७ लाख ७३ हजार ३१९ रुपैयाँको लागतमा पूल निमार्ण भएको हो । ९ दशमलव २० मिटर लम्बाई र ६ मिटर चौडाई रहेको सो पूल निर्माणका लागि एनके कन्ट्रक्सनले ठेक्का लिएको थियो । पूलको निर्माण […]