Sajhamanch Archive

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत, मुख्यमन्त्रीमा शाह नियुक्त

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on सुदूरपश्चिमका मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत, मुख्यमन्त्रीमा शाह नियुक्त.

झापा । नागरिक उन्मुक्ति पार्टीले विश्वास मत दिन अस्वीकार गरेपछि सुदूर पश्चिममा एमाले नेतृत्वको सरकार ढलेको छ । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा गरेका छन् । पुस २७ मा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । जस अनुसार उनी मुख्यमन्त्री भएको […]

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम दिन

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम दिन.

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका छन् । तर नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिने भनेकाले उनी संकटमा छन् । नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ । विश्वासको मत लिनका लागि बिहीबार दिउँसो […]

तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि धरानलाई

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि धरानलाई.

मेचीनगर । झापाको धुलाबारीमा भएको तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता २०७९ को उपाधि धरान भेट्रान फुटबल क्लब सुनसरीले जितेको छ । बुधबार भएको फाइनल खेलमा धरमपुर भेट्रान फुटबल क्लब झापालाई ३–० गोल अन्तरले पराजित गर्दै धरान भेट्रानले उपाधि चुमेको हो । प्रतियोगिताको विजेता टिम धरान भेट्रानले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण […]

तेजस्वी कम्प्युटर सपोर्ट नयाँ संरचनामा स्थानान्तरण

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on तेजस्वी कम्प्युटर सपोर्ट नयाँ संरचनामा स्थानान्तरण.

बिर्तामोड । सेक्युरिटी सर्भिलेन्सको उत्पादक हिकभिजन चाइनाको आधिकारिक बिक्रेताको रुपमा तेजस्वी कम्प्युटर सपोर्टले बुधबारदेखि बिर्तामोडस्थित भद्रपुररोडबाट नयाँ संरचनामा आफ्नो शोरुम स्थानान्तरण गरेको छ । काँकरभिट्टा रोडको प्रभू बैंकमाथि विगत ७ वर्षदेखि सञ्चालित तेजस्वी कम्प्युटर सपोर्टलाई फराकिलो भवनमा नयाँ संरचना र सुविधासहित स्थानान्तरण गरिएको प्रोपाइटर कृष्णप्रसाद घिमिरेले बताएका छन् । नयाँ संरचनासहितको सपोर्ट सेन्टरको बिर्तामोड उद्योग […]

राष्ट्रिय सभा सदस्यमा एमालेका दसौंदी निर्वाचित

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय सभा सदस्यमा एमालेका दसौंदी निर्वाचित.

बुटवल । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् । दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाए । दसौंदीलाई नेकपा एमाले र नेकपा […]

कमल गाउँपालिकामा नगर अस्पताल सञ्चालनको तयारी

Published: in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकामा नगर अस्पताल सञ्चालनको तयारी.

कमल । झापाको कमल गाउँपालिकामा स्वास्थ्य बीमासहितको उपचार सेवा सञ्चालन हुने भएको छ । गाउँपालिकाको वडा नम्वर २ मा रहेको तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी आगामी फागुन १ गतेदेखि कमल नगर अस्पतालको नामबाट सेवा सुरु गर्न लागिएको हो । गाउँपालिकाका सबै नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्वास्थ्य चौकीको स्तरोन्नति गरी नगर अस्पतालबाट सेवा सञ्चालन […]

प्रदेश १ को सरकारको न्यूनतम साझा कार्यक्रम तयार

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ को सरकारको न्यूनतम साझा कार्यक्रम तयार.

विराटनगर । प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा बनेको कार्यदलले एमाले–माओवादी सहितका दलको गठबन्धन सरकारले कार्यान्वयन गर्ने कार्यक्रम तय गरेको हो । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपा सहभागी भएको गठबन्धनले ‘स्वच्छ, सुखी, समुन्नत प्रदेश’ को लक्ष्य प्राप्तिका लागि ११ क्षेत्रलाई […]

एनएमसी बचत तथा ऋण ब्यवसाय उपसमितिले गर्यो अर्धवार्षिक समीक्षा बैठक

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, समाज, सहकारी by . Leave a Comment on एनएमसी बचत तथा ऋण ब्यवसाय उपसमितिले गर्यो अर्धवार्षिक समीक्षा बैठक.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगत बचत तथा ऋण ब्यवसाय उपसमितिले चालू आर्थिक वर्षको कारोबारको अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ । संस्थाले आफ्नो कार्यक्षेत्रका ६ स्थानमा क्षेत्रीयस्तरको भेला आयोजना गरी समीक्षा बैठक गरेको हो । बैठकमा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभागीय समिति, सम्बन्धित क्षेत्रका कार्यालयगत उपसमिति तथा विभागीय कर्मचारीहरु र कार्यालय […]

जसपा र उन्मुक्तिले संलोरामसँग गर्यो पार्टी एकताको प्रस्ताव

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जसपा र उन्मुक्तिले संलोरामसँग गर्यो पार्टी एकताको प्रस्ताव.

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्राचार गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले आइतबार कुमार लिङ्देन नेतृत्वको संलोरामलाई पार्टी एकताका लागि औपचारिक पत्र पठाएको हो । जसपाले गठन गरेको एकता वार्ता समिति संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले पार्टी एकताका लागि पत्रचार गर्दै ओपचारिक आह्वान गरेका हुन् । […]

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित.

काठमाडौं । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष निर्विरोध निर्वाचित भएकी छन् । ६६ वर्षीया अर्याल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिइन् । तर विपक्षी दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादीले पनि उम्मेदवारी नदिएर अर्याललाई समर्थन गरे । राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रका १५, कांग्रेसका १०, एकीकृत समाजवादीका ८, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी […]