काठमाडौं । सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भागवण्डा टुंगो लगाएको हो । आज मंगलबार मन्त्रिपरिषद् विस्तार हुनेछ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार […]
पोखरा । अस्पतालको पोस्टमार्टम भवनभित्र लस्करै शव राखिएका छन् । आफन्त पालैपालो भित्र प्रवेश गर्छन् । आफ्नो आफन्तको अनुहार खोज्छन् । डढेर सद्दे नभएका, चिन्नै नसकिने शव पनि घोरिएर हेर्छन् । सद्दे शवको हरमा भएको लुगा, गरगहना, ट्याटु हेरेर चिन्न खोज्छन् । शव नचिन्नेहरू दुःखी भएर निस्कन्छन् । आइतबार पोखराको सेती खोंचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेको शव चिन्न […]
भद्रपुर । झापाका चर्चित फुटबल खेलाडी स्वर्गीय निर्मल वान्तवाको स्मृतिमा भद्रपुरमा माघ ७ गतेदेखि जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । कलवलगुरी समाजको आयोजनामा भद्रपुर १० स्थित केन्द्रमोडको कलवलगुरी खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक समितिले खेल तयारी बारे जानकारी दिँदै सोमबार गरेको अन्तरक्रियामा दिइएको जानकारी अनुसार माघ १४ गते समापन […]
काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमति अनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिएका छन् । उनका अनुसार डिजेलमा […]
पोखरा । यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका र पोखरामा पहिचान गर्न कठिन भएका शव काठमाडौं पठाइने भएको छ । शव लिनका लागि काठमाडौंबाट हेलिकप्टर पोखरा आइपुगेको छ । तर आज सोमबार नभ्याइने भएकाले काठमाडौं पठाइने शव मंगलबार मात्र पठाइने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरत खत्रीले जानकारी दिएका छन् । पहिचान भएका शवहरुको पोखरामै […]
काठमाडौँ । राष्ट्रपति निर्वाचन माघ २८ भित्र गरिसक्नुपर्ने भए पनि निर्वाचन आयोगले तयारी थालेको छैन । निर्वाचन मिति तोकेर त्यसको जानकारी सरकारलाई दिन सक्ने कानुनी प्रावधान भए पनि आयोगले मिति तोक्न छलफलसमेत गरेको छैन । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनको दफा ४ को उपदफा १ अनुसार आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी मिति […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ४ बाहुण्डाँगी बजारमा आज तरुल उत्सव गरिएको छ । सम्भवतः नेपालमा नै पहिलो पटक तरुल उत्सव गरिएको आयोजकको दावी छ । मेचीनगर नगरपालिका वडा नं. ४ को कार्यालयले उत्सव आयोजना गरेको हो । हेपिएको पौष्टिक आहारको रुपमा रहेको तरुलको खाद्य महत्व दर्शाउन र जंङ फुडको अन्त्य गर्दै अर्गानिक […]
पोखरा । यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र संकलन भएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ । पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । शाहीका अनुसार पहिचान नभएका शवको डीएनए परीक्षण गरिनेछ । त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने […]
पोखरा । आइतबार दुर्घटनामा परेको जहाज र यात्रुका सम्बन्धमा यती एयरलाइन्सले विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ९एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो । जहाजमा ४ चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला हुन् । […]
काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए । कास्कीका प्रहरी प्रमुख एसपी अजय […]