गौरादह । झापाका साविक महारानीझोडा गाविस र कोहोवरा गाविसमा सञ्चालित महारानीझोडा बचत तथा ऋण सहकारी संस्था, चप्रामारी बचत तथा ऋण सहकारी संस्था र जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरणको अन्तिम तयारी भइरहेको छ । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्यमा शनिबार तीनवटै संस्थाको प्रतिनिधिमुलुक संयुक्त एकीकरण साधारण सभा सम्पन्न भएको हो । माघ […]
गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा सांसदहरूको विश्वासको मत माग्ने क्रममा दिएको लिखित भाषण तरंग पैदा गर्ने खालको लाग्यो । यद्यपि उनको भाषण सुनेर कसैले विश्वासको मत दिएका थिएनन्, ती मत पार्टी–प्रायोजित थिए । दलीय राजनीतिमा यो अस्वाभाविक पनि होइन । एक–एक सदस्यको प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलले उनलाई विश्वासको मत […]
दमक । दमक नगरपालिका वडा नं. ६ मा रहेको नमूना बजारमा आगलागी भएको छ । सो बजारका नौ वटा पसलमा आगलागीबाट लाखौं मूल्य बराबरको क्षति भएको वडाअध्यक्ष टेकबहादुर थापाले जनाएका छन् । आज राति करिब २ बजेतिर आगलागी भएको थाहा भएको हो । आगलागीबाट पसलका सम्पूर्ण समानहरु जलेर नष्ट भएका छन् । मुख्य बजार भएकाले […]
झापा । राजधानी काठमाडौंलाई कर्मथलो बनाएर विभिन्न पेशा, व्यवसायमा रहेका झापालीहरुले झापाको सदरमुकाम भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा आयोजना गर्न लागिएको भद्रपुर झापा गोल्डकपको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् । गोल्डकप आयोजनाका लागि सहयोग संकलन गर्न काठमाडौं पुगेको भद्रपुर झापा गोल्डकप आयोजक समितिको टोलीसँग शनिबार औपचारिक रुपमा छलफल गर्दै कोठमाडौंबासी झापालीहरुले […]
बिर्तामोड । दुःखमा परेका विपन्न तथा असहायलाई आशौच बार्ने कार्यमा सहयोग गर्ने उद्देश्यले ४ वर्षअघि स्थापना भएको कञ्चनजंघा परोपकार समाज बिर्तामोडको चौथो वार्षिक साधारणसभा आज शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पार्वता बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । ५१ जनालाई प्रमाणपत्र गरिएको […]
दमक । लायन्स क्लव अफ दमकले लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्मजयन्तीको अवसर पारेर साताब्यापी कार्यक्रम अन्तरगत आज शुक्रबार आत्महत्या रोकथाम तथा सचेतना कार्यक्रम गरेको छ । ईलाका प्रहरी कार्यालय दमकका प्रमुख दिलिप गिरीको प्रमुख उपस्थितिमा दमक बसपार्कमा कार्यक्रम घोषणासहित चेतनामुलक स्टिकर टाँस गर्ने अभियान शुरु भएको क्लवका अध्यक्ष अशोक चौधरीले बताएका छन् । […]
aबुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ स्थित जागरणा कृषि समूहलाई १० लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ । प्रदेश १ को कृषि मन्त्रालयबाट प्राप्त भएकोे अनुदानबाट २९ थान च्याप कटर मेशिन र २९ थान एकपांग्रे ठेला खरिद गरी १० लाख बराबरको कृषि सामग्री शुक्रबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो […]
सुरुङ्गा । माघे संग्रान्तीको अवसरमा परम्परागत रुपमा बर्सेनी कनकाई माईमा लाग्दै आएको मेला आजबाट सुरु भएको छ ।कनकाई माईको दुवै किनारामा लाग्दै आएको मेला पूर्वीतटमा आज दिउँसो १ बजेदेखि सुरु भएको मेला आयोजक समितिका अध्यक्ष श्याम राईले बताएका छन् । प्रत्येक वर्ष माघे सक्रान्तिको अवसरमा शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकाको बीच भएर बग्ने माईखोलाको दुवैतर्फ […]
काठमाडौं । कम्युनिस्ट नेता घनश्याम भूसालले नेकपा एकीकृत समाजवादी रोजेका छन् । नेकपा एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको उनले शुक्रबार पत्रकार सम्मेलन गरी बताएका हुन् । ‘आज संक्षिप्त दस्तावेज मैले जुन पढेको छु । त्यसमा नेकपा एकीकृत समाजवादी त्यही ठाउँमा छ जहाँबाट यसले समग्रतामा हेर्न सक्छ’ उनले भने । […]
जिल्ला सहकारी संघ झापाद्वारा आधा दर्जन बढी पुरस्कृत र सम्मानित बिर्तामोड । झापा जिल्ला सहकारी संघ लिमिटेडको २६औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी साधारणसभा उद्घाटन गरिएको थियो । साधारणसभा समारोहमा ६५औं राष्ट्रिय सहकारी दिवसमा घोषित सम्मान तथा पुरस्कारहरु हस्तान्तरण गरिएको […]