Sajhamanch Archive

रामजानकी साकोसमा नयाँ नेतृत्व सर्वसम्मत चयन

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on रामजानकी साकोसमा नयाँ नेतृत्व सर्वसम्मत चयन.

बिर्तामोड । यहाँस्थित रामजानकी बचत तथा ऋण सहकारी संस्थामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । लामो समय कृषि सहकारीका रुपमा सञ्चालित संस्था गत वर्षदेखि बचत तथा ऋण (साकोस)मा रुपान्तरित भएको थियो । असोजमा सम्पन्न साधारणसभा कै सेरोफेरोमा नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु भए तापनि आम निर्वाचनको आचारसंहिताले उक्त कार्य नगरिएको तत्कालीन अध्यक्ष डिबी कार्कीको […]

प्रथम आइटीको साधारणसभामा ८ जना कर्मचारीहरु पुरस्कृत, टेक्निकल डाइरेक्टर सुमन सापकोटालाई ५० हजार रुपैयाँ राशीको डिकेड कन्ट्रीब्युसन अवार्ड

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on प्रथम आइटीको साधारणसभामा ८ जना कर्मचारीहरु पुरस्कृत, टेक्निकल डाइरेक्टर सुमन सापकोटालाई ५० हजार रुपैयाँ राशीको डिकेड कन्ट्रीब्युसन अवार्ड.

झापा । वित्तीय व्यवसायलाई सरलीकृत गर्ने सफ्टवेयर उत्पादनमा आफ्नो बेग्लै पहिचान बनाएको प्रथम आइटी सिस्टम प्रालिले आज कर्मचारी तथा बिजनेश पार्टनरहरुलाई पुरस्कृत गर्दै दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. १५ डल्लुमा मुख्य कार्यालय रहेर बिर्तामोड, चितवन, इटहरी र फिदिममा शाखा सञ्चालन गरिरहेको प्रथम आइटीको साधारणसभा बिर्तामोडमा गरिएको हो । कम्पनीका […]

दूधको मूल्य बढाउन उद्योगीको दबाव कायमै, तत्कालका लागि पुरानैमा कारोबार गर्न सहमत

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on दूधको मूल्य बढाउन उद्योगीको दबाव कायमै, तत्कालका लागि पुरानैमा कारोबार गर्न सहमत.

झापा । डेरी उद्योग संघको अग्रसरतामा शनिबारदेखि बढाइएको कच्चा दूधको खरिद र बिक्री मूल्य तत्काल कार्यान्वयन नहुने भएको छ । केही डेरी उद्योगहरुले गत शनिबारदेखि नै कच्चा दूधको मूल्य लिटरमा एकैपटक १४ रुपैयाँ बढाएका थिए। सरकारी निकायको सहमतिविनै गरेको उक्त निर्णय फिर्ता लिन उद्योगीहरु बहानाबाजी गरिरहेका थिए। तर आज डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले […]

प्याब्सन दिवसमा जिल्ला स्तरीय साँस्कृतिक कार्यक्रम भद्रपुरमा गरिँदै

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on प्याब्सन दिवसमा जिल्ला स्तरीय साँस्कृतिक कार्यक्रम भद्रपुरमा गरिँदै.

भद्रपुर । ३२औ प्याब्सन दिवसको सन्दर्भमा प्याब्सन झापाले भद्रपुरमा जिल्ला स्तरीय बृहत साँस्कृतिक प्रतियोगिता सम्पन्न गर्ने भएको छ । यही पौष २४ र २५ गते दुई दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट भएका गीत तथा नृत्यहरु बीच प्रतिष्पर्धा हुने गरी साँकृतिक कार्यक्रम सम्पन्न गरिने भएको हो । प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक […]

भद्रपुर झापा गोल्ड कप फागुन ७–१६ मा हुने तय

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर झापा गोल्ड कप फागुन ७–१६ मा हुने तय.

भद्रपुर। मोफसलकै प्रतिष्ठित र सर्वाधिक राशीको भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण यही फागुन ७ गतेदेखि हुने भएको छ । प्रतियोगिता मेची रंगशालामा फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको हो । प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति तीव्र रुपमा भइरहेको छ । त्यस्तै, प्यारापिट र भवनको रंगरोगन कार्य पनि सुरु भएको छ । […]

राष्ट्रिय सहकारी बैंकमा नव निर्वाचित समितिलाई सपथ ग्रहण

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on राष्ट्रिय सहकारी बैंकमा नव निर्वाचित समितिलाई सपथ ग्रहण.

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले केबी उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ । संचालक समिति सदस्यमा प्रदेश नम्बर १ बाट महेन्द्रकुमार गिरी, मधेश प्रदेशबाट विशवनाथ मण्डल, बागमती प्रदेशबाट रामहरि बजगाईं, गण्डकी प्रदेशबाट रामबहादुर जिसी, कर्णाली […]

दवाव र प्रभावमा नपर्ने झापा प्रहरी प्रमुख रेग्मीको प्रतिवद्धता

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on दवाव र प्रभावमा नपर्ने झापा प्रहरी प्रमुख रेग्मीको प्रतिवद्धता.

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले आफ्नो जिम्मेवारी दवाव र प्रभावमा नपरी सेवाग्राहीको भावना अनुसार पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । अपराध अनुसन्धान शाखाबाट सरूवा भई भर्खरै झापा प्रहरीको नेतृत्व सम्हाल्न आइपुगेका उपरीक्षक रेग्मीले आज सञ्चारकर्मीहरूसँग परिचयात्मक कुरा गर्दै आवाजविहिनका आवाज सुन्दै कसैको आग्रह वा पूर्वाग्रहमा नपरी पेशागत […]

विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकको जुहारी सतहमा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकको जुहारी सतहमा.

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्‍मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा रोकिने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आइएसपानका अध्‍यक्ष सुधीर पराजुलीले भने, ‘विद्युत प्राधिकरणले मोनोपोली देखाए हामी इन्टरनेट हड्ताल […]

सभामुखमा पृथ्वीसुब्बा र छविलालको दाबी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सभामुखमा पृथ्वीसुब्बा र छविलालको दाबी.

काठमाडौं । सभामुखमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माले दाबी गरेका छन् । दुबै नेताले सभामुखमा आफ्नो इच्छा रहेको कुरा अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुर्‍याएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन बन्दा प्रतिनिधिसभाको यो ५ वर्षे कार्यकालको सुरुको आधा समय सभामुख पद लिने सहमति भएको छ । पार्टीले नै […]

महेन्द्रद्वार सहकारी संस्थाको अग्रसरतामा बाहुनडाँगीमा लेमनग्रास र सिट्रोलेनाको खेती सुरु

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on महेन्द्रद्वार सहकारी संस्थाको अग्रसरतामा बाहुनडाँगीमा लेमनग्रास र सिट्रोलेनाको खेती सुरु.

मेचीनगर । हात्तीबाट पीडित बाहुनडाँगीका किसानले वैकल्पिक खेतीका रुपमा औषधिजन्य वनस्पती खेती रोपण गर्न थालेका छन् । मेचीनगर ४ को बाहुनडाँगीस्थित भारतसँग सीमा जोडिएको मेची खोला बगर छेउमा करिव ३० विगाहा जग्गामा स्थानीय किसानहरुले वैकल्पिक खेतीका रुपमा जडिबुटी खेती सुरु गरेका हुन् । सो खेतीको अगुवाई महेन्द्रद्वार सहकारी संस्थाद्वारा सञ्चालित सनराइज हर्वल उद्योगले गरेको छ […]