काठमाडौँ । वाणिज्य बैंकहरूले नियमविपरीत ब्याज बढाई असुलेको रकम यही पुस महिनाभित्र ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले सञ्चालनमा रहेका २५ वटै वाणिज्य बैंकलाई प्रिमियम बढाएर ऋणीबाट नियमविपरीत असुलेको कुल ४ अर्ब ६६ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको हो । ती बैंकलाई रकम फिर्ता गर्ने प्रतिबद्धता गराएर मात्र राष्ट्र बैंकले गत आर्थिक वर्षको साधारणसभाको […]
काठमाडौं । सत्ता साझेदार दलहरुको गठबन्धनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक चयन गरेको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो। गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संयोजकमा अध्यक्ष ओली रहने निर्णय भएको जानकारी दिएका हुन् । ‘सत्ता साझेदार दलको संयोजकमा […]
विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको कमजोरी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आशक्तिका कारण गठबन्धन टुटेको बताएका छन् । आज बिहान विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले अब कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । ‘नेपाली कांग्रेसभित्रको केही कमी कमजोरी हो, सँगसँगै प्रचण्डजीको आशक्ति पनि […]
सांकेतिक तस्वीर काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल एमाले र माओवादी केन्द्रलगायतका दलहरूको नयाँ सत्ता गठबन्धनमा मिलेर जान सकारात्मक देखिएका छन् । नेकपा एसलाई पनि मिलाउने प्रयासस्वरूप एमाले र माओवादीका नेताहरूले पहल गरिरहेका छन् । नेपाललाई मनाउनका लागि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भेटेर सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।दाहालले कांग्रेससँगको गठबन्धन […]
काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् । एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । यद्यपि प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको पनि दाबी छ । माओवादीको प्रदेश […]
चुलाचुली । घरेलु तथा साना उद्योग कार्यालय इलामको आयोजना तथा चुलाचुली गाउँपालिका वडा नम्बर ५ को संयोजनमा यहाँ व्यवसायिक पशुपालन सम्बन्धी एक हप्ते तालिम सुरु भएको छ । “उद्योग र पूर्वाधारः समृद्धिको आधार” भन्ने नाराका साथ पुस ११ गतेबाट वडा कार्यालयको सभाहलमा सो तालिम सुरु भएको हो । तालिममा उक्त वडामा व्यवसायिक रुपमा पशुपालन गर्दै […]
विराटनगर । प्रदेश १ का प्रदेश प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आव्हान गरेका छन् । प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आव्हान गरेका हुन् । प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिनको १ बजेको लागि […]
झापा । संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि कम रहेको शिक्षा सम्वद्ध सरोकारवालाहरुले औंल्याएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला कार्यसमिति झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले सामुदायिक विद्यालयको तल्लो तहमा भन्दा माथिल्लो तहमा सिकाई उपलब्धिसमेत घट्दै गएको बताएका हुन् । स्थानीय निकायले शिक्षा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै शीतलनिवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ । संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । डा. पोखरेलले यसअघि […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् […]