Sajhamanch Archive

चार दलले समानुपातिक सांसद छान्न शनिबार बैठक गर्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on चार दलले समानुपातिक सांसद छान्न शनिबार बैठक गर्ने.

काठमाडौं । समानुपातिक सांसद चयन गर्न नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाले शनिबार बैठक बोलाएका छन् । एमालेको केन्द्रीय सचिवालय, कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, जसपाको केन्द्रीय कार्यकारिणी समिति र रास्वपोको बैठक शनिबार बस्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनपछि पहिलोपटक शनिबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । […]

जग्गा कित्ताकाट रोकेर राजनीतिक दलहरूले जनतालाई दुःख दिइरहेको आरोप

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on जग्गा कित्ताकाट रोकेर राजनीतिक दलहरूले जनतालाई दुःख दिइरहेको आरोप.

भद्रपुर । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन इकाई समिति भद्रपुरको १६औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । १०औं अधिवेशनसमेत रहेको सभाको प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै एशोसियसनका केन्द्रीय अध्यक्ष सिताराम दाहालले व्यक्तिगत सम्पत्तिका रूपमा रहेको जग्गा कित्ताकाटलाई रोकेर जनतालाई दुःख […]

चोलेन्द्रशम्सेरको निलम्बन फुकुवा कार्यान्वयन नगर्नू : सर्वोच्च अदालत

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on चोलेन्द्रशम्सेरको निलम्बन फुकुवा कार्यान्वयन नगर्नू : सर्वोच्च अदालत.

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भनी संसद महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद सचिवालयका महासचिवलाई यसरी पत्र लेख्ने अधिकार नभएको भन्दै विभिन्न निकायमा जारी भएको पत्र समेत तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी आदेश दिएको […]

चोलेन्द्रको निलम्बन फुकुवा विरुद्धको रिट सुनवाइ गर्न संवैधानिक इजलास गठन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चोलेन्द्रको निलम्बन फुकुवा विरुद्धको रिट सुनवाइ गर्न संवैधानिक इजलास गठन.

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको निलम्बन फुकुवा विरुद्ध परेको रिटमा सुनवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित इजलासमा बरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् । यो संवैधानिक इजलासले संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर […]

‘समकालीन नेताहरुमध्ये केपी ओली डाइनामिक लिडर हो’ : योगेश भट्टराई

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘समकालीन नेताहरुमध्ये केपी ओली डाइनामिक लिडर हो’ : योगेश भट्टराई.

ताप्लेजुङबाट दोस्रोपल्ट प्रतिनिधिसभा सदस्य चुनिँदा नेकपा एमालेका सचिव योगेश भट्टराईका लागि सत्ता गठबन्धन छिचोल्न निकै कठिन पर्यो । चुनाव सकिएसँगै राजधानी फर्केका भट्टराईलाई अनलाइनखबरले समग्र चुनावी विश्लेषण गर्न आग्रह गर्यो । उनले स्वतन्त्र पार्टीको उदय, कांग्रेस एमाले माओवादीको समग्र प्रदर्शन, मधेसमा उदाउँदै गरेको नयाँ स्थिति, कांग्रेसबाट गगन थापाको दाबेदारी, घनश्याम भुसालको पछिल्लो कदम लगायत विषयमा […]

सहारा नेपालको उपएकाइगत साधारणसभा जारी

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सहारा नेपालको उपएकाइगत साधारणसभा जारी.

बिर्तामोड । नेपालकै ठूलो मध्येको एक सहकारी संस्था सहारा नेपाल साकोसको एकाइगत साधारणसभा अन्तरगत आज बिहीबार चारपाने, बिर्ताबजार, बिर्तामोड र बुधबारे सेवा केन्द्रका सदस्यहरुबीच छलफल गरिएको छ । यस्तै लघुवित्त तर्फका ११ वटा सेवा केन्द्रहरुमा पनि आज नै उपएकाईगत साधारणसभा गरिएको छ । सोहीक्रममा बिर्ताबजार सेवाकेन्द्र र गोलधाप सेवाकेन्द्रको संयुक्त उपएकाईगत साधारणसभा बिर्ताबजारमा गरिएको छ […]

एनएमसीमा एकाईगत साधारणसभा जारी, आज १६ ठाउँमा उपएकाईगत छलफल

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on एनएमसीमा एकाईगत साधारणसभा जारी, आज १६ ठाउँमा उपएकाईगत छलफल.

झापा । नेपाल बहुृद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को ३०औं वार्षिक साधारण सभा अन्तर्गत आज झापाको घैलाडुब्बा, केर्खा, कुञ्जिबारीसहित कार्यक्षेत्रका १६ वटा सेवा केन्द्रमा उप एकाइगत साधारणसभा सम्पन्न भएको छ । कनकाई–रतुवा एकाई अन्तरगतका बैंकिङ सेवा केन्द्र कार्यालयहरुमा आज एकैदिन उपएकाइगत साधारणसभा गरिएको हो । जसअन्तरत घैलाडुब्बा सेवा केन्द्रमा सञ्चालक समितिका सदस्य माधवचन्द्र प्याकुरेल र बैंकिङ […]

सांसद पोखरेल फिल्डमा, रंगेली–चौकीघाट सडक निर्माण सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सांसद पोखरेल फिल्डमा, रंगेली–चौकीघाट सडक निर्माण सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन.

विराटनगर । मोरङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासमा लागेका छन् । स्थानीय समस्याबारे जानकार पोखरेल निर्वाचित भए लगत्तै आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण कार्यहरुलाई द्रुत गतिमा अघि बढाउन लागिपरेका हुन् । उनले क्षेत्र नम्बर २ अन्तर्गत रंगेलीदेखि रतुमाईको चौकीघाटसम्मको सडक चाँडै निर्माण सम्पन्न गराउन पहल गरेको […]

सहारा नेपाल साकोसले ३० करोड रुपैयाँ सेयर बोनस र संरक्षित पुँजीकोषमा वितरण गर्ने

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सहारा नेपाल साकोसले ३० करोड रुपैयाँ सेयर बोनस र संरक्षित पुँजीकोषमा वितरण गर्ने.

झापा । देशकै ठूलो मध्येको एक सहकारी संस्था, झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)को वार्षिक साधारणसभा आज मंसीर २१ गतेदेखि सुरु भएको छ । आजदेखि सुरुभएको एकाईगत साधारणसभा मंसीर २७ गतेसम्म सञ्चालन हुने सहारा नेपाल साकोसका निर्देशक लक्ष्मण खतिवडाले बताएका छन् । उनका अनुसार संस्थाको ७९ वटा सेवा […]

कमलका ८३ जनालाई किसान कार्ड, चुलाचुलीका ५५ ले पाउँदै

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on कमलका ८३ जनालाई किसान कार्ड, चुलाचुलीका ५५ ले पाउँदै.

कमल । कृषि विकास बैंक दमक शाखाले कमल गाउँपालिकाका ८३ जना किसानलाई कार्ड वितरण गरेको छ । कमल गाउँपालिका वडा नं. २ स्थित टंक आईपिएम कृषि फर्मको प्राङ्गणमा आयोजित कार्यक्रममाझ किसान कार्ड प्रदान गरिएको हो । नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तब्यमा किसानलाई किसान कार्ड वितरण गर्ने भनी बजेट व्यवस्था गरेअनुसार कृषि विकास […]