दमक । कर्णाली बचत तथा ऋण सहकारी संस्था झापाले आज एकाईस्तरको पहिलो साधारणसभा दमकमा सम्पन्न गरेको छ । सहकारी विभागले गत भदौमा निर्धारण गरी लागू गरेको मापदण्ड अनुसार कर्णाली साकोसले आजबाट विभिन्न ७ स्थानमा एकाईस्तरको साधारणसभा सुरु गरेको हो । संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा आयोजित एकाई साधारणसभाको उद्घाटन संस्थाका दुईजना ज्येष्ठ सदस्यहरुको हातबाट दिप […]
झापा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, झापा शाखाको मंसीर १७ गते शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट चयन गरिएको नयाँ नेतृत्वले पहिलो बैठकबाट जिम्मेवारी बाँडफाँड गरेको छ । अधिवेशनले तेजस्वी कम्प्युटर सपोर्टका प्रोपाइटर कृष्णप्रसाद घिमिरेलाई अध्यक्षमा र ८ जनालाई सदस्यमा सर्वसम्मत निर्वाचित गरिएको थियो । क्यानको विधानले शाखाको पहिलो बैठकबाट पदाधिकारीहरु तोक्ने तथा सदस्यहरु मनोनयन गर्ने […]
झापा । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा आफ्नो प्रतिनिधित्व व्यक्तिको जीत नभई परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् । गृहनगर धुलाबारीमा मंगलबार आयोजित अर्जुनदृष्टि अभियानको आभार समारोहमा बोल्दै उनले चुनाव जित्नेहरु मतदाताको प्रतिनिधि पात्रमात्रै भएको स्पष्ट पारे । ‘प्रतिस्पर्धीलाई भन्दा १४-१५ हजार बढी मत दिने व्यक्तिलाई कहिल्यै बिर्सन सकिन्न’ उनले भने, ‘तपाईंहरुको यो […]
समानुपातिकको सदर मत एक करोड पाँच लाख ६० हजार ६७, कुन पार्टीले कति पाए ? काठमाडौं । मंसिर ४ गते देशैभर एकैचरणमा भएको निर्वाचन अन्तरगत समानुपातिक तर्फको मत गणनाको अन्तिम परिणाम आएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मत गणना सकिएको हो । निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फ एक करोड पाँच लाख ६० […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म सदस्य सुविधामा ४८ लाख २० हजार ६९५ रुपैयाँ खर्च गरेको छ । सिम्रिक साकोसको नीति अनुसार ३७८ जना शेयर सदस्यहरुलाई साउन १ गतेदखि मंसीर १९ गतेसम्म उक्त रकम विभिन्न सुविधामा प्रदान गरिएको हो । सदस्यले न्यूनत ७२० रुपैयाँदेखि अधिकतम् २ […]
झापा। नेपाल राष्ट्र बैंकले गरेको एक अध्यनमा प्रदेश १ मा अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्षमा सहकारीको पुँजी, बचत र ऋणको बृद्धिदर घटेको पाइएको छ । विश्वभर फैलिएको कोभिड–१९ को महामारी अनि उच्च मुद्रास्फितीका कारण आर्थिक गतिविधिमा कमि आएसँगै सहकारीको कारोबार पनि घट्न थालेको हो। राष्ट्र बैंकको प्रतिवेदनले २०७८ असारको तुलनामा २०७९ […]
हेटौंडा । समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव रामकुमार एलनमाथि गएराति हातपात भएको छ । आइतबार राति ९ः५० को समयमा हेटौंडा उपमहानगरपालिका वडा नं. २ स्थित पल्पसा सदनमा सांघातिक आक्रमण हुँदा पत्रकार एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको जनाइएको छ । पत्रकार एलनको उद्धार गर्न गएका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव […]
काठमाडौं । नवीकरणीय तथा दिगो ऊर्जा विकासका लागि समसामयिक वस्तु एवम् अनुसन्धानमा आधारित शिक्षा प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हुने भएको छ । नर्वे, बंगलादेश, श्रीलंकाका विश्वविद्यालयसँगको सहकार्यमा रिन्यूवेबल एण्ड सस्टेनेवल इनर्जी ल्याब्रटोरी, काठमाडौं विश्वविद्यालले यही मंसिर २० र २१ गते गोष्ठी आयोजना गर्न लागेको हो । काठमान्डु बिश्वबिध्यालय मेकानिकल इन्जिनियरिन्ग बिभागअन्तरगत रिन्युवेबल एण्ड सस्टेनेबल इनर्जि […]
बिर्तामोड । ‘लैङ्गिक हिंसाः न्यूनीकरणका उपाय र सरोकारवालाको भूमिका’ विषयक जिल्ला स्तरीय संवाद आइतबार बिर्तामोडमा सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ जारी १६ दिने अभियान अन्तर्गत संवाद समूह–महिला समूह झापा र न्याय तथा विकासका लागि सामाजिक सञ्जालको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा जिल्लाका सरोकारवालाको उल्लेख्य सहभागिता थियो […]
बिर्तामोड । साहित्य चौतारी झापाले नेपाली सांगीतिक क्षेत्रका विशिष्ट तीन प्रतिभालाई सम्मान गरेको छ । नारायण गोपालको ३२औँ स्मृति साँझको अवसर पारेर शनिवार चौतारीले विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जन, संगीतकार जीवन अधिकारी तथा विष्णु अधिकारीलाई सम्मान गरेको हो । सयौँ कर्णप्रिय गीतका संगीतकार योञ्जन सिपालु संगीत शिल्पी हुन् । उनलाई होटल हिकोला हेरिटेजमा आयोजित […]