Sajhamanch Archive

शहरी विकासमन्त्री चौधरीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on शहरी विकासमन्त्री चौधरीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण.

काठमाडौं । निर्वाचन आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ । हिजो विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा मन्त्री चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा चामल वितरण गरेको समाचार आएको थियो । ती समाचारहरु र सामाजिक सञ्जालका सामग्रीहरु पढेर आयोगले मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा […]

नेपाली कांग्रेस झापा : जिल्लास्तरीय अनुगमन तथा मूल्याङ्कन र प्रचारप्रसार समिति गठन

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on नेपाली कांग्रेस झापा : जिल्लास्तरीय अनुगमन तथा मूल्याङ्कन र प्रचारप्रसार समिति गठन.

बिर्तामोड । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले गठबन्धन दलका साझा उम्मेद्वारहरुलाई विजयी गराउन जिल्लास्तरमा अनुगमन तथा मूल्याङ्कन समिति र प्रचारप्रसार समिति गठन गरेको छ । राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको संयोजकत्वमा जिल्ला अनुगमन तथा मूल्याङ्कन समिति गठन भएको छ भने कार्यबाहक सभापति केशवराज पाण्डेको संयोजकत्वमा जिल्लास्तरीय निर्वाचन प्रचार–प्रसार समिति गठन गरिएको छ । अनुगमन […]

प्रदेश १ मा धेरै जिल्ला कार्यक्षेत्र हुनेमा सिम्रिक साकोस दोस्रोमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी, स्थानीय तह by . Leave a Comment on प्रदेश १ मा धेरै जिल्ला कार्यक्षेत्र हुनेमा सिम्रिक साकोस दोस्रोमा.

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सातवटा एकाइमा गरिएको माइन्युट प्रमाणीकरण गर्दै असोज २९ गते सम्पन्न भएको छ । झापामा २७, इलाममा १० र मोरङमा १० वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रदान गर्दै आएको संस्थाले बिर्तामोडमा प्रतिनिधिमुलक साधारण सभा गरी माइन्यूट प्रमाणीकरण गरेको हो । साधारण सभामा १४० जना चुनिएका […]

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन.

काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको अहिले बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि अस्पताल भर्ना भएर उनको उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता […]

कोइरालाको प्रश्न छ, ‘वर्तमान सत्तागठबन्धन समाजवादतर्फ जाने हो कि पुँजीवादतर्फ ?’

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कोइरालाको प्रश्न छ, ‘वर्तमान सत्तागठबन्धन समाजवादतर्फ जाने हो कि पुँजीवादतर्फ ?’.

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा ‘क’ का उम्मेदवार रविन कोइरालाले अप्राकृतिक सत्ता गठबन्धनलाई मतबाट परास्त गर्न जनतालाई आग्रह गरेका छन् । सिद्धान्त नै नमिल्ने पार्टीहरुको अप्राकृतिक गठबन्धनलाई मतबाटै परास्त गर्नुपर्ने उनको आग्रह छ । आज शनिबार मेचीनगर नगरपालिका वडा नं. १० को खयरडाँगीमा आयोजित उम्मेदवार भेटघाट कार्यक्रममा बोल्दै तत्कालीन संविधानसभाका सदस्य […]

‘हात्तीको भारी बोकाले बोक्न सक्दैन’ : काँग्रेस नेता सिटौला

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘हात्तीको भारी बोकाले बोक्न सक्दैन’ : काँग्रेस नेता सिटौला.

भद्रपुर । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले गत निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा हात्तीको भारी बोकालाई बोकाउन खोज्दा ५ वर्ष विकास निर्माणविहिन भएको जिकिर गरेका छन् । भद्रपुरमा गठबन्धन आबद्ध दल निकट बुद्धिजीविसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै नेता सिटौलाले आफूले दोश्रो संविधान सभा निर्वाचनमा विजय […]

‘झापाका सबै क्षेत्रका जनता सूर्य चिन्हको पक्षमा’ : एमाले नेता घिमिरे

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘झापाका सबै क्षेत्रका जनता सूर्य चिन्हको पक्षमा’ : एमाले नेता घिमिरे.

बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा प्रदेश १ का इञ्चार्ज देवराज घिमिरेले झापाका जनता नेकपा एमालेको पक्षमा रहेको बताएका छन् । झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका घिमिरेले जतिसुकै चुनौति खडा भएपनि झापाका सबै क्षेत्रका जनता सूर्य चिन्हको पक्षमा रहेकोले नेकपा एमालेको विजय सुनिश्चित रहेको उनको दावी छ । […]

राईसिंह पूल बनाउने प्रतिनिधि सभा सदस्यका उम्मेदवार खरेलको प्रतिबद्धता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on राईसिंह पूल बनाउने प्रतिनिधि सभा सदस्यका उम्मेदवार खरेलको प्रतिबद्धता.

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अग्निप्रसाद खरेलले विजयी भएर गएपछि आफूले सबैभन्दा पहिला बाहुनडाँगीको अलपत्र राइसिंह पूल निर्माण गरेर यहाँका नागरिकलाई विकासे यूगको अनुभूति गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । मेचीनगर वडा नं. २ र ४ लाई जोड्ने सो पूल शिलान्यास भएको दुई दशक भइसकेको भए पनि अहिलेसम्म […]

मेची अस्पताल भद्रपुरमा हरेक वर्ष १७० भन्दा बढी हिंसा पिडीतको उपचार !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मेची अस्पताल भद्रपुरमा हरेक वर्ष १७० भन्दा बढी हिंसा पिडीतको उपचार !.

भद्रपुर । मेची प्रादेशिक अस्पतालबाट हिंसामा परेका महिला तथा बालबालिकाको एकद्वार उपचार केन्द्र भद्रपुरका लागि वार्षिक १८ लाख वजेट प्रस्तावित गरी चालू आर्थिक वर्षमा निःशुल्क सेवा प्रवाहको लक्ष्य राखेको जनाइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा सरोकारवाला निकायका प्रतिनिधिहरु सम्मिलित आजको बैठकमा उक्त लक्ष्य निर्धारण गरिएको हो । लैङ्गिक हिंसा पीडित सरोकार […]

एमालेबाट प्रभु साह निष्कासित, रौतहट जिल्ला कमिटी विघटन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमालेबाट प्रभु साह निष्कासित, रौतहट जिल्ला कमिटी विघटन.

काठमाडौं । नेकपा एमालेले रौतहट जिल्ला कमिटी विघटन गरेको छ । एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका केही व्यक्तिहरु पार्टी विरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको बताएका छन् । एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साह माथि पनि […]