Sajhamanch Archive

वडाको चौतर्फी विकासमा शिवसताक्षी ११ का जनप्रतिनिधिको अग्रणी भूमिका

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on वडाको चौतर्फी विकासमा शिवसताक्षी ११ का जनप्रतिनिधिको अग्रणी भूमिका.

शिवसताक्षी । निर्वाचित जनप्रतिनिधिले काम सम्हालेपछि शिवसताक्षी नगरपालिका वडा नं. ११ मा सडक, विजुली, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा उल्लेख्य मात्रामा काम भएको पाइएको छ । वडाका पूल, कल्भर्ट, मठमन्दिर, विद्यालय, पर्यटकीय क्षेत्र, सडक, विद्युत, नदीको कटान रोक्न तटबन्ध, विपन्नलाई आवासजस्ता आयोजनाहरु निर्माण सम्पन्न भएका हुन् । कतिपय वहुवर्षीय योजनाहरु सञ्चालनमा रहेको पाइएको छ । […]

नेपाल बौद्ध धर्म संरक्षण समाज मेचीनगरको प्रथम अधिवेशन

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on नेपाल बौद्ध धर्म संरक्षण समाज मेचीनगरको प्रथम अधिवेशन.

मेचीनगर । प्रदेश १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश)ले धार्मिक आस्था मानिसको व्यक्तिगत स्वतन्त्रता र अधिकार भएको बताएका छन् । काँकरभिट्टामा आयोजित नेपाल बौद्ध धर्म संरक्षण समाज मेचीनगरको प्रथम अधिवेशनमा बोल्दै मन्त्री मगरले धर्मलाई राजनीतिसँग जोडेर हेर्न नहुने अथ्र्याएका हुन् । ‘धर्म र आस्था मानिसको व्यक्तिगत स्वतन्त्रता हो’ उनले भने, ‘धर्म र आस्था राज्यको हुँदैन […]

हल्दिबारीमा तीन दिवसीय पत्रकारिता तालिम सुरु

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on हल्दिबारीमा तीन दिवसीय पत्रकारिता तालिम सुरु.

हल्दिबारी । प्रेस क्लब अफ हल्दिबारीको आयोजनामा आज शनिबारदेखि तीन दिवसीय आधारभूत पत्रकारिता तालिम सुरु गरिएको छ । हल्दिबारी गाउँपालिका न्यायीय समितिको आर्थिक सहयोगमा संचालित तालिममा हल्दिबारी क्षेत्रका ३० जना युवाको सहभागिता छ । हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक डम्बरबहादुर गिरीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको हो । तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै […]

गठबन्धन दलमा उम्मेदवार सकस झापामा रडाको

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on गठबन्धन दलमा उम्मेदवार सकस झापामा रडाको.

झापा । नेकपा एमालेलाई स्थानीय चुनावमा घुँडा टेकाउन कम्मर कसेर जुटेको पाँचदलीय गठबन्धनले कुनै पनि पालिकामा आजसम्म उम्मेदवार तय गर्न सकेका छैनन् । आज वैशाख २ गते दिउँसो उम्मेदवारहरु निर्धारण गर्न पाँचदलीय गठबन्धनको जिल्ला संयन्त्रको बैठक बसेको थियो । दिउँसो २ बजेदेखि साँझ साढे ५ बजेसम्म चलेको बैठक निश्कर्षमा पुग्न नसकेको जनाइएको छ । गठबन्धन […]

शेरबहादुर भट्टराई एक चिनारी लोकार्पित

Published: in लोकप्रिय, समाज, साहित्य by . Leave a Comment on शेरबहादुर भट्टराई एक चिनारी लोकार्पित.

दमक । नेपाली कांग्रेस झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराईको विषयमा तयार गरिएको शेरबहादुर भट्टराई एक चिनारी नामक पुस्तक आज सार्वजनिक गरिएको छ । दमकका सामाजिक व्यक्तित्व भट्टराईको बारेमा विभिन्न ४६ जनाले लेखमार्फत् अभिनन्दन गरेको पुस्तक नयाँवर्ष २०७९ को अवसरमा एक औपचारिक कार्यक्रम गरी आज लोकार्पण गरिएको हो । राष्ट्रिय सभाका पूर्व सदस्य डिल्ली सिटौलाको प्रमुख […]

देवी पाञ्चायन काली मन्दिरलाई साउण्ड सिस्टम र घण्टी प्रदान

Published: in लोकप्रिय, समाज by . Leave a Comment on देवी पाञ्चायन काली मन्दिरलाई साउण्ड सिस्टम र घण्टी प्रदान.

बिर्तामोड । समाजसेवी व्यवसायी श्याम प्रसाई (एसपी)ले झापाको बिर्तामोड ९ स्थित नडियाबाडीमा रहेको देवी पाञ्चायन काली मन्दिरलाई एकथान साउण्ड सिस्टम प्रदान गरेका छन् । व्यवसायी प्रसाईले आफ्ना स्व. बुबा बिष्णुप्रसाद प्रसाईको स्मृतिमा आज आइतबार मन्दिरलाई २५ हजार ९९९ रुपैंया मूल्यको साउण्ड सिस्टम प्रदान गरेका हुन् । उनी नेपाल ढुवानी व्यवसायी महासंघको केन्द्रीय सदस्य, मेची ट्रान्सपोर्ट […]

भद्रपुर नगरपालिकाद्वारा ६६ जना युवा कृषकलाई टनेल वितरण

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरपालिकाद्वारा ६६ जना युवा कृषकलाई टनेल वितरण.

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले नगरभित्रका युवालाई व्यावसायिक रुपमा बेमौसमी खेती गर्न प्रोत्साहित गर्दै उद्यमी बनाउने उद्देश्यले टनेल वितरण गरेको छ । नगरपालिकाले नगरप्रमुख लघु उद्यम कार्यक्रममार्फत भद्रपुरका १० वटै वडाबाट ६–६ जना युवा कुषि उद्यमी छनोट गरी ६० जनालाई निःशुल्क रुपमा टनेल वितरण गरेको हो । आज बिहान नगरपालिका परिसरमा आयोजित एक […]

उर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप शुरु

Published: in अर्थतन्त्र, गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, विचार/ब्लग by . Leave a Comment on उर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप शुरु.

बिर्तामोड । आइतबारदेखि यहाँ उर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप शुरु भएको छ । युवाको बढ्दो चासो उद्यमशिलता रहेको र सोही कुरालाई मध्यनजर गर्दै अझ सो विषयमा बृहत ज्ञान दिन र अवसरको ढोका खोल्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको हो । तालिममा व्यवस्थापन संकायमा अध्ययन गर्ने, भविष्यमा उद्यमी बन्न चहाने करिव २०० युवाको उपस्थिति रहेको आयोजक […]

मिल्स गोल्डकप : प्रतिभा फुटबल क्लब र साइनो स्पोर्टस क्लब फाइनलमा

Published: in खेलकुद, प्रदेश तह, लोकप्रिय by . Leave a Comment on मिल्स गोल्डकप : प्रतिभा फुटबल क्लब र साइनो स्पोर्टस क्लब फाइनलमा.

विराटनगर । गोलबजारको प्रतिभा फुटबल क्लब सिराहा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरस्थित जुट मिलको खेल मैदानमा आज भएको खेलमा दमक एकेडेमी झापालाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदै गोलबजार फाइनलमा पुगेको हो । जितको लागि गोलबजारका कुलदेव कार्की, अलमान, संजीव कार्कीले गोल गरे । गोलबजारका विदेशी खेलाडी अलमानले एक्लै तीन […]

रुद्र–गौरी प्रतिष्ठानद्वारा पाँच लाखको पुरस्कारको राशीसहित पाँच पुरस्कृृत हुँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, साहित्य by . Leave a Comment on रुद्र–गौरी प्रतिष्ठानद्वारा पाँच लाखको पुरस्कारको राशीसहित पाँच पुरस्कृृत हुँदै.

झापा । झापाको भद्रपुरस्थित रुद्र–गौरी, श्री–अम्बिका ओेली प्रतिष्ठानद्वारा चार विधामा पाँचजना पुरस्कृत हुने भएका छन् । प्रतिष्ठानले यसपटक एक जनालाई पाँच लाख रुपैयाँ राशिको पुरस्कार थप गरी चार विधामा पाँच जनालाई पुरस्कृत गर्न लागेको हो । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीद्वारा हस्ताक्षर गरी जारी प्रेस विज्ञप्तीमा जनाइए अनुसार आगामी वैैशाख ४ गते काठमाडौंमा कार्यक्रमको आयोजना गरी […]