काँकरभिट्टा । एकीकृत बौद्ध धर्म संरक्षण समिति काँकरभिट्टाको तेस्रो वार्षिक साधारणसभाबाट दिलकुमार तामाङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ । आज मंगलबार काँकरभिट्टाको टाँसी छोलिङ गुम्बामा सम्पन्न साधारणबाट उपाध्यक्षमा वेदना गुरुङ, सचिवमा कृष्ण सिंजाली मगर र कोषाध्यक्षमा निङ्मा छिरिङ शेर्पा चुनिएका छन् । समितिको सदस्यमा किमा शेर्पा, सन्जय तामाङ, आशबहादुर गुरुङ, विमला तामाङ, रोमा थापा […]
पथरी । नयाँ आर्थिक वर्षको सुरुवातसँगै जिम्मेवार सहकारी संस्थाहरु विगतको वित्तीय विश्लेषण गर्न र चालू वर्षका लागि कार्ययोजना बनाउन एवम् कार्यान्वयन गर्न अग्रसर हुन्छन् । यसको सुरुवात झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आजबाट गरेको छ । विगत वर्षहरुबाटै संस्थाले साउन २८ गते पत्रकार सम्मेलनमार्फत् साधारणसभाको वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने र भदौ […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आफ्नो कार्यक्षेत्रमा सञ्चालित बैंकिङ व्यवसायका लागि आवश्यक कर्मचारी पदपूर्ति गर्न आज पाँच स्थानमा परीक्षा सम्पन्न गरेको छ । एनएमसी सेवा आयोगका सदस्य ठाकुरप्रसाद शिवाकोटीका अनुसार वरिष्ठ सहायक तृतिय र कार्यालय सहायक तृतिय पदका लागि अनलाइनबाट आवेदन गरेका १०१५ जनामध्ये ६५ प्रतिशत हाराहारी आवेदकहरु परीक्षामा सहभागी भएका छन् । […]
झापा । सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस युनिभर्सल २०७८’ भदौमा हुने भएको छ । स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको यो प्रतियागिताको यतिवेला अडिसन भइरहेको छ । पहिलो अडिसनबाट १५ जना मिस र १५ जना मिसेस गरी ३० जना छनोट भइसकेका छन् । मिस र मिसेसहरूमा रहेको प्रतिभा निखार्दै उनीहरूको उज्ज्वल भबिस्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यका […]
विराटनगर । प्रदेश १ सरकारले कोभिड–१९ विरुद्धको खोप वितरण शुरु गरेको छ । १४ वटै जिल्लामा शनिबारदेखि खोप वितरण शुरु गरिएको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएको खोपहरु वितरण शुरु गरिएको आपूर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिएका हुन् । उनका अनुसार आजसम्म सुनसरी, […]
कचनकवल । प्रदेश १ सरकारबाट एक करोड रुपैयाँ भुक्तानी लिएर कचनकवल गाउँपालिकाले राजवंशी समाज विकास समितिको भवन निर्माणका लागि निर्माण कम्पनीलाई ४३ लाख रुपैयाँमात्र मात्र भुक्तानी दिएको रहस्योद्घाटन भएको छ । प्रदेश १ लेखा इकाई कार्यालय झापाको विवरण अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाले भवन निर्माण वापत तीन किस्ता गरी असार मसान्तसम्ममा एक करोड रकम निकासा […]
कमल । जनताको तटबन्ध कार्यालय झापाले यसवर्ष जिल्लाका ठूला नदीहरुमा १६ किलोमिटरभन्दा बढी तटबन्ध गरेको छ । मेची, बिरिङ्ग, कनकाई, कमल, रतुवा र मावमा पक्की तथा माटोको गरी १६ हजार ९७३ मिटर तटबन्ध गरिएको छ । सो दूरीमा ६७ वटा स्पर पनि निर्माण गरिएको जनताको तटबन्ध कार्यालय झापाका प्रमुख रुपनारायण अधिकारीले जानकारी दिएका छन् । […]
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको संयोजनमा सञ्चालित ओलम्पिक खेलबारेको प्रदेश स्तरीय लेखन प्रतियोगितामा इलामका पत्रकार नमिन ढकाल प्रथम भएका छन् । स्पोर्टस् फर अल कमिशन नेपाल प्रदेश १ को वित्तीय सहयोगमा महासंघले ओलम्पिक दिवस २०२१ जुन २३ को अवसरमा प्रदेश स्तरीय लेख तथा समाचार लेखन प्रतियोगिता सञ्चालन गरेको थियो । प्रतियोगितामा इलामका ढकाललाई […]
काठमाडौं । नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ । काठमाडौं किलागल टोलमा वि.सं. १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टरमा निधन भएको हो । किलागलमा पिता विष्णुप्रसाद कर्मचार्य र माता रत्नदेवीका कोखबाट जन्मिएका नेपालीसँग निजामती सेवाको पनि लामो अनुभव […]
बिर्तामोड । दुई संस्था एकीकरण भई संयुक्त कारोबार थालेको तीन महिना पछि झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा सेवा प्रारम्भ गरेको जनाएको छ । सोमबार बिर्तामोडस्थित सेवा केन्द्र परिसरमा पत्रकार सम्मेलन गर्दै संस्थाको सेवा प्रारम्भ बारे जानकारी गराइएको हो । संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले सेवा प्रारम्भसँगै मेची सहकारीले उपलब्ध गराउने सेवा, […]