Sajhamanch Archive

कमल गाउँपालिकाले सुरु गर्यो कुष्ठरोगीको खोजी कार्य

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकाले सुरु गर्यो कुष्ठरोगीको खोजी कार्य.

कमल । कमल गाउँपालिकाले कुष्ठरोगीको खोजी कार्य सुरु गरेको छ । गाउँपालिकाले कुष्ठरागी भएको सम्भावित समुदायमा घरघर पुगेर तालिमप्राप्त स्वास्थ्यकर्मीको टोलीले कुष्ठरोगीको खोज पड्ताल सुरु गरेको हो । कुष्ठरोग खोज पड्ताल कार्यक्रममा प्रत्येक दिन बिहान ८ बजेदेखि स्वास्थ्यकर्मीहरु घरघरमा गई खोज जाँच पड्ताल गरिरहेका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले जानकारी दिएका हुन् । गाउँपालिकाबाट खटिएका […]

भुटानी शरणार्थी प्रकरण छानबिन गर्न संसदीय समिति बनाइयोस् :रास्वपा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on भुटानी शरणार्थी प्रकरण छानबिन गर्न संसदीय समिति बनाइयोस् :रास्वपा.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ । यो प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत् छानविन गर्नुपर्ने उसको माग छ । आजको प्रतिनिधि सभाको बैठकको सुरुमै बोल्दै रास्वपा सभापति रवि लामिछानेले भने यहाँ मुछिएका मान्छेहरु हेर्नुस्, यो राज्यमा हामीले कसको विश्वास गर्ने? त्यसकारणले […]

शंकरदेव क्याम्पस चिफसहित चार पदाधिकारीको राजीनामा

Published: in मिडियाबाट साभार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on शंकरदेव क्याम्पस चिफसहित चार पदाधिकारीको राजीनामा.

काठमाडौं । शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख, कार्यक्रम निर्देशक तथा उपनिर्देशक लगायतले राजीनामा दिएका छन् । क्याम्पस प्रमुख केशवराज जोशी, सहायक क्याम्पस प्रमुख तथा बीबीएस कार्यक्रम प्रमुख भोजराज ओझा, बीबीएम कार्यक्रम निर्देशक रीता मास्के र बीबीएम कार्यक्रम सहनिर्देशक केशर खातीले राजीनामा दिएका हुन् । क्याम्पस प्रमुख केशवराज जोशीले बिहीबार राजीनामा दिएसँगै एमाले र नेकपा समाजवादी निकट […]

कोसी नाम खारेज नभए आन्दोलन थप सशक्त

Published: in प्रदेश तह, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on कोसी नाम खारेज नभए आन्दोलन थप सशक्त.

विराटनगर । पहिचान पक्षधर नेताहरुले १ नं. प्रदेशको नाम पहिचानको आधारमा नराखे जारी आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्। मंगलबार सदरमुकाम गाईघाटमा आयोजित ‘साकेला उभौली चाडको अवसरमा पहिचान पक्षधरको शक्ति प्रदर्शन कार्यक्रम’मा बोल्ने विभिन्न नेताहरुले पहिचानविरोधी ‘कोसी प्रदेश’ नाम खारेजी आन्दोलनलाई अझ सशक्त बनाउँदै लाने बताए। पहिचानबादी अभियन्ताहरु पूर्वमन्त्री गोपाल किराती, प्रगतिसिल लेखक, विश्लेषक […]

विश्वकप छनोटमा नेपाल : समूह चरणमा टेष्ट राष्ट्रसँग खेल्ने

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on विश्वकप छनोटमा नेपाल : समूह चरणमा टेष्ट राष्ट्रसँग खेल्ने.

काठमाडौं । आगामी जुन/जुलाईमा जिम्बावेमा हुने आईसीसी क्रिकेट विश्वकप छनोटअघि नेपालले दुई वार्मअप म्याच खेल्नेछ । विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । जहाँ छनोट प्रतियोगिताअघि हरेक टोलीले दुईरदुई वार्मअप म्याच खेल्ने अवसर पाउनेछ । आईसीसीले मंगलबार विश्वकप छनोटको समूह विभाजन र खेलतालिकासहित वार्मअप म्याचको पनि खेलतालिका सार्वजनिक गरेको छ । जसअनुसार नेपालले छनोटमा अर्को […]

दूधेमा युवाका लागि आधारभूत पत्रकारिता तालिम सञ्चालनमा

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on दूधेमा युवाका लागि आधारभूत पत्रकारिता तालिम सञ्चालनमा.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको दूधेमा पाँच दिवसीय आधारभूत पत्रकारिता तालिम सञ्चालन गरिएको छ । साझामञ्च मिडिया प्रालिको आयोजनामा सञ्चालन गरिएको तालिममा शिवसताक्षी नगरपालिकाका सबै वडाबाट सिफारिस भइआएका युवा विद्यार्थीको सहभागिता रहेको छ । नगरप्रमुख मेगाहाङ थोप्राको प्रमुख आतिथ्य तथा उपप्रमुख नरमाया कार्कीको विशिष्ट आतिथ्यमा मंगलबार तालिमको उद्घाटन गरिएको हो । तालिम उद्घाटन समारोहलाई सम्बोधन […]

कोशी प्रदेशको बजेट अधिवेशन आइतबार

Published: in प्रदेश तह, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on कोशी प्रदेशको बजेट अधिवेशन आइतबार.

विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेका छन् । जेठ १४ गते आइतबार दिउँसो २ बजेका लागि उनले बजेट अधिवेशन आह्वान गरेका हुन् । सोमबार प्रदेश मन्त्रीपरिषद् बैठकले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरेको प्रदेश […]

दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीको भव्‍य स्वागत

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीको भव्‍य स्वागत.

काठमाडौ । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई त्रिभुवन विमानस्थलमा भव्‍य स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकीसहित स्वागत गरेका हुन् । भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा […]

आजदेखि सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदै

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on आजदेखि सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदै.

काठमाडौं । नेपालमा पर्यटकको सेवामा केन्द्रित गरी आजदेखि सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदैछ । ‘हफ अन हफ अफ बस’ आजदेखि परीक्षणका रुपमा चल्ने भएको हो । यस सेवाको आज दिउँसो साढे १ बजे पर्यटन मन्त्री सुदुन किरातीले ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन गर्नेछन् । परीक्षणका लागि दुईवटा साझा बस केही दिन नि: शुल्क सञ्चालन गर्ने […]

विश्व कीर्तिमान बराबरी भएपछि कामीरिता २८ औं पटक सगरमाथा चढ्दै

Published: in मिडियाबाट साभार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on विश्व कीर्तिमान बराबरी भएपछि कामीरिता २८ औं पटक सगरमाथा चढ्दै.

काठमाडौं । विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथा चढ्न सुरु गरेका छन् । सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि कामीरिता २८ औं पटक सगरमाथा चढ्न थालेका हुन् । सबैभन्दा धेरैपटक सगरमाथा चढेको आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न उनले सोमबारदेखि नै आरोहण सुरु […]