Sajhamanch Archive

तीन दिन देशभर बदली र वर्षा, तराईमा हावाहुरीको सम्भावना

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on तीन दिन देशभर बदली र वर्षा, तराईमा हावाहुरीको सम्भावना.

काठमाडौं । अबको दुई/तीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर लगातार पानी भने पर्ने छैन । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । ‘त्यसैले आजदेखि दुई/तीन दिनसम्म केहीबेर पानी पर्ने, रोकिने हुन्छ । लगातार झरी […]

विद्यालयमा मनोमानी बढेकोले रोक्न माग गर्दै अभिभावकद्वारा नगरपालिकामा ज्ञापन पत्र

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on विद्यालयमा मनोमानी बढेकोले रोक्न माग गर्दै अभिभावकद्वारा नगरपालिकामा ज्ञापन पत्र.

भद्रपुर । भद्रपुरमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा नियम मिचेर मनोमानी बढेको भन्र्दै विधि प्रकृया र नियम अनुसार विद्यालय सञ्चालनको वातावरण निर्माणको माग राख्दै पूर्व जनप्रतिनिधि तथा अभिभावक नुतन पौडेलले भद्रपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । भद्रपुर ९ का पूर्व वडासदस्य समेत रहेका पौडेलले भद्रपुर नगर क्षेत्रमा रहेका अधिकांश निजी विद्यालयहरूले सरकारले तय गरेको […]

काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालको विजयी सुरुवात

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालको विजयी सुरुवात.

काठमाडौं । किर्गिस्तानलाई सोझो सेटमा हराउँदै काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले पाहुना टोली किर्गिस्तानलाई २५-११, २५-१९ र २५-११को सोझो सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेटमा अग्रता कायम गर्दै जितेको नेपालले तेस्रो सेटमा नेपाल किर्गिस्तानसँग ६-४ ले पछि परेको थियो । तर खेलमा पुनरागमन गर्दै नेपालले […]

प्रधानाध्यापक सरुवाको विरोधमा बारामा गाउँपालिका कार्यालय तोडफोड र आगजनी

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on प्रधानाध्यापक सरुवाको विरोधमा बारामा गाउँपालिका कार्यालय तोडफोड र आगजनी.

बारा। प्रधानाध्यापक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले बाराको सुवर्णपुर गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन्। हर्दिया माविका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुर वहुर्आका प्रधानाध्यापक चन्देश्वरप्रसाद यादव, नेराप्रावि मझरीका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र कवही जगाद माविका प्रधानाध्यापक नथुनीप्रसाद यादवलाई गाउँपालिकाले सरुवा गरेपछि विद्यार्थी र असन्तुष्ट समूहले गाउँपालिका कार्यालयमा तोडफोड गरेका हुन्। गाउँपालिका अध्यक्ष राजेशप्रसाद यादव, उपाध्यक्ष पुनम कुमारीको कार्यकक्ष […]

फरार ढोरपाटनका मेयरसहित सहकारी सञ्चालकको यात्रा अनुमति रद्द

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on फरार ढोरपाटनका मेयरसहित सहकारी सञ्चालकको यात्रा अनुमति रद्द.

पोखरा । बागलुङको इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई यात्रा अनुमतिमा रोक लगाइएको छ । गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्र पठाएर अध्यक्ष नेपालीसहित ६ जना सञ्चालकलाई यात्रा अनुमति रद्द गर्न निर्देशन दिएको हो । कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक […]

आज जैविक विविधता दिवस मनाइँदै

Published: in मिडियाबाट साभार, लोकप्रिय, विश्व समाचार, समाज by . Leave a Comment on आज जैविक विविधता दिवस मनाइँदै.

काठमाडौँ। अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकास जस्ता मुद्दामा जैविक विविधताको महत्त्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ। जमिन तथा […]

झापामा पोथी हात्ती मृत फेला

Published: in लोकप्रिय, समाज by . Leave a Comment on झापामा पोथी हात्ती मृत फेला.

बनियानी। झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ । आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको जानकारी दिए । हात्ती मृत फेला परेको स्थानमा […]

बिर्तामोड खानेपानीको चुनावमा द्विपक्षीय प्रतिष्पर्धा हुने

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बिर्तामोड खानेपानीको चुनावमा द्विपक्षीय प्रतिष्पर्धा हुने.

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही जेठ १५ गते हुन लागेको निर्वाचनका लागि ९ पदमा २१ जनाले आज मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त प्यानल लोकतान्त्रिक राष्ट्रवादी समूहबाट ९ जनाको सिङ्गै प्यानलले उम्मेदवारी दिएका छन् । अर्को प्यानल स्वतन्त्र प्रगतिशील समूहबाट पनि ९ जनाको नै […]

दमक नगरपालिकाद्वारा महिलाहरुलाई नौमती बाजा बजाउने तालिम सञ्चालन

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on दमक नगरपालिकाद्वारा महिलाहरुलाई नौमती बाजा बजाउने तालिम सञ्चालन.

दमक । दमक नगरपालिकाले महिलाहरुका लागि नौमती बाजा बजाउने तालिम आजदेखि सुरु गरेको छ । नगरप्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराईले आज आयोजित विशेष कार्यक्रममा संयुक्तरुपमा तालिम उद्घाटन गरेका छन् । सो कार्यक्रममा मन्तब्य राख्दै नगरप्रमुख थापाले संस्कृतिको प्रबर्धन पनि हुने र महिलालाई आत्मनिर्भर पनि बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । पछिल्लो समय […]

सहकारीको रकम तिर्न नसकेपछि ढोरपाटनका मेयर सम्पर्कविहीन

Published: in मिडियाबाट साभार, लोकप्रिय, सहकारी by . Leave a Comment on सहकारीको रकम तिर्न नसकेपछि ढोरपाटनका मेयर सम्पर्कविहीन.

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नेपाली सम्पर्कविहीन भएका हुन् । अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरुको आरोप छ । ‘जिल्ला प्रशासन कार्यालयमा इमेज सहकारीका सेयर सदस्यहरुले मेयर भागेको भन्दै निवेदन लिएर आएपछि हामीले […]