Sajhamanch Archive

खानेपानी निर्वाचनमा स्वतन्त्र प्रगतिशील प्यानलका उम्मेदवार तय

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on खानेपानी निर्वाचनमा स्वतन्त्र प्रगतिशील प्यानलका उम्मेदवार तय.

बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यानल बनाई उम्मेदवारहरु तय गरिएको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उपभोक्ताहरुको आज बिर्तामोडमा सम्पन्न भेलाले संस्थाका वर्तमान कार्यसमिति सदस्य देवेन्द्र सिटौलाको नेतृत्वमा उम्मेदवारहरु तय गरेको हो । प्राप्त जानकारी अनुसार खानेपानी संस्थाको उपाध्यक्ष पदमा औषधी व्यवसायी प्रदिप खरेल, […]

संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति.

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। नयाँ बानेश्वरस्थीत संसद भवनमा दुवै सदनलाई अहिले उनले सम्बोधन गरिरहेका छन। नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्छ। नीति तथा कार्यक्रममा आधारित भएर नयाँ बजेट आउँछ।

सहकारी नियमनमा कडाई गरिने, बचतको सुरक्षा गरिने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on सहकारी नियमनमा कडाई गरिने, बचतको सुरक्षा गरिने.

काठमाडौं । सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । यतिबेला बचत सहकारीहरु आर्थिक समस्यामा छन् । सरकारको आगामी नीति तथा कार्यक्रममा सहकारीमा बचत कर्ताको लगान सुरक्षा गरिने, सहकारीलाई […]

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

Published: in मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित.

काठमाडौ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । आज दिँउसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत संदमा प्रस्तुत गर्नेछन् । राष्ट्रपति पौडेल नीति तथा कार्यक्रममा सडक खाली नगराइकन नयाँ बानेश्वरस्थित संसद भवन जाने तयारी गरेका छन् […]

आज मिथिलाञ्चलका महिलाले बरसाइत पर्व मनाउँदै

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on आज मिथिलाञ्चलका महिलाले बरसाइत पर्व मनाउँदै.

काठमाडौं । पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् । जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ । नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व)अनिवार्यरुपमा ससुराल (श्रीमान्‌को घर) मै मनाउनुपर्छ । बिहीबार नहायखाय (स्नान गरी […]

सडक खाली नगराई राष्ट्रपति संसद भवन जाने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on सडक खाली नगराई राष्ट्रपति संसद भवन जाने.

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न सडक खाली नगरी सामान्य तरिकाले संसद भवन जाने भएका छन् । यसअघिका राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदा राष्ट्रपति भवनदेखि नयाँ बानेश्वरसम्मकै सडक खाली गरिने गरेको थियो । तर यसपटक सडक खाली नगर्ने र राष्ट्रपति सामान्य तरिकाले संसद भवनसम्म पुग्ने र संसद […]

कमल नगर अस्पताललाई दाताको स्वास्थ्य साम्रग्री उपहारमा

Published: in प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल नगर अस्पताललाई दाताको स्वास्थ्य साम्रग्री उपहारमा.

कमल । कोशी प्रदेश सरकारका स्वस्थ्य मन्त्री निर्मला लिम्बूले हरेक नागरिकलाई स्वस्थ र शुद्ध पिउने पानी सहज रुपमा उपलब्ध गराउनु पर्ने सरकारको दायित्व भएको बताएकी छन् । हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टको आर्थिक सहयोग र वर्क फर नेपालको व्यवस्थापनमा झापाको कमल गाउँपालिकास्थित कमल नगर अस्पताललाई उपहार स्वरुप स्वास्थ्य सामग्री र खानेपानी प्लान्ट हस्तान्तरण पछि […]

नक्कली भुटानी शरणार्थी प्रकरण : रिजाल र मिया पनि पक्राउ

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on नक्कली भुटानी शरणार्थी प्रकरण : रिजाल र मिया पनि पक्राउ.

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले रिजाललाई झापाबाट काठमाडौं आउने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । यसअघि नै पक्राउ परेका केही अभियुक्तले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने काममा टेकनाथ रिजालको नामसमेत लिएको र […]

कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा मन्त्र थकाली टिम लञ्च हुने

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा मन्त्र थकाली टिम लञ्च हुने.

बिर्तामोड । प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा बिर्तामोडको एउटा होटलले आफ्नो टिम बनाएर खेल्ने भएको छ । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा बिटिएम मन्त्र थकाली टिम लञ्च हुने भएको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी बिटिएम मन्त्र थकालीले आफ्नो टिम पनि घोषणा गरेको छ । होटल सञ्चालक उमेश खरेलले […]

विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै बाह्रदशी जेसीज

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै बाह्रदशी जेसीज.

बाह्रदशी । सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीहरुको अभिभावकत्व बाह्रदशी जेसीजले ग्रहण गरेको छ । विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई विद्यालयमा आवश्यक पर्ने सबैखाले शैक्षिक सामग्री बुधबार हस्तान्तरण पनि गरिएको छ । बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यार्थीलाई आवश्यक पर्ने स्टेशनरी सामग्रीदेखि ब्याग तथा जुत्तासम्म प्रदान गरिएको हो । विद्यार्थीको अभिभावकत्व […]