Sajhamanch Archive

साह दम्पत्तीको विवाह वर्षोत्सवमा विपन्नलाई खाद्यान्न सहयोग

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on साह दम्पत्तीको विवाह वर्षोत्सवमा विपन्नलाई खाद्यान्न सहयोग.

झापा । दमकका युवा व्यवसायी तथा लायन्स क्लव अफ झापा दमकका संस्थापक सदस्य बिष्णु साहले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा विपन्न एक परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामान सहयोग गरेका छन् । पत्नी सीतादेवीसहित शुक्रबार झापा गाउँपालिका वडा नं ७ मदरगाछका राजकुमार गणेशको घरमै पुगेर साहले उक्त सहयोग हस्तान्तरण गरेका हुन् । आफू काम गर्न नसक्ने […]

एमाले केन्द्रीय कमिटी बैठकमा आज र भोलि प्रतिवेदन प्रस्तुति पछि समूहगत छलफल गरिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on एमाले केन्द्रीय कमिटी बैठकमा आज र भोलि प्रतिवेदन प्रस्तुति पछि समूहगत छलफल गरिने.

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको पाँचौ बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आजदेखि पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको छ । बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्नुका साथै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । बैठक पछि प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले पार्टी […]

भद्रपुरका सुत्केरी र गर्भवतीलाई पोसिलो खानेकुरा वितरण सुरु

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on भद्रपुरका सुत्केरी र गर्भवतीलाई पोसिलो खानेकुरा वितरण सुरु.

भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले नगरभित्रका सुत्केरी तथा गर्भवती महिलालाई पोसिलो खानेकुरा वितरण गरेको छ । नगरसभाले आर्थिक वर्ष २०७९/०८० को लागि स्वीकृत गरेको बजेट अनुसार पालिकाभित्रका सुत्केरी तथा गर्भवती महिलालाई आजदेखि पोसिलो खानेकुरा वितरण शुरु गरिएको हो । भद्रपुर नगरपालिकाको ‘आमासँग उपप्रमुख कार्यक्रम’अन्तर्गत वडा नं ६ बाट पोसिलो खानेकुरा वितरण शुरु गरिएको नगरपालिकाको स्वास्थ्य […]

एनएमसीद्वारा अभिभावकत्व तालिम प्रदान

Published: in लोकप्रिय, शिक्षा, समाज, सहकारी by . Leave a Comment on एनएमसीद्वारा अभिभावकत्व तालिम प्रदान.

झापा । युवा सदस्यका माझमा विगतदेखि नै कार्यक्रमहरु सञ्चालन गर्दै आएको एनएमसीले यसपटक बैशाख २४ र २५ गते अभिभावकत्व कला सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २४ गते झापाको कुञ्जीबारी र बैशाख २५ गते मोरङको बेलबारीमा सम्पन्न कार्यक्रमको आयोजना संस्था अन्तर्गतको युवा सरोकार उपसमितिले गरेको हो । संस्थाका कुञ्जीबारी र बेलबारी सेवाकेन्द्रले सम्बन्धित […]

एनएमसीद्वारा किशोरीमा प्रजनन सम्बन्धी सचेतना प्रदान

Published: in लोकप्रिय, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on एनएमसीद्वारा किशोरीमा प्रजनन सम्बन्धी सचेतना प्रदान.

सूर्योदय (इलाम) । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको महिला सशक्तिकरण उपसमितिले इलामको फिक्कल माविमा किशोरीहरुको यौन तथा प्रजनन स्वस्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाले अध्यक्षता गरेको उक्त कार्यक्रममा प्रमुुख सहजीकरण संस्थाका सञ्चालक समिति उपाध्यक्ष भगवती घिमिरे मैनालीले गरेकी थिइन् । कार्यक्रममा किशोरी विद्यार्थीसहित उनीहरुका आमाको […]

सहकारी कानुन सुधार गर्न कार्यदल बनाउने सरकारको निर्णय

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on सहकारी कानुन सुधार गर्न कार्यदल बनाउने सरकारको निर्णय.

काठमाडौं । सरकारले सहकारी सम्बद्ध कानुन सुधार गर्नका लागि कार्यदल गठन गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैंठकले सहकारीका समस्या पहिचान गरी त्यसको समाधान गर्न नीतिगत र कानुनी सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयल हेर्ने सदस्यको संयोजकत्वमा सहकारी मन्त्रालयका सचिव सदस्य […]

देउनिया खोलामा ‘चन्द्रगढ मोक्षघाट’को शिलान्यास

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on देउनिया खोलामा ‘चन्द्रगढ मोक्षघाट’को शिलान्यास.

भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी छेउ देउनिया खोलामा मृत्यु संस्कारका लागि व्यवस्थित घाट निर्माणको शिलान्यास गरिएको छ । चन्द्रगढी सामुदायिक वनको अगुवाइमा चन्द्रगढ मोक्षघाट नाम दिइएको शवदाह स्थलको भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले शिलान्यास गरेका हुन् । वन समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा घाट शिलान्यास कार्यक्रम गरिएको थियो […]

पाथीभरा मन्दिर दर्शन गर्न ताप्लेजुङ गएका पराजुली मृत अवस्थामा भेटिए

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on पाथीभरा मन्दिर दर्शन गर्न ताप्लेजुङ गएका पराजुली मृत अवस्थामा भेटिए.

अर्जुनधारा । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि झापाको अर्जुनधारा ५ बाट गएका लोकप्रसाद पराजुली मृत अवस्थामा भेटिएका छन् । पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि उत्तरतर्फको जङ्गलमा पराजुलीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मन्दिर दर्शन गर्न जाने क्रममा शुक्रबार बिहानको रातिदेखि बेपत्ता भएका पराजुलीको शव आज बिहान फेला परेको हो । मानसिकरुपमा सामान्य […]

तलब नपाएपछि शिवशक्ति माविमा शिक्षकको अनिश्चितकालीन धर्ना

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on तलब नपाएपछि शिवशक्ति माविमा शिक्षकको अनिश्चितकालीन धर्ना.

जकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक–कर्मचारी आन्दोलित भएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक–कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् । पठनपाठन ठप्प गर्दै शिक्षक र कर्मचारीहरु विद्यालयमै वैशाख २४ गतेदेखि अनिश्चितकालीन धर्ना बसेका छन् । यसअघि पहिलो चरणमा उनीहरुले वैशाख १९ देखि २१ गतेसम्म […]

तस्करी रोक्ने जिम्मा पाएको सुरक्षा बल कै नेतृत्वमा तस्करी भइरहेको खुलासा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on तस्करी रोक्ने जिम्मा पाएको सुरक्षा बल कै नेतृत्वमा तस्करी भइरहेको खुलासा.

भद्रपुर । झापाबाट नेपाल–भारत सिमावर्ती क्षेत्रमा अवैध तस्करीमा सीमा सुरक्षा बलकै नेतृत्व संलग्न रहेको पाइएको छ । पछिल्लो पटक वैशाख २३ गते दक्षिणी झापाको कचनकवलस्थित केचनाको लोदाबारी नाकामा अवैधरूपमा फेला परेको ११५ कार्टुन स्याउ काण्डमा सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को संलग्नता पाइएको हो । वैशाख २३ गते केचनाबाट तस्करी गरेर […]