Sajhamanch Archive

भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने.

फाइल तस्वीर झापा । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भई उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारी भोलि आइतबार स्वदेश फर्कने भएका छन् । आगालागीबाट गम्भीर घाइते भएका डा. भण्डारी स्वास्थ्य उपचारपछि स्वदेश फर्कन लागेका हुन् । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत […]

बिर्तामोड १ का वडाबासीलाई अब निःशुल्क रगत

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोड १ का वडाबासीलाई अब निःशुल्क रगत.

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको लागि निःशुल्क रगतको व्यवस्था गरेको छ । बिरामी भएर रगत आवश्यक परेको अवस्थामा वडाले निःशुल्क रगत उपलव्ध गराउने भएको हो । त्यसका लागि वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटी झापाबीच शुक्रबार द्विपक्षिय सम्झौतामा हस्ताक्षर भएको छ । बिर्तामोड वडा नम्बर […]

चन्द्रगढीका प्रेमप्रसाद नगदसहित घरमै सम्मानित

Published: in लोकप्रिय, समाज by . Leave a Comment on चन्द्रगढीका प्रेमप्रसाद नगदसहित घरमै सम्मानित.

भद्रपुर । ताप्लेजुङको साविको खेवाङ्गमा रहँदा त्यहाँको जीवनशैली सहज बनाउन महत्वपूर्ण योगदान दिएका हाल भद्रपुर १० चन्द्रगढी निवासी प्रेमप्रसाद दाहाललाई नगदसहित सम्मान गरिएको छ । टिकाराम गौतम स्मृति प्रतिष्ठान फुङ्गलिङ ५ ताप्लेजुङले दाहाललाई आज उनकै घरमा आएर सम्मान गरेको हो । सम्मानित दाहालले तत्कालीन ताप्लेजुङको खेवाङ्गमा रहँंदा त्यहाँको विकट स्थानमा पानीको अभाव हटाउन ढुङ्गा खोपेर […]

गोलधापमा कर्णाली साकोसको स्वास्थ्य शिविर

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on गोलधापमा कर्णाली साकोसको स्वास्थ्य शिविर.

हल्दिबारी । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको आयोजनामा आज हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विराट मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा क्यान्सर रोग सम्बन्धी वरिष्ठ विशेषज्ञ अस्मिता रायमाझीले स्वास्थ्य परीक्षणका लागि शिविरमा आएका महिलाहरुको चेकजाँच तथा परामर्श दिएकी […]

बिर्तामोडका विपन्न ३० मुसहर परिवारलाई वीरता जेसीजले दियो झुल

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका विपन्न ३० मुसहर परिवारलाई वीरता जेसीजले दियो झुल.

बिर्तामोड । अभावमा रहेका बिर्तामोड ३ र १० का विपन्न मुसहरहरुलाई वीरता जेसीजले बिहीबार झुल वितरण गरेको छ । विपन्नताका कारण समस्या झेलिरहेका बिर्तामोड ३ र १० का ३० घर मुसहरहरुलाई वीरता जेसीजले घरमै पुगेर झुल वितरण गरेको हो । बिर्तामोड ३ स्थित मुसहर बस्तीमा आयोजित कार्यक्रममा बिर्तामोड वडा नं ३ का वडाध्यक्ष मदनकुमार बुढाथोकी, […]

आयोजक ‘अल इन वान’सँग नमोबुद्धको फाइनल भेट पक्का, शनिबार भिड्दै

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on आयोजक ‘अल इन वान’सँग नमोबुद्धको फाइनल भेट पक्का, शनिबार भिड्दै.

झापा । नमोबुद्ध युवा क्लब सप्तरी झापामा जारी प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–१० सैनिक बजारस्थित महेन्द्रज्योति माविको मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्बल उदयपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सप्तरी फाइनलमा प्रवेश गरेको हो । सप्तरीलाई फाइनल प्रवेश गराउन खेलको १५औं मिनेटमा राष्ट्रिय टिमकी खेलाडीसमेत रहेकी […]

पूर्वप्रधानमन्त्रीमाथिको अभद्र ब्यवहार भत्सर्नायोग्यः एमाले

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on पूर्वप्रधानमन्त्रीमाथिको अभद्र ब्यवहार भत्सर्नायोग्यः एमाले.

झापा । बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा आज नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी उहाँमाथिको अभद्र ब्यवहार र सवारीमाथि ढुंगा प्रहार भएको घटनालाई एमाले झापाले भत्सर्नायोग्य भनेको छ । जिल्ला अध्यक्ष दिपक कार्कीले बुधबार साँझ विज्ञप्ति प्रकाशन गरी ‘प्रदेश नम्बर १ लाई निर्वाचित प्रदेशसभा सदस्यहरुको ९० प्रतिशतभन्दा बढीको समर्थनमा ‘कोशी प्रदेश’ नामाकरण […]

विद्यार्थीलाई रुचि अनुसारको कला सिकाउँदै बिर्तामोडको न्यूटन्स् एकाडेमी

Published: in लोकप्रिय, शिक्षा by . Leave a Comment on विद्यार्थीलाई रुचि अनुसारको कला सिकाउँदै बिर्तामोडको न्यूटन्स् एकाडेमी.

बिर्तामोड । नगर क्षेत्रकै नमूना र उत्कृष्ट विद्यालयको रूपमा स्थापित न्यूटन्स् एजुकेशन एकेडेमीले समय सुहाउँदो शिक्षा प्रदान गर्दै आएको छ । विद्यार्थी तथा अभिभावकको उत्कृष्ट रोजाइको शैक्षिक गन्तव्यको रुपमा स्थापित न्यूटन्सले विद्यालयमा बालमैत्री तथा शैक्षिक रचनात्मक गतिविधिहरु मार्फत बाल मनोविज्ञानका आधारमा पठनपाठन गर्दै आएको पाइन्छ । बालबालिकालाई यस वर्षबाट उनीहरुको रुचि अनुसारको कला सिकाउन थालिएको […]

आयोजक ‘अल इन वान’ फाइनलमा प्रवेश

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on आयोजक ‘अल इन वान’ फाइनलमा प्रवेश.

बिर्तामोड । आयोजक ‘अल इन वान’ क्लब प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका मोरङलाई ५–१ गोल अन्तरले पराजित गर्दै आयोजक ‘अल इन वान’ फाइनलमा प्रवेश गरेको हो । बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्रज्योति माविको मैदानमा भएको खेलमा आयोजकलाई जित दिलाउन २१औं मिनेटमा लक्ष्मी श्रेष्ठ पहिलो गोल […]

एनएमसी सहकारी पसलका कर्मचारीलाई अभिमुखीकरण तालिम

Published: in अर्थतन्त्र, लोकप्रिय, शिक्षा, सहकारी by . Leave a Comment on एनएमसी सहकारी पसलका कर्मचारीलाई अभिमुखीकरण तालिम.

बिर्तामोड । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत सञ्चालित सहकारी पसलमा कार्यरत कर्मचारीहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । संस्था अन्तर्गत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा वैशाख १२ गते मंगलबार बिर्तामोड सेवा केन्द्रको सभाहलमा तालिम प्रदान गरिएको हो । उपसमिति संयोजक सावित्रा दाहाल भट्टराईको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण तालिमको सहजीकरण सेवक बजगार्इँले गरेका थिए । […]