Sajhamanch Archive

एनएमसीद्वारा खुदुनाबारीमा भिआइए परीक्षण शिवीर सम्पन्न

Published: in लोकप्रिय, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on एनएमसीद्वारा खुदुनाबारीमा भिआइए परीक्षण शिवीर सम्पन्न.

अर्जुनधारा । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको एनएमसी महिला सशक्तिकरण उपसमितिको आयोजनामा निःशुुल्क भिआइए परीक्षण (पाठेघरको मुुखमा हुुने क्यान्सरको परीक्षण) शिवीर गरिएको छ । परिवार नियोजन संघ भद्रपुुर झापाको प्राविधिक सहयोगमा वैशाख ८ गते शुुक्रबार खुुदुुनाबारी स्वास्थ्य चौकीमा उक्त शिवीर सम्पन्न गरिएको हो । एनएमसी महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाले अध्यक्षतामा सम्पन्न […]

एसीसी प्रिमियर कप क्रिकेट : नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण अवरुद्ध

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on एसीसी प्रिमियर कप क्रिकेट : नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण अवरुद्ध.

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट अन्तरगत आज सोमबार हुने नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण रद्द हुने सम्भावना बढेर गएको छ । हिजो साँझ वर्षाका कारण मैदान भिजेले आज दुई घन्टा ढिलो खेल सुरु हुने तय गरिएको भए पनि अघि ११ बजे देखि पुनः वर्षा भएपछि खेल नै नहुने अवस्था सिर्जना भएको जनाइएको […]

संयुक्त सहकारी कृषि फर्मको साधारणसभा सम्पन्न

Published: in अर्थतन्त्र, लोकप्रिय, सहकारी, स्थानीय तह by . Leave a Comment on संयुक्त सहकारी कृषि फर्मको साधारणसभा सम्पन्न.

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित तीनवटा बहुउद्देश्यीय सहकारी संस्थाहरुद्वारा प्रवर्धित बहुउद्देश्यीय संयुक्त सहकारी कृषि फर्मको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । नवोदय बहुउद्देश्यीय सहकारी संस्था, पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था र इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा २०७५ सालदेखि संयुक्त सहकारी कृषि फर्म सञ्चालनमा ल्याएका हुन् । कृषि फर्मले ४० विघाभन्दा बढी क्षेत्रफलमा वर्षे […]

प्रथम प्रदेशस्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता : मिक्लाजुङ सेमिफाइनलमा

Published: in खेलकुद, प्रदेश तह, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on प्रथम प्रदेशस्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता : मिक्लाजुङ सेमिफाइनलमा.

बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम प्रदेशस्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज सम्पन्न खेलबाट मोरङको मिक्लाजुङ गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–१० स्थित महेन्द्रज्योति माविको खेल मैदानमा भएको खेलमा महमाई एकता क्लब इलामलाई १–० गोल अन्तरले पराजित गर्दै मोरङको मिक्लाजुङ गापाको टिम सेमिफाइनलमा प्रवेश गरेको हो । बिर्तामोड–१० स्थित सैनिकमोडको ‘अल इन वान’ […]

झापामा दोस्रोपटक बडी बिल्डिङ च्याम्पियनसिप गरिँदै

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on झापामा दोस्रोपटक बडी बिल्डिङ च्याम्पियनसिप गरिँदै.

बिर्तामोड। झापाको बिर्तामोडमा यही जेठ १२ र १३ गते कोशी प्रदेशस्तरीय दोस्रो बडी बिल्डिङ च्याम्पियनसिप गरिने भएको छ । अघिल्लो वर्षको सफलताबाट उत्साहित मि. कन्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिपले दोस्रो संस्करण गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ। कोशी प्रदेशमा स्थायी बसोबास रहेका खेलाडीहरु प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था छ। योसँगै विभिन्न टाइटल विजयीहरुले पनि […]

भद्रपुरमा माछा–मासु पसल अनुगमन

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा माछा–मासु पसल अनुगमन.

भद्रपुर । सरोकारवालाहरुको संयुक्त टोलीले आज भद्रपुरका विभिन्न बजारमा माछा–मासु पसलहरुको अनुगन गरेको छ । भद्रपुर नगरपालिकाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय झापा, झापा घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुगमन गरिएको हो । सो कार्यमा झापा उद्योग वाणिज्य संघलगायतका सरोकारवाला कार्यालयका प्रतिनिधि सम्मिलित थिए । अनुगमन टोलीले […]

ओमानलाई नेपालले दियो ३११ रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on ओमानलाई नेपालले दियो ३११ रनको लक्ष्य.

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो । नेपालका लागि कुशल मल्लले शतक पुरा गरे भने सोमपाल कामीले अर्धशतक बनाएका थिए । दुवै टोलीले आफ्नो पहिलो खेल जितेका […]

विराटपोखरमा मुसहर महिलामाथि निर्घात कुटपिट

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on विराटपोखरमा मुसहर महिलामाथि निर्घात कुटपिट.

बिर्तामोड । दशकौंदेखि भूमिहीन मुसहरहरु बसेको ऐलानी जग्गा षडयन्त्र गरेर आफ्नो नाममा पारेका बिर्तामोड १० को राजवंशी परिवारले मुसहर वस्तीलाई उठीबास लगाउन एकजना मुसहर महिलालाई निर्घात कुटपिट गरेका छन् । बिर्तामोड १० विराटपोखरमा उत्तर–दक्षिण सडकको पश्चिमपट्टी पुस्तौंदेखि ऐलानी जग्गामा बसेका ९ घर मुसहरहरुलाई विगत दुई वर्षदेखि पवन राजवंशीको परिवारले उठीबास लगाउन विभिन्न षडयन्त्र गर्दै आएका […]

वडास्तरीय टी–२० क्रिकेट प्रतियोगिताः उद्घाटन खेलमा भद्रपुर ६ विजयी

Published: in खेलकुद, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on वडास्तरीय टी–२० क्रिकेट प्रतियोगिताः उद्घाटन खेलमा भद्रपुर ६ विजयी.

भद्रपुर । भद्रपुर नगरपालिकामा वडास्तरीय टी–२० नकआउट क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । भद्रपुर बलबस्टर्स क्लबको आयोजनामा भद्रपुर माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर वडा नम्बर ९ लाई १०० रनले हराउँदै वडा नम्बर ६ ले विजयी सुरुवात गरेको छ । टस हारेपछि पहिला ब्याटिङ पाएको वडा नम्बर ६ ले निर्धारित २० […]

धरानका जनप्रतिनिधिहरुमा समस्याको जड के हो ? किन मागिँदैछ वडाध्यक्षको राजीनामा ?

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on धरानका जनप्रतिनिधिहरुमा समस्याको जड के हो ? किन मागिँदैछ वडाध्यक्षको राजीनामा ?.

सुनसरी । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले पटक–पटक कार्यापालिका बैठक बहिष्कार गरेको स्मरण गराउँदै वडाध्यक्षहरूको फेरि राजिनामा मागेका छन् । नगरप्रमुख राईले यसअघि १ पुसमा पनि कार्यपालिकासहित वडाध्यक्षहरूको राजीनामा मागेका थिए । ‘कसैले म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने […]