झापा । नेपाली कांग्रेस झापाको बिहीबार सम्पन्न बैठकले भूमिहीन तथा अब्यवस्थित बसोबासीलाई जग्गा दर्ता गरी धनीपूर्जा उपलब्ध गराउँदा लगाइएको राजश्व घटाउन माग गर्ने निर्णय गरेको छ । कांग्रेस झापा सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यसमितिका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापतिसहितको बैठकले उक्त निर्णय गरेको हो । अब्यवस्थित बसोबासीको एक परिवारलाई एक कठ्ठासम्म जग्गाको लालपूर्जा उपलब्ध गराउँदा […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले यो वर्षदेखि आधारभूत तह कक्षा ८ को परीक्षा नगरस्तरीय बनाएको छ । कक्षा ८ को नगरस्तरीय परीक्षा यही चैत ८ गतेदेखि सञ्चालन गर्ने यारी भइरहेको नगर शिक्षा शाखाले जनाएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्षहरुको अभिमुखिकरण बिहीबार सम्पन्न गरिएको छ । बिहीबार नगरपालिकाको हलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । आज नगरपालिका कार्यालयको सभाहलमा आयोजित एक विशेष कार्यक्रमकाबीच सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरुलाई एकमुष्टरुपमा बालबालिकाको पोशाक हस्तान्तरण गरिएको हो । बिर्तामोड नगरपालिका अन्तरगत बाल विकासदेखि कक्षा ५ सम्म अध्ययनरत करिब ३ हजार ६०० हाराहारी विधार्थीहरुको लागि […]
बुद्धशान्ति । अनेरास्ववियु सितारमेश क्याम्पस कमिटी बुधबारेले आज सांस्कृतिक कार्यक्रमका साथ ग्यारेन्टी पत्र सार्वजनिक गरेको छ । बुधबार क्याम्पसको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा अनेरास्ववियु सितारमेश कमिटीका अध्यक्ष प्रदिप बर्देवाको अध्यक्षता तथा नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिव चिन्तन पाठकको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सहभागी अतिथि, अभिभावकहरु एवम् विद्यार्थीलाई स्ववियु सभापति पदका प्रत्याशी प्रदिप […]
मेचीनगर । स्वतन्त्र विद्यार्थी युनियनको चुनावका विषयमा क्याम्पस प्रशासन र विद्यार्थी बीच कुरा नमिल्दा काँकरभिट्टा बहुमुखी क्याम्पस तनावग्रस्त बनेको छ । स्ववियु निर्वाचनको मिति घोषणा भइसकेपछि भर्ना भएका विद्यार्थीको खारेजी माग गरिरहेको एमाले निकट अनेरास्ववियुसँग अरु विद्यार्थी संगठनहरुको झडप भएको हो । क्याम्पस गेटमा भएको बोर्ड अनेरास्ववियुले जलाउन खोज्दा नेवि संघले रोकेको घटनापछि दुई संगठनबीच […]
काठमाडौं । मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सम्हालिरहेका प्रवेशलाई अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार नियुक्ति दिएको हो । प्रवेश कटुवालले कात्तिक ३० गते पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा पनि राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । २०६१ सालमा थ्री स्टार […]
काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको हो । बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन् । यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता […]
मेचीनगर । मेचीनगर ६ काँकडभिट्टामा रहेको काँकरभिट्टा क्याम्पसमा तनावको अवस्था सिर्जना भएको छ । फागुन १९ गते नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले निर्वाचन कार्यालयमा ताला लगाएर विरोध गरिरहे पनि आज बिहान क्याम्पस प्रशासनले मनोनयन पत्र दर्ताका लागि समय दिए पछि अवस्था थप तनावग्रस्त भएको हो । बुधबार बिहान क्याम्पस प्रशासनले स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता […]
झापा । अखिल नेपाल किसान महासंघ झापाले मलमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै बढेको मूल्य तत्काल खारेज हुनुपर्ने माग गरेको छ । सत्ताका लागि राजनीतिक गठबन्धन फेरिरहने बानीपरेका पुष्पकमल दाहालले जनताले खाने अनाज उत्पादन गर्ने नेपाली किसानको ढाड सेक्नेगरी गरेको मूल्यवृद्धिको विरोध गरेको हो । प्रचण्ड नेतृत्वको सरकारले सोमबार मलमा दिइएको अनुदान घटाएर मूल्य समेत […]
गैर सरकारी संस्था महासंघ नेपाल, झापा शाखाको १०औ अधिवेशन तथा १६औं वार्षिक साधारणसभा आगामी २०७९ साल चैत्र १७ गते शुक्रबारका दिन आयोजना गर्ने गरी कार्यसमितिको बैठकबाट निर्णय भएको हुँदा गैसस महासंघ जिल्ला शाखा झापामा आवद्ध रहेका सबै गैर सरकारी संस्थाहरुलाई सूचित गरिन्छ । साधारणसभामा सहभागिताका लागि आर्थिक वर्ष २०७९/०८० सम्म जिल्ला प्रशासन कार्यालयबाट संस्था नविकरण […]