Sajhamanch Archive

बुद्धशान्ति १ का १७९ किसानलाई अनुदानमा कृषि सामाग्री प्रदान

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बुद्धशान्ति १ का १७९ किसानलाई अनुदानमा कृषि सामाग्री प्रदान.

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ ले १७९ जना किसानलाई कृषि औजार तथा उपकरण प्रदान गरेको छ । वडा नम्बर १ ले वडाका किसानहरुका लागि स्प्रे मेसिन र एक चक्के ठेला उपलब्ध गराएको हो । १७९ जना किसानलाई विद्युतीय स्प्रे मेसिन, हाते स्प्रे मेसिन तथा एक चक्के ठेला उपलब्ध गराइएको वडाध्यक्ष अनिल वाग्लेले […]

सहकारीको नाममा ठगी गरेको आरोपमा तीनजना प्रहरी नियन्त्रणमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहकारीको नाममा ठगी गरेको आरोपमा तीनजना प्रहरी नियन्त्रणमा.

बिराटनगर । सहकारी संस्थाका शेयर सदस्यहरूको ठूलो राशिको रकम ठगी गरेको आरोपमा विराटनगरको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका तीनजना जिम्मेवारहरु पक्राउ परेका छन् । सो संस्थाका क्षेत्रीय प्रबन्धकसहित दुईजना जिम्मेवार सञ्चालकहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङको उर्लाबारी नगरपालिका वडा नं. ६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको […]

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ, भण्डारीले छाडिन् शितल निवास

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ, भण्डारीले छाडिन् शितल निवास.

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सोमबार दिउँसो १ बजे शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान […]

पिएनजी विरुद्ध नेपालको सहज जित

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on पिएनजी विरुद्ध नेपालको सहज जित.

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७ दशमलव ४ ओभरमा लक्ष्य भेट्टाएको हो । नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा […]

अन्तर्राष्ट्रिय अंग्रेजी भाषा सम्मेलनमा भाग लिन झापाबाट भट्टराई र राई अमेरिका जाने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on अन्तर्राष्ट्रिय अंग्रेजी भाषा सम्मेलनमा भाग लिन झापाबाट भट्टराई र राई अमेरिका जाने.

झापा । अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय अंग्रेजी भाषा सम्मेलनमा झापाका दुईजना शिक्षक सहभागी हुने भएका छन्। अमेरिकाको ओरीगन राज्यको पोर्टल्याण्ड शहरमा यही मार्च २१ देखि २४ तारिखसम्म संचालन हुने टिसोल कन्भेन्सनमा झापा बिर्तामोडका धर्मेन्द्र भट्टराई र जेनी राई सहभागी हुने भएका हुन्। टिसोल (टिचिङ इंग्लिस टु स्पिकर अफ ओदर ल्यांग्वेज) एक विश्वस्तरको अंग्रेजी भाषा शिक्षकहरूको […]

मकैको खोस्टाबाट घर सजाउने फूल बनाउने तालिम सम्पन्न

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on मकैको खोस्टाबाट घर सजाउने फूल बनाउने तालिम सम्पन्न.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा मकैका खोष्टाको फूल बनाउने तालिम सम्पन्न भएको छ । सिद्देश्वर शिवपन्चायन मन्दिर मियावाडीमा नगरपालिकाले आयोजना गरेको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १२ दिने तालिम आज सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले स्थानीय उत्पादनलाई प्रयोगमा ल्याउनु पर्नेमा जोड दिइन् […]

बिर्तामोडका वडाहरुमा खेलकुद विकास समिति धमाधम

Published: in खेलकुद, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका वडाहरुमा खेलकुद विकास समिति धमाधम.

बिर्तामोड । नगर खेलकुद विकास समिति बिर्तामोडले आज आइतबार २ वटा वडामा खेलकुद समिति गठन गरेको छ । वडा नम्बर ८ र वडा नम्बर ९ मा समिति गठन गरिएको हो । वडा नम्बर ८ मा विपिन कार्कीको अध्यक्षतमा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा चन्द्रमणि कट्टेल र अमिनकुमार श्रेष्ठ तथा सचिवमा सरिता मैनाली चयन […]

बिर्तामोडमा कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on बिर्तामोडमा कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता.

झापा । झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०७९ हुने भएको छ । फागुन २९ गतेदेखि तीन दिन प्रतियोगिता आयोजना गर्न लागिएको र सबै तयारी पूरा भएको आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । लायन्स क्लव अफ अनारमनी र लायन्स क्लव अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको लायन्स क्लव अफ […]

यूएईलाई हराउँदै नेपालले जोगायो एक दिवसीय मान्यता

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on यूएईलाई हराउँदै नेपालले जोगायो एक दिवसीय मान्यता.

काठमाडौं । यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा […]

जनकल्याण प्रतिष्ठानको २७औं स्थापना दिवस मनाइयो

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on जनकल्याण प्रतिष्ठानको २७औं स्थापना दिवस मनाइयो.

झापा । जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपाल झापा जिल्ला समितिले शनिबार आफ्नो २७औं स्थापना दिवस विविध रचनात्मक कार्यक्रम गरेर मनाएको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष शंकर भट्टराईको अध्यक्षता तथा स्थानीय अग्रज समाजसेवी शंकर सुवेदीको प्रमुख आतिथ्यमा अर्जुनधारा नगरपालिका वडा नं. ६ स्थित पुष्पलाल चोकमा प्रभातफेरी, सांस्कृतिक कार्यक्रम तथा विचार गोष्ठीसहित स्थापना दिवस मनाइएको हो […]