सिन्धुली । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस आज बिहान ९ः१५ बजे सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले प्रहरीमार्फत् आफूले उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको जानकारी पाएको बताएकी छन् । प्रमुख जिल्ला अधिकारी नेपालका […]
मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र शारीरिक रूपमा असक्त रहेका नागरिकलाई सहजताका लागि ह्वील चियर वितरण कार्यको शुभारम्भ गरेको छ । नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्त रूपमा नगरका १५ जना शारीरिक रूपमा असक्त नागरिकलाई ह्वील चियर वितरण गरि मेचीनगरलाई ह्वील चियर युक्त नगर बनाउने अभियानको शुभारम्भ […]
गौरीगञ्ज । नेकपा एमालेले देशव्यापी रूपमा सञ्चालन गरेको मिसन ग्रासरुट अभियान २०७९ अन्तरगत झापाको गौरीगञ्ज गाउँपालिकामा बृहत्त अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । मिसनका लागि प्रमुख अभियन्ताको रूपमा खटिएका केन्द्रीय सदस्य युवराज बाँस्कोटाको सहजीकरणमा सम्पन्न कार्यक्रममार्फत मिसनलाई टोलटोल र तिनका घरद्वारसम्म लगिने योजना अघि सारिएको हो । चालू दुई महिने अभियानमा निर्धारित जिम्मेवारीसहित अभियन्ताको रूपमा […]
झापा । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव आज देशभर इलाकास्तरीय कार्यक्रम गरी मनाइएको छ । विगतमा साना किसान विकास बैंक भनिँदै आएको संस्थाको साविक मेची अञ्चलका जिल्लाहरु हेर्ने इलाका कार्यालयले आज बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका ईलाका प्रबन्धक सुबास गौतमको अध्यक्षतामा सम्पन्न […]
कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ३ स्थित गोहीखाडीमा रहेको जनचेतना आधारभूत विद्यालयमा दाताको सहयोगमा स्टेज निर्माण गरिएको छ । झापाको गौरादह ५ स्कूलचौन घर भई हाल अमेरिकामा बस्दै आएकी राधा बाँस्कोटाले स्वर्गीय आफ्न्तहरुको नाममा विद्यालयको स्टेज निर्माण गरिदिएकी हुन् । हाल अमेरिकास्थित सन फ्रान्सिस्को क्यालिफोर्नियामा बस्दै आएकी बाँस्कोटाले आफ्नी आमा स्वर्गी इन्दिरा शर्मा […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा आज शुक्रबार घरेलु हिंसा सम्बन्धि कानून र कानुनी प्रावधानबारे १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ वडा कार्यालयको आयोजनामा सामुदायिक भवनको हलमा अयोजित कार्यक्रममा सहभागीहरुलाई महिला हिंसा र कानूनी प्रक्रियाका बारेमा जानकारी गराइएको हो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पछिल्लो समय […]
काठमाडौँ । सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन भएका छन् । शुक्रबार बेइजिङमा जारी चिनिया जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले सर्वसम्मत रूपमा ६९ वर्षीय सीलाई जनगणतन्त्र चीनको राष्ट्रपति तथा केन्द्रीय सैनिक आयोग (सीएमसी)को अध्यक्षमा चयन गरेको हो । चिनियाँ संसद्का रूपमा रहेको जनकंग्रेसका करिब ३ हजार सदस्यले सीलाई सर्वसम्मत रूपमा राष्ट्रपति चयन गरेका हुन् । […]
काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बाहेकको उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। आयोगको आज शुक्रबार बसेको बैठकले दलित, आदिवासी जनजाति, मधेशी, थारु वा मुस्लिम महिलाको मात्रै उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको हो । राष्ट्रपतिमा खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएपछि फरक लिंग र समुदायको उम्मेदवार बनाउन निर्देशन दिएको आयोगले जनाएको छ। संविधानको […]
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार १५ दिनभित्र आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश दिएको हो । ‘संक्रमणकालिन न्याय प्रक्रिया लामो समयसम्म टुङ्गो नलागेको भन्ने विषयको उठान गरी न्याय […]
भद्रपुर । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बाह्य पर्यटक आकर्षणका लागि नेपालको प्राकृतिक स्वरूप तथा कला संस्कृतिको संरक्षण आजको आवश्यकता रहेको बताएका छन् । भद्रपुर नगरपालिकाले आयोजना गरेको गन्तव्य पोखरा—भद्रपुर पर्यटन प्रवर्धन अन्तरक्रियामा सम्बोधन गर्दै महानगर प्रमुख आचार्यले सो कुरा बताएका हुन् । भद्रपुर—पोखरा सिधा हवाई उडान सञ्चालन भएको अवसरमा आज आयोजित कार्यक्रममा उनले भने […]