Sajhamanch Archive

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवः रोजाईमा स्थानीय उत्पादन र परिकार

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवः रोजाईमा स्थानीय उत्पादन र परिकार.

बिर्तामोड । बिर्तामोडमा सञ्चालन भइरहेको ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव’मा सहभागीले स्थानीय उत्पादनलाई बढी रुचाएको पाइएको छ । महोत्सवमा सहभागीमध्ये अधिकांशले कृषिजन्य नेपाली उत्पादन मन परेको बताएका छन् । महोत्सव अवलोकनका लागि आएकी बिर्तामोड ५ निवासी अजिशा लिम्बूले घरेलु मदिरा (लोकल वाइन र रक्सी) तथा हस्तकलाका सामग्री बढी मन परेको बताइन् । महोत्सवस्थलमा भेटिएकी अजिशाले भनिन्– […]

केन्द्रीय सदस्य रहेका प्रसाईलाई एमालेले गर्यो निष्कासन

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on केन्द्रीय सदस्य रहेका प्रसाईलाई एमालेले गर्यो निष्कासन.

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई आज शनिबारको सचिवालय ब७कले पार्टीबाट निष्कासनको निर्णय गरेको छ । आज बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् । पहिले कांग्रेस पृष्ठभूमिका प्रसाई सशस्त्र द्वन्द्वकालमा माओवादी थिए । एमालेको २०७८ असोजमा ललितपुरमा भएको विधान महाधिवेशनमा पार्टी […]

औद्योगिक व्यापार मेलाको जिल्ला प्रशासन कार्यालय झापाद्वारा अनुगमन

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on औद्योगिक व्यापार मेलाको जिल्ला प्रशासन कार्यालय झापाद्वारा अनुगमन.

झापा । फागुन ५ गतेदेखि सञ्चालन हुँदै आएको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको जिल्ला प्रशासन कार्यालय झापाले आज अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय अन्तरगत स्थानीय प्रशासन फाँट तथा अनुगमन अधिकृत यदुनन्दन दाहाल नेतृत्वको प्रशासनिक टोलीले मेलास्थलको अनुगमन गरेको हो । महोत्सवले व्यापारी–व्यवसायी र उद्योगीमा आशा जागृत गरेको दाहालले बताए । विगतको तुलनामा उपस्थिति […]

बिर्तामोड १ का दुई विपन्न महिलालाई वडाले दियो ठेला भ्यान

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड १ का दुई विपन्न महिलालाई वडाले दियो ठेला भ्यान.

बिर्तामोड। बिर्तामोड नगरपालिका वडा नम्बर १ ले अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको छ । वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । ठेला भ्यान पाउनेहरुमा स्थानीय लक्ष्मी राजवंशी र गोमादेवी पोख्रेल गौतम रहेका छन् । उनीहरुलाई ३५ हजार रुपैयाँ प्रतिगोटाका दरले निर्माण भएको ठेला भ्यान वितरण गरेको वडाअध्यक्ष अग्निप्रसाद […]

भद्रपुर झापा गोल्डकपः त्रिभुवन आर्मी अन्तिम चारमा

Published: in खेलकुद, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on भद्रपुर झापा गोल्डकपः त्रिभुवन आर्मी अन्तिम चारमा.

भद्रपुर । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहीबार मेची रंगशालामा भएको खेलमा पाहुना टोली ड्रुक ल्हायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलमा आर्मीका जितेन्द्र कार्की र सुशान्त चौधरीले एक/एक गोल गरेका छन् । खेलको तेस्रो मिनेटमै […]

हात्तीपाइले विरुद्धको औषधि सेवनः औषधी खाना कांग्रेसको अपील, महोत्सव स्थलमा पनि वितरण

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्वास्थ्य by . Leave a Comment on हात्तीपाइले विरुद्धको औषधि सेवनः औषधी खाना कांग्रेसको अपील, महोत्सव स्थलमा पनि वितरण.

झापा । देशभरका १५ जिल्लामा आज बिहीबारदेखि हात्तीपाइले रोग विरुद्धको औषधि वितरण शुरु भएको छ । अभियान सफल बनाउन झापाका सबै स्थानीय तह, स्वास्थ्य शाखाहरुले सचेतनामूलक कार्यक्रमसहित औषधि सेवन शुरु गरेका छन् । अभियानलाई सफल बनाउन बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव परिसरमा पनि औषधि खुवाउन शुरु गरिएको छ । बिहीबार पहिलो दिन नै […]

कमलको सिकाई केन्द्रका महिलाले उत्पादन गरे मह

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कमलको सिकाई केन्द्रका महिलाले उत्पादन गरे मह.

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित मेची सामुदायिक सिकाई केन्द्रमा आवद्ध महिला समूहद्वारा मौरीको मह उत्पादन सुरु गरिएको छ । केन्द्रको आयोजनामा कमल गाउँपालिका शिक्षा शाखाको सशर्त अनुदान लिएर मौरीपालन गर्दै आएका महिलाले पहिलोपटक उत्पादन गरेको मह गाउँपालिकाका जनप्रतिनिधिहरुलाई पनि चखाएका छन् । पहिलो चरणमा उत्पादन गरिएको मह सिकाई केन्द्रको कार्यालयमा उपस्थित […]

सिम्रिक साकोसः गरुवामा निःशुल्क स्वास्थ्य शिविर, ६९२ जनाले लिए सेवा

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on सिम्रिक साकोसः गरुवामा निःशुल्क स्वास्थ्य शिविर, ६९२ जनाले लिए सेवा.

इलाम (माई) । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर इलाम जिल्लालाई पनि कार्यक्षेत्र बनाएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा फागुन १० गते बुधबार यहाँ निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग र स्थानीय समाजसेवी सूर्यप्रसाद रिमालको सहकार्यमा माई नगरपालिका वडा नं. २ स्थित गरुवा बहुमुखी क्याम्पसको प्राङ्गणमा एक […]

बिर्तामोड नगर खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारी सदस्यहरुलाई पत्रसहित स्वागत

Published: in खेलकुद, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगर खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारी सदस्यहरुलाई पत्रसहित स्वागत.

बिर्तामोड । झापाको बर्तामोड नगरपालिकामा नवनियुक्त नगर खेलकुद विकास समितिका पदाधिकारी र सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । नगरपालिकाको कार्यालयमा आज संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सबैलाई टिका तथा खदा लगाइदिएर बधाई ज्ञापनसहित समितिको जिम्मेवारीमा […]

भद्रपुर झापा गोल्डकपः मछिन्द्र क्लब सेमिफाइनलमा

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on भद्रपुर झापा गोल्डकपः मछिन्द्र क्लब सेमिफाइनलमा.

भद्रपुर । मछिन्द्र क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्ती मगरले समान एक–एक गोल गरेका थिए । खेलमा सुरुवाती अग्रता भने चर्च ब्वाइजले […]