नयाँदिल्ली । भारतको आन्तरिक राजस्व कार्यालयले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को नयाँदिल्लीस्थित कार्यालयमा छापा हानेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत आन्तरिक राजस्व कार्यालयले कब्जामा लिएको जनाइएको छ । केही समयअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको थियो । उक्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको […]
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीको कमाण्ड सम्हाल्न सुर्खेतबाट झापा आएका डिएसपी सुरज कार्कीले लागुऔषध कारोबार नियन्त्रणलाई मुख्य प्राथमिकतमा राख्ने बताएका छन् । आज बिर्तामोडस्थित इप्रकामा सञ्चारकर्मीहरुसँग परिचयात्मक भेटघाट गर्दै डिएसपी कार्कीले सबैजसो आपराधिक घटनामा लागुऔषधको सम्बन्ध हुने गरेकोले यसको नियन्त्रण जरुरी रहेको बताए । गत शुक्रबारबाट बिर्तामोड इप्रकामा प्रमुखको जिम्मेवारी सम्हाल्न आएका कार्कीले लागुऔषधको […]
झापा । चन्द्रप्रसाद घिमिरेद्वारा नेपालीमा अनुदित श्रीमद्भागवत महापुराणको आज विमोचन गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त पुस्तकको विमोचन गरेका हुन् । शिवसताक्षीस्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आदिवासी जनजातिहरुले आयोजना गरेको सांस्कृतिक महोत्सव कार्यक्रममा एमाले अध्यक्ष ओलीले घिमिरेले लेखेको पुस्तक सार्वजनिक गरेका हुन् । संस्कृत भाषामा लिखित श्रीमद्भागवत […]
२०० स्टल रहने, ४ विदेशी मुलुुका व्यवसायीको स्टल रहने, सभामुख घिमिरेले उद्घाटन गर्ने झापा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकालले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले उत्पादक र उपभोक्तालाई जोड्ने विश्वास व्यक्त गरेका छन् । महोत्सव आयोजक समितिले बिर्तामोडमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष ढकालले भने, ‘महोत्सवले […]
भद्रपुर । प्रतियोगिता सुरु हुने मिति नजिकिँदै जाँदा भद्रपुर झापा गोल्ड कप आयोजक समितिले प्रतियोगितालाई अझ व्यापक बनाउन भद्रपुर रन २०७९ सम्पन्न गरेको छ । आज भद्रपुर झापा गोल्ड कपको आयोजनामा भएको मिनी म्याराथन ‘भद्रपुर रन २०७९’ पनि प्रतियोगिताको प्रचार प्रसारका लागि गरिएको हो । जसका उपाधि हपन्वा टुडू र सुस्मिता राईले जितेका छन् । […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिका नगर कार्यापालिकाको दोस्रो नगरसभाको दोस्रो वैठक सम्पन्न भएको छ । आइतबार मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित नगरसभाको दोस्रो वैठकको उद्घाटन झापा क्षेत्र नं.१ (१) का प्रदेश सांसद गोपाल तामाङले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तामाङले बैठकको उद्घाटन शत्रमा शुभकामना मन्तव्य राख्दै स्थानीय सरकार भएका कारण मेची नगरपालिकाको आम […]
दमक । कदम थिएटर दमकले नाटक ‘गाई कि त्रिशूल’ मञ्चन गर्ने भएको छ । दमकमा नियमित नाटक मञ्चन गर्दै आएको कदमले मंगलबारदेखि नाटक गाई कि त्रिशूल मञ्चन गर्न लागेको हो । चुलाचुली रंगमञ्चको चुलाचुली नाट्य पाठशालामा मञ्चन भएको नाटक चकलेटलाई थप परिमार्जन गरेर नाटक गाई कि त्रिशूल मञ्चन गर्न लागिएको निर्देशक मनिक शंकरले जानकारी दिए […]
मेचीनगर । झापाको मेचीनगर ७ गोमनसरीस्थित अरनिको माध्यमिक विद्यालयमा चारकोठे पक्की भवन बनाइने भएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्त रूपमा उक्त दुईतले चारकोठे पक्की भवनको आज शिलान्यास गरेका हुन् । मेचीनगर नगरपालिकाको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८÷०७९ मार्फत विनियोजित ४५ लाखको बजेटबाट भवन निर्माण हुने […]
बिर्तामोड । बिर्तामोडमा नगर खेलकुद विकास समिति गठन गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले विकास गिरीको अध्यक्षतामा १५ सदस्यीय खेलकुद विकास समिति गठन गरेको हो । बिर्तामोड नगरपालिका खेलकुद विकास निर्देशिका अनुसार कार्यपालिका वोर्डले मनोनित गरेको व्यक्ति नगर खेलकुद विकास समितिको अध्यक्ष रहने व्यवस्था छ भने समितिको उपाध्यक्ष र […]
मेचीनगर । सेवा निवृत्त संयुक्त राष्ट्रसेवक संस्था नेपालको पाँचौं साधारणसभा सम्पन्न भएको छ । संस्थाको शनिबार मेचीनगर १२ स्थित सरस्वती बालकल्याण मावि परिसरमा सम्पन्न साधारणसभाको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले जीवनको उर्वर समय राष्ट्रको सेवामा समर्पित हुने कुरा सामान्य नभएको बताएका छन् । पछिल्लो समय राष्ट्रसेवकलाई […]