मेचीनगर । झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पतालमा २२ लाख रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य उपकरण थप गरिएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहल तथा आम्दा नेपाल अस्पतालको सहयोगमा शुक्रबार आम्दा मेची अस्पतालमा नयाँ उपकरण भित्र्याइएको हो । गत साउन ११ गते मेचीनगर प्रमुख बुढाथोकी, […]
विराटनगर । मोरङका स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङले बेलबारीमा आज आयोजना गरेको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा ५ वटा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले प्रतिबद्धता जनाएका हुन् । स्थानीय तहका जनप्रतिनिधिहरुले योजना तर्जुमा प्रक्रिया समावेशी बनाइने गरेता पनि सञ्चार […]
बिर्तामोड । झापा जिल्ला सहकारी संघले जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बिर्तामोडमा आज बिहीवार आयोजित सहकारी अभिमुखीकरण सप्ताह समापन कार्यक्रममा संघले विद्यार्थीलाई छात्रवृत्ति बाँडेको हो । झापाली समाज अमेरिकाको सहयोगमा झापा जिल्ला सहकारी संघले केही वर्षदेखि झापाका सरकारी विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सीमाना रेखा खोलामा पूल निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाको ३७ लाख ७३ हजार ३१९ रुपैयाँको लागतमा पूल निमार्ण भएको हो । ९ दशमलव २० मिटर लम्बाई र ६ मिटर चौडाई रहेको सो पूल निर्माणका लागि एनके कन्ट्रक्सनले ठेक्का लिएको थियो । पूलको निर्माण […]
झापा । नागरिक उन्मुक्ति पार्टीले विश्वास मत दिन अस्वीकार गरेपछि सुदूर पश्चिममा एमाले नेतृत्वको सरकार ढलेको छ । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा गरेका छन् । पुस २७ मा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । जस अनुसार उनी मुख्यमन्त्री भएको […]
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका छन् । तर नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिने भनेकाले उनी संकटमा छन् । नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ । विश्वासको मत लिनका लागि बिहीबार दिउँसो […]
मेचीनगर । झापाको धुलाबारीमा भएको तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता २०७९ को उपाधि धरान भेट्रान फुटबल क्लब सुनसरीले जितेको छ । बुधबार भएको फाइनल खेलमा धरमपुर भेट्रान फुटबल क्लब झापालाई ३–० गोल अन्तरले पराजित गर्दै धरान भेट्रानले उपाधि चुमेको हो । प्रतियोगिताको विजेता टिम धरान भेट्रानले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण […]
मेचीनगर । झापाको चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाई समितिको सभापतिमा सावित्रा दाहाल भट्टराई निर्विरोध निर्वाचित भएकी छन् । बुधबार भएको प्राध्यापक संघको भेलाले सभापति दाहालसहित इकाई कार्य समिति सर्वसम्मत चयन गरेको जनाइएको छ । समितिको सचिवमा विवेक उप्रेती, कोषाध्यक्षमा केशव भुर्तेल र सदस्यमा तारा सेडाई, रोहित बरा, रुपा पौडेल र इन्द्र उपाध्यायले जिम्मेवारी […]
भद्रपुर । तीब्र स्मरण शक्तिमा विश्व कीर्तिमान कायम गरेका (मेमोरी किङ) उपनामले परिचित अर्पण शर्माले आफ्नो जन्मदिनको उपलक्ष्यमा सामुदायिक विद्यालयको उन्नतिका लागि भन्दै नगद ५१ हजार सहयोग प्रदान गरेका छन् । शर्माले भद्रपुर ३ स्थित अरनिको माविमा अध्ययनरत कक्षा ६ देखि १० का बालबालिकाहरुलाई आवश्यक विद्यालय पोशाक तथा ब्याग प्रदान गर्न विद्यालय परिवारलाई नगद ५१ […]
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको दशौं विस्तारित भेला आज सोमबार सम्पन्न भएको छ । संस्थाको आगामी दश वर्षे रणनीतिक योजनाका लागि जिज्ञासा–सुझाव संकलनका साथै केन्द्र र प्रदेशका दुई मन्त्रीलाई सम्मान गर्दै संस्थाको दशौं विस्तारित भेला सम्पन्न भएको हो । सहारा नेपाल […]