कमल । कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपानेले आर्थिक अवस्था कमजोर भएका ३ जना छात्रालाई आर्थिक सहयोग गरेकी छन् । सन्थाल जातिहरुको गाउँपालिका स्तरीय प्रथम सोहरार्य कार्यक्रमका अवसरमा वडा नं. १ स्थित नरेन्द्र जनता माद्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई उपाध्यक्ष न्यौपानेले आर्थिक सहयोग हस्तान्तरण गरेकी हुन् । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका विद्यार्थीको पढाइमा सहजीकरण गर्न उपाध्यक्ष […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा जनता आवास कार्यक्रम अन्तर्गत बनेका घरहरुको आज अनुगमन भएको छ । नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, लेखा प्रमुख तेजेन्द्र तामाङ, उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेल लगायतको टोलीले घरहरुको अनुगमन गरेको हो । सो वडामा जनता आवास कार्यक्रम अन्तर्गत ६ वटा घर निर्माणका लागि गत आर्थिक वर्षमा छुट्याएको बजेटबाट […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसोबास रहेका मेचे समुदायले ६६औं बाथौ शिव धरम माघी पूर्णिमा पर्व पूजा आरधानासहित विविध कार्यक्रम गरी भव्यरूपमा मनाएका छन् । नेपालको लोपोन्मुख जातिको सूचिमा रहेको मेचे जातिले माघी पूर्णिमाको अवसर पारेर शनिबार र आइतबार दुई दिन माघी पूर्णीमा पर्व मनाएको हो । नेपालको ७७ जिल्लामध्ये झापामा मात्रै बसोबास रहेको लोपोन्मुख […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रचण्ड सरकारमा मन्त्री बनेका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिएका हुन् । आज आइतबार रास्वपाको केन्द्रीय समिति र […]
मेचीनगर । मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धि मोहन निरौलालाई १६४ मतको अन्तरले पराजित गरेका हुन् । प्रसाईले ७३२ मत ल्याउँदा उनका प्रतिस्पर्धि निरौलाले ५६८ मत मात्र प्राप्त गरेका छन् । यसैगरी, वरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री (किशोर) निर्वाचित भएका छन् । उनले ५१६ मत ल्याए । उनका […]
झापा । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार पोलिसी अनुसरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आइतबार गरेको अन्तरसंवादमा सहभागी व्यवसायी प्रतिनिधिले यस्तो विश्वास व्यक्त गरेका हुन् । फागुन ५ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपालसहित भारत, […]
भद्रपुर । हुलाकी सडक अन्तरगत लिङ्करोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको चन्द्रगढी विपीचौक उत्तरी क्षेत्रमा भइरहेको सडकको नाला निर्माणमा कमसल सामग्री प्रयोग भए पनि नियामकको ध्यान पुग्न सकेको छैन । सडक निर्माण ठेकेदार कम्पनीले पेटी ठेकेदारलाई जिम्मा लगाएको नाला निर्माणको कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भइरहँदासमेत नियामक हुलाकी सडक परियोजनाका प्राविधिक निर्माणस्थलमा नबस्दा गुणस्तरमाथि प्रश्न उठेको […]
बिर्तामोड । झापाको बिर्तामोड– ३ बिर्ताबजारस्थित महेन्द्ररत्न माविका भूतपूर्व विद्यार्थीहरुलाई अनेकौ सुविधा उपलब्ध हुने भएको छ । भूतपूर्व विद्यार्थी समाज महेन्द्ररत्न मावि अनारमनीको आज बेलडाँगीमा आयोजित कार्यक्रममा सहभागीहरुले आ–आफ्नो तर्फबाट सकेको सुविधा उपलब्ध गराउने घोषणा गरेका हुन् । भूतपूर्व विद्यार्थी समाज महेन्द्ररत्न माविको सदस्यता लिएका पूर्व विद्यार्थीका आमाबुवा र पूर्व विद्यार्थीको श्रीमान् वा श्रीमती चार […]
बिर्तामोड । जनश्रुति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडद्वारा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रगत दान गरेका छन् । त्यसमध्ये १९ जना महिला हुन् । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा आज शनिबार बिर्तामोडमा आयोजित कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको संस्थाका अध्यक्ष तुलकुमारी राजवंशीले बताइन् । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले वर्षेनि […]
झापामा अग्रज पत्रकारहरु सम्मानित तथा अभिनन्दित बिर्तामोड । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ को नामाकरण चाँडै हुने बताएका छन् । शनिबार बिर्तामोडमा प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवरसरमा आयोजित रजत वर्ष समारोहका प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले यस्तो कुरा बताएका हुन् । ‘प्रदेश १ को नामाकरण चाँडै हुन्छ’ मुख्यमन्त्री कार्कीले भने– ‘सबै […]